-
मदन तामाङ्गको हत्यामा गोरखा जनमुक्ति मोर्चाको हात
सुदिप श्रेष्ठ, दार्जिलिङ्ग, भारत ३२ अस
अखिल भारतिय गोरखा लिग -अभागोलि)का अध्यक्ष मदन तामाङ्गको हत्यामा गोरखा जनमुक्ति मोर्चा -गोजमुमो)को हात रहेको आज भारतबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले समचार सम्प्रेसण गरेका छन् । दार्जिलिङ्गको विच बजारमा मे २१ तारिकका दिन अभागोलि ले आयोजना गरेकेा सभालाई सम्बोधन गर्न जादै गर्दा तामाङ्गको हत्या गरिएको थियो ।
बाँकी» -
दार्जिलिङ्ग बन्दको आव्हान
सञ्जीव चापागाई,झापा २१ असार
भारतको दार्जिलिङ्ग पहाडमा आन्दोलनरत् गोर्खा जनमुक्ति मोर्चाले अलगराज्य प्राप्तिका लागी अन्तिम एंव निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ । मोर्चाले आगामी अगष्ट २ देखी ४० दिन लामो दार्जिलिङ्ग पहाड बन्द गर्ने कार्यक्रमको घोषणा गरेको हो।
छुट्टै राज्य गोर्खाल्याण्ड वा गोर्खा आदिवासी प्रदेश प्राप्तिका लागी हुने छैटौं चरणको त्रिपक्षिय वार्ता कुनै पनी हालतमा गर्नु नहुने भन्दै वंगाल सरकारले केन्द्र सरकारल
बाँकी» -
रक्सौल रेल दुर्घटनामा, ६ जनाको मृत्यु, सयभन्दा बढी घाइते
वीरगंज १० असार (दैनिकी)
वीरगंजको सीमावर्ती क्षेत्रमा पर्ने भारतको रक्सौलमा विहीबार भएको रेल दुर्घटना ६ जना यात्रीको मृत्यु भएको छ । अन्य एक सय भन्दाबढी घाइते भएका छन् । मृतकहरु मध्ये दुइ जनाको मात्र सनाखत भएको छ । सनाखत हुनेहरुमा भारतको भेलाही परसवाका महम्मद रसुल मियाँ र सहबजान मियाँ रहेका छन ।
बाँकी» -
कुवेती राजकुमारको हत्या
काठमाडौं, (दैनिकी)
कुवैतका राजकुमार शेख बसेल सलेम सबाह अल सलेमको गोली प्रहार गरी हत्या गरिएको छ। अरबी खबरहरूका अनुसार राजकुमारको हत्या उनकै एक नजिकी नातेदारले गरेको छ। गोली लागेको राजकुमारलार्इ अस्पताल तर्फ लगिदै गर्दा मृत्यू भएको थियो। यस घट्ना राजकुमारको साप्ताहिक बैठक बस्ने ठाँउमा भएको थियो। यस घट्ना हुनु अगाडी राजकुमार तथा उनको काकाकोबीच बाहनको बिषयमा विवाद उत्पन्न भएको थियो।
बाँकी» -
नाबालिकालार्इ ´गरम´ भने पछी
काठमाडौं, (दैनिकी)
स्कटल्याण्डका एक पूर्व मंत्रीले नाबालिक हेटी माथी अभद्र प्रतिक्रिया व्यक्त गर्नु उनलार्इ भारी भएछ। यसबाट उनलार्इ एक शक्तिशाली कमेटीबाट हटार्इएको छ।
स्कटल्याण्डका पूर्व मंत्री फ्रैंक मैकएविटीलार्इ माइकबाट एक नाबालिक किशोरी माथी अभद्र प्रतिक्रिया गरेको कुरा खुलासा भएको थियो।
बाँकी» -
अपराधको दुनियाँमा महिलाहरूको बिगबीगी
काठमाडौं, (दैनिकी)
अपराधको दुनियामा महिलाहरूको प्रभुत्व बढ्दै गर्इरहेको तथ्य प्रकाशनमा आएको छ। दुनिया भरमा महिला गैंगस्टरहरूको संख्या १३२,००० बाट बढेर ६६०,००० पुगेको छ। यस अध्ययनबाट बेलायत तथा अमेरिकामा हुने गरेको संगठित अपराध समूहहरूमा कहिलाहरूको भागेदारी २५ देखी ५० प्रतिशत सम्म रहेको देखिन्छ।
बाँकी» -
म्यान्मार–दक्षिण कोरिया–व्यापारिक सम्बन्ध
याङ्गुन, १७ जेठ(दैनिकी)
म्यान्मारको राजधानी याङ्गुनमा म्यान्मार र दक्षिण कोरियाली व्यापारीक प्रमण्डलबीच द्विपक्षीय आर्थिक एवम् व्यापारिक सहयोगका विषयमा छलफल सुरु गरेका छन्। वार्तामा भाग लिइरहेका दक्षिण कोरियाली व्यापारीक प्रमण्डलमा रोबोट, यात्रिक, श्रृगारका सामान, सूचना, विद्युतीय उपकरण, मोटर कम्पनी जस्ता विभिन्न १० कम्पनीका प्रतिनिधिले भाग लिएका थिए। कोरियाली इम्पोर्टर्स एशोसियनले म्यान्मारको खानी, कृषि, वन, नौसेना,
बाँकी» -
मध्य अमेरिकामा आँधीबेहरीबाट ९९ को मृत्यु
ग्वाटेमाला सिटी, १७ जेठ (दैनिकी)
मुसलधारे वर्षा सहितको ठूलो सामुन्द्रिक आँधीबेहरी र बाढीमा परी मध्य अमेरिकामा ९९ जनाको मृत्युभएको छ। ग्वालेमालामा मात्र कम्तिमा ८२ जनाको ज्यान गएको कुरा त्यहाँका राष्ट्रपति अल्भारो कोलोमले बताउनुभएको छ। ग्वाटेमालामा 'अगाथा' नामक सामुन्द्रिक आँधीबेहरी, चक्रवातले रातभरि उपद्रो मच्चाइ मुलुकको उत्तरी ग्रामीण इलाकामा ठाउँठाउँमा पहिरो गएको र थुप्रै भौतिक सम्पत्ति विनाश पारेको छ।
बाँकी» -
क्युवामा राष्ट्रिय सुरक्षा क्षमता वृद्धिमाथि छलफल
हवाना, १६ जेठ (दैनिकी)
क्युबाली राष्ट्रपति राउल क्याष्ट्रोले सरकारी अधिकारीहरुको विशेष बैठक डाक्नु भएको अधिकारीहरुले आज जनाएका छन्। बैठकमा राष्ट्रिय सुरक्षा क्षमता वृद्धिमाथि छलफल हुने अनुमान गरिएको छ। सन् २००९ को अन्त्यमा सञ्चालित राष्ट्रिय सैन्य अभ्यासबाट प्राप्त उपलब्धि तथा यो वर्ष सुरु गरिने सैन्य तालिममाथि वार्ता केन्द्रित हुनेछ। सन् २००९ मा क्युवाले सञ्चालन गरेको सश्त्रास्त्र तालिममा ४० लाख जनताको सहभागीता रहेको छ
बाँकी» -
म्यान्मार–भियतनाम व्दीपक्षीय ब्यापार
याङ्गुन, १६ जेठ (दैनिकी)
म्यामार र भियतनामबीच दौत्यसम्बन्ध स्थापनाको ३४औँ वर्ष गाँठका अवसरमा दुई मुलुकबीच संयुक्त आर्थिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। म्यान्मारको पर्ल नाडी कम्पनी र भियतनामको भिनासिङ्ग मुकङ्गताउ जेएससी कमपनीको संयुक्त कार्यालय याङगुनमा स्थापना भएको न्यू लाइट अफ म्यान्मारले जनाएको छ। भियतनामको भन्सार कार्यालयका अनुसार भियतनाम र म्यान्मारबीचको द्विपक्षीय व्यापार १० करोड अमेरिकी डलर रहेको छ।
बाँकी»
विदेश - थप सामग्री
- भारतमा सडक दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु
- फिलिपिन्समा सेना र विद्रोहीबीच सङ्घर्षमा एक सैनिकको मृत्यु
- रेल दुर्घटनामा कम्तीमा ६५ जनाको मृत्यु
- सलाई कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु
- मोवाइल फोन एउटा महत्वपूर्ण सञ्चारको साधन
- फिलिपिन्समा सैन्य कारबाहीमा दुईजनाको मृत्यु
- तस्करहरूबीच भिडन्त हुँदा सातको मृत्यु
- पाकिस्तानमा चार प्रहरीको मृत्यु
- चिनियाँ प्रधानमन्त्री वेन सियोलमा
- सुरक्षा रणनीतिमा ओबामा अग्र पङि्क्तमा


