स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt
imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७९५०।००

सुन (तेजाबी): २७७७०।००

चाँदी: ४२८।५०

एसियाली विकास बैङ्कद्वारा पाँच अर्ब सहयोग

काठमाडौँ, २७ फागुन(दैनिकी)

एसियाली विकास बैङ्कले नेपाल सरकारलाई ऊर्जा पहुँच तथा दक्षता सुधार आयोजना कार्यान्वयनका लागि रु. चार अर्ब ७१ करोड ४० लाख ऋण र रु. ३२ करोड ६० लाख अनुदान गरी कुल रु. पाँच अर्ब चार करोड बराबरको सहयोग उपलब्ध गराउने भएको छ। यो आयोजनालाई मुख्य गरी तीनवटा क्षेत्र ऊर्जा पहुँच, स्वच्छ ऊर्जा र क्षमता अभिवृद्धिमा वर्गीकरण गरिएको छ। आयोजनाका प्रमुख गतिविधिमा मध्य मर्स्याङ्दी– दमौली– मर्स्याङ्दी प्रसारण

बाकी »
शहिद स्मारकः
शहिद स्मारकः     शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत मंगलबार जावलाखेल तथा एपिएफ बीच भएको खेलको रोमाञ्चक दृष्य। तस्विरःइभिता बज्राचार्य
एसीसी यू- १६ क्रिकेटः
एसीसी यू- १६ क्रिकेटः     एसीसी यू- १६ क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार पुल्चोक ईन्जिनियरिगं कलेजको खेल मैदानमा सउदी अरब तथा थाईल्याण्ड बीच भएको खेलको रोमाञ्चक दृष्य। तस्विरःइरेन बज्राचार्य
मानापाथीः
मानापाथीः     भक्तपुर स्थित रबिन्द्र पुरीको नमुना घरमा राखिएका मानापाथीहरु, पहिले पहिले ढक तराजुको सट्टा यस्ता माना पाथीबाट चामल, दालहरु मापन गरेर बिक्री गरिन्थे।तस्विरःइभिता बज्राचार्य
ढुगेंधाराः
ढुगेंधाराः     मगंलबजार स्थित एतिहाँसिक ढुगेंधारामा पानी भरिरहेकाहरु, यस्ता प्राचिन ढुगेंधाराहरुमा अहिले कम मात्रामा मात्र पानी आउने गर्दछ। तस्विरःइभिता बज्राचार्य
नारी दिवसः
नारी दिवसः     मार्च ८ अर्थात नारी दिवस, बिश्वभर मनाइने यस दिवसका उपलक्षमा खुलामञ्चमा सोमबार भेला भएका नरनारीहरू। तस्विरःइभिता बज्राचार्य
साफ खेलकुदः
साफ खेलकुदः     साफ खेलमा बिजयी हुने खेलाडीहरु तथा सहभागिहरुलाई नगर परिकेरमा गराउदै, अगाडी बग्गीमा लगातार चौठो पटक स्वर्ण पदक जित्न सफल भएका दिपक बिष्ट। तस्विरः इभिता बज्राचार्य
 

राजनीति

  • मन्त्री भण्डारी जापान प्रस्थान

    काठमाडौँ, २७ फागुन (दैनिकी)

    पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारी जापानको टोकियोमा हुने एसिया प्यासेफिक देशका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभयो।यही फागुन १३ गते हुने उक्त सम्मेलनमा हवाई सुरक्षासम्बन्धी विषयमा छलफल हुने बताइएको छ।मन्त्री भण्डारी चैत २ गते राजधानी फर्कनु हुने कार्यक्रम छ। रासस बाकी »
  • सडक दुर्घटनामा नेता गौतमको निधन

    शुरेश गीरी, सुर्खेत–२७ फागुन

    सुर्खेतको बसपार्क नजिक बसले किच्दा गम्भिर घाइते भएका एकिकृत माओवादी भेरी कर्णाली राज्य समिति सदस्य ऋषि गौतमको काठमाडौमा उपचार गर्दागर्दै ज्यान गएको छ। आजबिहान काँक्रेविहार समितिमा आवद्ध ना.३ ख ८५–६४ नम्वरको वसले किच्दा गम्भिर घाईते भएका गौतमको काठमाडौँस्थित बिएनबि अस्पतालमा उपचार गर्दागर्दै ज्यान गएको हो। गौतम चढेको भे २ प ५९–३० नम्वरको मोटरसाकललाई बसले ठक्कर दिँदा माओबादी नेता गौतम र उहाँसँगै बाकी »
  • ए.माओवादी राष्ट्र र जनताप्रति उत्तरदायी नभएको

    दाङ, २६ फागुन (दैनिकी)

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उमाकान्त चौधरीले एकीकृत नेकपा (माओवादी) राष्ट्र र जनताप्रति उत्तरदायी नभएको आरोप लगाउनुभएको छ। प्रेस युनियन दाङले बिहीबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले माओवादी राष्ट्र र जनताप्रति उत्तरदायी भएकोभए अहिलेको स्थिति उत्पन्न हुँदैनथ्यो भन्नुभयो। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका चौधरीले नेपाली काङ्ग्रेस संविधान जारी गर्नुअघि माओवादी लडाकूको बाकी »

समाज

  • बिल गेट्सलाई कार्लोस स्लिमले उछिन्यो

    मेक्सिको २७ फागुन (दैनिकी)

    फोर्ब्स म्यागाजिनको आज प्रकाशित बरियता क्रममा हालसम्म विश्वमा सबभन्दा धनी मानिदै आएका बिल गेट्सलाई उछिन्ने व्यक्तित्व देखापरेका छन्। विकासोन्मुख राष्ट्र मेक्सिकोका सञ्चार उद्यमी कार्लोस स्लिम अबदेखि विश्वका सबभन्दा धनी व्यक्ति भनी परिचित हुनेछन्। विगत धेरै वर्षसम्म अमेरिकीहरू बिल गेट्स र वाटेन बफेटले सो पदवी ओगट्दै आएकामा एक सामान्य आप्रवासी पसलेका छोरा स्लिमले विश्व सञ्चार उद्योगमा हात हालेर बाकी »
  • प्रहरी व्यापारी वीचको झडपका कारण वजार वन्द

    रोहित कुमार मण्डल लहान,२७ फागुन

    गए राति सिरहाको गोलवजारमा प्रहरी र स्थानिय वासिन्दाहरु वीच झडप हुदा एक दर्जन सर्व साधारण घाईते भएका छन्। प्रहरीको लाठीचार्जवाट महेत्तरीको वर्दिवास वस्ने दिपेन्द्र पाल र रमेश लामा गंभिर घाईते भएका छन् भने धमनी राईसमिलका संचालक महेस साह,सागर ईटा उद्योगका संचालक धर्मनाथ साह , गुप्ता वाच तथा मावाईल सेन्टरका संचालक अशोक गुप्ता, आईएमई मनी ट्रान्सफरका संचालक राकेश साह लगायतका व्यक्तिहरु घाईते भएका छन्। बाकी »
  • चिकित्सक अभावका कारण बिरामीहरु मारमा

    रोहित कुमार मण्डल लहान, २७ फागुन

    सिराहा जिल्ला अस्पतालमा चिकित्सकहरुको अभावका कारण सेवाग्राही जनता छिमेकी मुलुक भारतको जयनगर, दरभंगा लगायतका ठाउँमा बिरामी लिएर जान थालेपछि अस्पतालका शैय्या बिरामी विहीन बन्न पुगेको छ। १५ शैय्याको उक्त अस्पतालमा तीन जना चिकित्सकहरुको दरबन्दी रहेपनि अहिलेसम्म १ जना चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ। तर उहाँले पनि अधिकांश समय अस्पताल बाहिरै रहन थालेपछि बिरामीहरु उपचार नपाउँदा छा बाकी »

अर्थ

  • बैंक अफ एशिया महेन्द्रनगरमा

    केशव सावद कञ्चनपुर, फागनु-२७ गते

    कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नीजि र सरकारी गरी वैंकको संख्या १३ पुगेको छ । बैंक अफ एशिया नेपाल लिमिटेडले बिहीबार महेन्द्रनगरमा आफ्नो २४ औं शाखा विस्तार गरी सेवा सञ्चालन गरेपछि यो सँख्या १३ पुगेको हो । वैंकको उद्घाटन सञ्चालक विनोद कुमार प्याकुरेलले गरेका हुन् । बैंकले उपभोक्तालाई समृद्धि बचत, सुलभ बचत, कर्मचारी बचत खाता, निशुल्क डेबिड कार्ड, निशुल्क अन्तर शाखा कारोबार, सन्ध्याकालिन काउण्टर सेवा, बाकी »
  • चामल बोकेर आलुको खोजिमा

    मन्थली, २७ फागुन (दैनिकी)

    दोलखा डाँडाखर्ककी सीता थापा आलुको खोजिमा बोराभरी चामल बेकेर शैलुङको लेकमा पुगेकी छिन्। …बिहानै हिँडेको बल्ल आइयो, डडुवाको घलेगाउँ पुगेकी सीताले भनिन् अब यहाँबाट आलु बोकेर झर्छु।' गाउँमा आलुको उत्पादन नहुँदा डाँडाखर्कका बासिन्दा वर्षौंदेखि घलेडाँडामा पुगेर अन्नसँग आलु साटेर ल्याउने गर्छन्। …मैले १४ वर्षदेखि धानसँग आलु साट्दै आएकी छु' सीताले भनिन् आलुको स्वादले उकालेा ओरालो गर्दैमा हैरान भइसकियो। बाकी »
  • दैनिक उपभोग्य सामाग्रिको मुल्यमा असमानता

    उपभोक्ता प्रत्यक्ष मारमा, म्याद गुज्रियका सामग्रिहरु नष्ट

    दशरथ घिमिरे लमही २७ फागुन

    लमही बजारका पसलहरुमा बिक्रि वितरण भैरहेका दैनिक उपभोग्य सामाग्रिको मुल्यमा एक रुपता नभएको बजार अनुगमन टोलिले जनाएको छ। दैनिक प्रयोगमा आउने चिनि, दाल, चामल लगाएतका सामाग्रिको मुल्यमा दुई रुपैयाँ देखि पाँच रुपैयाँ सम्मको अन्तरमा सामाग्रि बिक्रि बितरण हुदा उपभोक्ता मर्कामा परेकाछन।
    बिहिबार जिल्ला प्रसासन कार्यालय दाङको अगुवाईमा संयुक्त अनुगमन टोलिले बजारको अनुगमन गर्ने क्रममा टागिँएका मुल्य सुचिमा ए बाकी »

कला

  • एकोन पनि शाहरुखको प्रशंसक

    काठमाडौं, २८ फाल्गुण (दैनिकी)

    मशहूर इंटरनेशनल स्टार एकोनका अनुसार उनी पनि बलिउडका किंग खान यानि शाहरुख खानका ठुलो प्रशंसक हुन। यसले उनले शाहरुखका साथ चलचित्रमा अभिनय गर्न लागेका हुन। एकोन आजकाल शाहरुखको निमन्त्रणामा भारत भ्रमणमा आएका छन्। उनले शाहरुखको नँया चलचित्र आर वनमा शाहरुखसंग काम गर्नका लागि भारत आएका हुन।
    यस सब कुराहरु एकोनले एक प्रेस साक्षात्कारका दौरा व्यक्त गरेका थिए। बाकी »
  • बलिउडको सबभन्दा बोल्ड चलचित्र ´लव, सेक्स और धोखा´

    चलचित्रमा कसरी एउटा केटी कुनै केटाको बिश्वासमा परेर धोखा खान पुग्छिन भनेर देखाईएको

    काठमाडौं, २८ फाल्गुण (दैनिकी)

    बलिउडमा कतिपय उत्तेजनात्मक बोल्ड चलचित्रहरु बने तर सास बहू सीरीयलकी निर्मात्री एकता कपूरले निर्माण गरेको चलचित्र 'लव सेक्स और धोखा' हेरेपछी धेरै मानिसहरु अच्चमित हुन सक्छ किन भने यस चलचित्र बलिउड कै सबभन्दा उत्तेजनात्मक चलचित्र हुने भएको छ। हालै एक पत्रिकामा छापिएको खबरका अनुसार यस चलचित्रमा दुई कलाकारहरुका बीच छाँयाकंन गरेको एक उत्तेजनात्मक दृष्यले सबैलाई लाजमर्दो पारि दिन्छ। बाकी »
  • आमिरले जेम्स कैमरूनलाई भेट्ने

    काठमाडौं, २८ फाल्गुण (दैनिकी)

    बलिउडका मिष्टर पर्फेक्सनिष्ट यानी की आमिर खानले हलिवुडका मशहूर निर्माता जेम्स कैमरूनलाई भेट्ने भएका छन्। जेम्स कैमरून चलचित्र जगतमा नै हालसम्म सबभन्दा बढी कमाउन सफल चलचित्र अवतार के निर्माता हुन्। १३ मार्चमा दिल्लीमा हुन गइरहेको एक कार्यक्रममा आमिर खान तथा जेम्स कैमरूनको भेट हुन लागेको हो, यिनीहरुले उक्त कार्यक्रममा चलचित्र जगतको भविष्यका बारेका आ-आफ्नो मन्तव्य राख्ने छन्। बाकी »

खेलकुद

  • नेपाल लगातार तेस्रो जीतका साथ सेमीफाइनलमा

    काठमाडौं, २७ फाल्गुण (दैनिकी)

    नेपालले एसीसी यू- १६ क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ। भक्तपुको बिरेन्द्र सैनिकको खेल मैदानमा भएको यस खेलमा नेपाली यू- १६ ले बहरिन यू- १६ लाई ८५ रनले पराजित गरेको छ।
    नेपालले पहिला व्याटिगं गर्दै ४० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो। नेपालका लागि निश्चल पाण्डेले ७४, शरद खड्काले २६ तथा हरी चौलागाइले नट आउट रही २७ रन बनाएका थिए। बाकी »
  • नेपाल प्रहरी बिजयी, एनआरटी तथा मछिन्द्र क्लब वरावरीमा

    काठमाडौं, २७ फाल्गुण (दैनिकी)

    राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत बिहिबार एनआरटी तथा मछिन्द्र क्लबका बीच भएको खेल गोल रहित वरावरीमा टुंगिएको छ।
    अर्को खेलमा नेपाल प्रहरीले फ्रेण्डस क्लबलाई ३-० ले हराएको छ। नेपाल प्रहरीको तर्फबाट खेलको ६२ औँ मिनेटमा जुमानु राइले पहिलो गोल गरेको थियो। बाकी »
  • वेष्ट ईण्डिजव्दारा जिम्वाम्बे पराजित

    काठमाडौं, २७ फागुन (दैनिकी)

    पहिलो एकदिवसिय क्रिकेट खेलमा जिम्वाम्बेसंग हारेको वेष्ट ईण्डिजले जिम्वाम्बेमाथी लगातार दोस्रो बिजय हासिल गरेको छ। वेष्ट ईण्डिजको किगंस्टनमा खेलिएको यस खेलमा वेष्ट ईण्डिजले जिम्वाम्बेलाइ १४१ रनले हराएको थियो। टस हारेर पहिला ब्याटिंग गरेको वेष्ट ईण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो। वेष्ट ईण्डिजको तर्फबाट यसमा ५ छक्का र ११ चौका प्रहार भएको थियो। बाकी »

थप समाचार

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu