-
ज्वालामुखिय बादलका कारण लन्डनको विमानस्थल बन्द
लन्डन, ३ जेठ (दैनिकी)
आइसल्याण्डको ज्वालामुखिबाट उठेको खरानीका कणयुक्त बादलको मुस्लो बेलायतसम्म पुग्दा यूरोपको अति व्यस्त लन्डनको हिथ्रो विमानस्थल आज बिहानदेखि बन्द गरिएको छ। बेलायती राष्ट्रिय हवाई यातायात सेवाव्दारा जारी एक विज्ञप्तिमा यो विमानस्थल आइतबार राति १:०० बजेदेखि बन्द गरिएको उल्लेख गरिएको छ। त्यसैगरी लन्डनका ग्याटविक, स्टानस्टेड र लन्डनसिटी विमानस्थलहरु पनि आज बिहानदेखि बन्द गरिएको छ।
बाँकी» -
पाकिस्तानबाट अपहरण बन्धक मुक्त
पेशाबर, ३ जेठ (दैनिकी)
दुईदिन अघि उत्तरपश्चिमी पाकिस्तानबाट अपहरण गरी लगेका बन्दुकधारीहरुले आफूसाथ रहेका बाँकी बन्धकहरुलाई मुक्त गरेको अधिकारीहरुले बताएका छन्। अफगान सीमावर्ती क्षेत्रमा पर्ने त्यस इलाकामा विभिन्न गुटहरुबीच बारम्बार हिंशात्मक घटनाहरु भइआएका छन्। शनिबार विद्रोहीहरुले पाकिस्तानको उत्तरपश्चिमी शहर पेशाबरबाट कुराम आदिवासी क्षेत्रस्थित पाराचिनार शहरतर्फ जाँदै गरेका १३ पर्यटकलाई अपहरण गरेका थिए।
बाँकी» -
इरान, ब्राजील र टर्कीबीच त्रिपक्षीय सन्धी हुने
तेहरान, ३ जेठ (दैनिकी)
इरान, ब्राजील तथा टर्कीबीच त्रिपक्षीय आणविक सन्धीमा आज हस्ताक्षर हुने एक वरिष्ठ अधिकारीले बताएका छन्। तेहरानको विवादास्पद आणविक कार्यक्रमबाट उत्पन्न चासो कम गर्ने उद्देश्यले यो सन्धी हुन लागेको ती अधिकारीहरुले बताए। इरान र ब्राजीलका राष्ट्रपतिहरु तथा टर्कीका प्रधानमन्त्रीबीचको त्रिपक्षीय बैठक सुरु भइसकेको जानकारी इरानका प्रमुख आणविक वार्ताकारका दोश्रा नम्बरका सहयोगी अलि बाधेरीले दिनुभयो।
बाँकी» -
अफगानिस्तानमा मारिने विदेशी सैनिकको संख्या १९८
काबुल, ३ जेठ(दैनिकी)
उत्तर एटलान्टिक सन्धी संगठन नेटोको थप एक सैनिकको मृत्युभएपछि वितेको २४ घण्टामा मारिने नेटो सैनिकको संख्या दुई पुगेको सेनाले आज जनाएको छ। यो वर्ष अफगानिस्तानमा मारिने विदेशी सैनिकको संख्या १९८ पुगेको छ। पश्चिमेली मुलुकको सहयोगमा तालिवान विरुद्ध युद्ध लड्दै आएको अफगान सेनाबीच विस्फोट हुँदा ती सैनिकको ज्यान गएको हो। अफगानिस्तानमा अमेरिकी नेतृत्व अन्तर्गत एक लाख ३० हजार विदेशी सेना तैनाथ छन्।
बाँकी» -
बैङ्ककमा तीन दिनभित्र मर्नेकोसंख्या ३५ पुग्यो
बैङ्कक, ३ जेठ (दैनिकी)
थाइल्यान्डमा गत बिहीबार एक पत्रकारसम्मेलनमा अन्तरवार्ता दिँदै गरेका बागी जर्नेल खटिया सवासदिपोललाई थाइ सेनाले प्रहार गरेको गोली टाउकोमा लागि घाइते भएका जर्नेलको आज मृत्युभएको छ्। जर्नेल खटियाको मृत्युले थाइल्याण्डमा तीनदिनदेखि भिषण रुपमा मच्चिरहेको आन्दोलनमा मर्नेको संख्या ३५ र घाइते हुनेको संख्या २४४ पुगेको त्यहाँको सरकारी अधिकारीहरुले जनाएका छन्। बैङ्ककका प्रमुख व्यापारिक र चल्ती फिर्तिका सबै जस
बाँकी» -
नाकाबन्दी अघि इरानलाई अन्तिम मौका
तेहरान, ३१ वैशाख (दैनिकी)
असंलग्न शिखर बैठकमा भागलिन आइतबार तेहरान पुग्नु हुने ब्राजिलियन राष्ट्रपति लुइज इनसियो लुलादा सिन्भाले नयाँ राष्ट्रसङ्घीय नाकाबन्दीहरुबाट बच्च इरानलाई अन्तिम मौका दिने अपेक्षा गरिएको छ। इरानको आणविक अस्त्र विवादमा ब्राजिलको यो प्रयाशमा टर्कीले पनि साथ दिनसक्छ। यद्यपि टर्की असंलग्न आन्दोलनमा समाहित छैन। इरानलाई यूरेनियम सम्बर्धनको काम रोक्न पटकपटक दिइएको अल्टिमेटमनको इरानले बेवास्ता गरेपछि संयुक्त
बाँकी» -
पोर्चुगलमा सरकारी खर्चमा कटौती
लिस्बन,३१ वैशाख (दैनिकी)
पोर्चुगलमा बजेट घाटा कम गर्ने उद्देश्यले करको दर बढाउनुका साथै निजामती कर्मचारीहरुको तलवमा समेत कटौती गरिने भएको छ। बिहीबार प्रधानमन्त्री जोसे सोक्रेटिसले सो कुरा घोषणा गर्नुहुँदै आगामी वर्ष बजेट घाटालाई ४.६ प्रतिशतमा झार्ने कुरा बताउनुभयो। यसवर्ष बजेट घाटा ९.४ प्रतिशत रहेको र यो अङ्क युरोपेली सङ्घका सदस्य राष्ट्रहरु मध्ये को सबभन्दा उच्चतम अङ्क हो।
बाँकी» -
टाइम्स स्क्वायर काण्डमा थप तीन पाकिस्तानी पक्राउ
अमेरिका ३१ वैशाख (दैनिकी)
दुई हप्ता पहिले न्युयोर्कको व्यस्त व्यापारिक तथा मनोरञ्जन केन्द्र टाइम्स स्क्वायर परिसरमा बम विस्फोट गराउने षड्यन्त्रमा पक्राउ परेका अभियुक्त फैजल शाहाजाद र उसको कुकृत्यमा पैसा लगाएको आशङ्कामा तीनजना पाकिस्तानीहरु पक्राउ परेका छन्। अमेरिकी गुप्तचर संस्था एफबीआईको अनुसन्धानको क्रममा उत्तर पूर्वी अमेरिकी राज्य मासाच्युसेट्को बोस्टन महानगर नजिकको अर्ध शहरी इलाका बू्रकलाइनस्थित एउटा पेट्रोल पम्पमा छाप
बाँकी» -
कोइलाखानी विस्फोटमा २१ को मृत्यु
चीन, ३१ वैशाख (दैनिकी)
बिहीबार राति चीनको गुइझाओ प्रान्तको एक स्थानीय कोइलाखानीमा ग्यास विस्फोटन हुँदा थुप्रै मानिस हताहत भएका छन्। हिजो रातभर उद्धारकार्यमा जुटेका उद्धारकर्मीहरुले आज बिहानसम्म २१ जनाको शव खानी बाहिर निकालेका छन्। विस्फोटको समयमा उक्त खानीमा २१ जना मजदूर कार्यरत रहेका र सातजना तत्काल उम्केर भाग्न सफल भएका थिए। अन्य तीनजनालाई विस्फोटबाट निस्केको कार्वन मोनोअक्साइड ग्यासले विषाक्त पारेकोले उद्धारगरी उपचार
बाँकी» -
थाइल्याण्डमा पुनः तनाव बढ्यो
वैङ्कक, ३१ वैशाख (दैनिकी)
थाइल्याण्डमा विहीबार प्रधानमन्त्री अभिजित भेज्जाजिभाले आफ्नो पुरानो अडान नत्यागी आगामी नोभेम्बर महिनामा मुलुकमा आम निर्बाचन गर्ने भनि नयाँ कार्यतालिका सार्वजनिक गर्नुभएपछि लाल पोशाकधारीहरुले त्यसको विरोध गरेका थिए। विरोध बढ्दै गई हिंसा र झडप हुँदा एकजनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए। घाइते हुनेहरु मध्ये थाई सेनाको आफ्नो जागीर हालै त्यागी प्रर्दशनकारीहरुसँग मिलेका जर्नेल खटिया सवासदिपो
बाँकी»
विदेश - थप सामग्री
- मदन तामाङ्गको हत्यामा गोरखा जनमुक्ति मोर्चाको हात
- दार्जिलिङ्ग बन्दको आव्हान
- रक्सौल रेल दुर्घटनामा, ६ जनाको मृत्यु, सयभन्दा बढी घाइते
- कुवेती राजकुमारको हत्या
- नाबालिकालार्इ ´गरम´ भने पछी
- अपराधको दुनियाँमा महिलाहरूको बिगबीगी
- म्यान्मार–दक्षिण कोरिया–व्यापारिक सम्बन्ध
- मध्य अमेरिकामा आँधीबेहरीबाट ९९ को मृत्यु
- क्युवामा राष्ट्रिय सुरक्षा क्षमता वृद्धिमाथि छलफल
- म्यान्मार–भियतनाम व्दीपक्षीय ब्यापार


