-
दलहरूबीच सहकार्य
´नाउमा सबै बसेका भए पो खत्तम हुन्छन्। त्यही नाउमा बस्या भए राजनीतिक दलहरू खत्तम हुन्थे होलान्। जुन नाउमा उहाँ(पुष्पकमल दाहाल) बसेर चलाइरहनुभएको छ नि, त्यसमा हामी त छैनौं।´ (नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला विराटनगरका संचारकर्मीसँग साक्षात्कारमा, पुस २६।)
बाँकी» -
दलहरूबीच सहकार्य
उहाँहरू डुंगामा प्वाल पार्न थाल्नुभयो भने आफैं डुब्नुहुनेछ। राम्ररी विचार गर्नुहोला। हामीसँग त उत्रिने प्लास्टिकको सामग्री छ। तपाईंहरू डुब्नुहोला। डुंगामा प्वाल पार्ने कोसिस नगर्नुहोला। (प्रधानमन्त्री पुष्पकमल दाहाल एकिकृत नेकपा माओवादीको घोषणा सभामा, पुस २९।)
बाँकी» -
माओवादी एमाले सम्वन्ध
´माओवादीले लोकप्रियता कमाउला भन्ने डरले सरकार असफल पार्न एमालेले प्रतिक्रियावादीलाई सहयोग गरिरहेको छ।´ (प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन महोत्सव उद्घाटन कार्यक्रम अगाडि आफ्ना कार्यकर्ता माझ, अन्नपूर्ण पोष्ट, पुस २६)
बाँकी» -
सरकारको चाबी
सरकारको चाबी एमालेसँग छ, यो चाबी दाहिने घुमाउने हो कि देब्रे, यसको निर्णय गर्ने जिम्मा पनि एमालेसँगै छ। (माओवादीको अराजक गतिविधि जारी रहे एमाले सरकारबाट हट्न सक्ने बताउँदै एमाले महासचिव झलनाथ खनाल, अन्नपूर्ण पोष्ट, पुस २६)
बाँकी» -
फोरम सरकारबाट नहट्ने
´केही विवादको टुङ्गो लागिसकेको छ, काम विस्तारै हुँदैछ, पार्टी सरकारबाट हट्नुको कुनै औचित्य छैन।´ (केही सभासद्ले लहडले सरकारबाट हट्न माग गरेको भन्दै मधेसी जनअधिकार फोरमका अध्यक्ष एवं परराष्ट्र मन्त्री उपेन्द्र यादव, पुस २५ गोरखापत्र दैनिकमा प्रकाशित। )
बाँकी» -
पुष्पकमल दाहाल वाईसीएल प्रकरणमा
´पार्टी मात्र सञ्चालन गर्ने नाममा सरकार सञ्चालनमा असफल हुने अवस्था नआओस् भन्नेतर्फ हामी सचेत हुनुपर्छ र हाम्रा पार्टी संगठनहरूलाई पार्टी नीति र कानुनभित्र राख्न सक्नुपर्छ।´ (प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टी केन्द्रीय सचिवालयको बैठकमा, पुस २५ नेपाल समाचारपत्रमा प्रकाशित। )
बाँकी» -
व्यवहारिक कठिनाइ
"केही व्यावहारिक कठिनाइहरू छन्, पुराना पुजारीहरू पूजा गर्न जानु भएको छैन जानुहुन्न, राजीनामा दिइसक्नु भएकोले होला । नयाँ पुजारीलाई त्यहाँ हटाउने बित्तिकै नित्य पूजा रोकिन्छ, त्यो रोकिएपछि हिन्दू भक्तजनहरू आक्राशित हुने खतरा महसूस गरिएको छ ।" (संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँती सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि नव नियुक्त पुजारीहरूले नित्य पूजा नरोकेको स्थितिबारे बीबीसी नेपाली सेवालाई पुस २२, २०६५ मा प्रतिक्रिया दिंदै।)
बाँकी» -
सर्वोच्च पनि पुरानो सोच
"सर्वोच्च पनि पुरानो परम्परागत सोचभन्दा भिन्न छ जस्तो त मलाई लाग्दैन। त्यसैले सर्वोच्चले आदेश दिएको नै हुनुपर्छ भन्ने म देख्दिन्।" (पशुपतिमा भारतीय भट्ट हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको फैसलाबारे टिप्पणी गर्दै प्रगतिशील लेखक संघ अध्यक्ष निनु चापागाई, जनदिशा दैनिक पुस २१ २०६५)
बाँकी» -
जलस्रोतको धनी भन्नु सही होइन
"चार महिना बाढी आउने र आठ महिना प्राय: सुख्खा हुने मौसमी दुर्दशा भोग्नुपर्ने हाम्रो देशलाई बाढी र सुख्खाको औसत हिसाब मिलान गरी जलस्रोतमा धनी भनिने भ्रम प्रचार गरिन्छ। मानौ, कुनै मानिसको एउटा खुट्टा हिउँमा गाडेर अर्को खुट्टा अँगेनामा झोसेर औसत आरामै होला हैन? भनेजस्तो हो नेपाल जलस्रोतमा धनी भन्नु! " (२७ पुसको नेपाल साप्ताहिकमा प्रचण्ड लोडसेडिङ : पाठ नसिक्नुको परिणाम शीर्षकको लेखमा जलस्रोतविद् दीपक ज्ञवाली )
बाँकी» -
विगतको विरासत
"यो तत्काल उत्पन्न गरिएको कृत्रिम समस्या (लोडसेडिङ) नभएर विगत सरकारको दीर्घकालीन योजना तथा सोचबिना गरिएको लापरवाहीको उपज हो ।" (झापाको दमकमा सुरु भएको पूर्वेली औद्योगिक, व्यापार पर्यटन एवं कृषि मेलालाई संवोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, गोरखापत्र पुस १९, २०६५)
बाँकी»
स्तम्भ - विशेष
-
तीजको होइन गहना देखाउने भिड
चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल
-
सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा
तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
साहित्य
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३१,२४०.००
सुन (तेजाबी): ३१,०६०.००
चाँदी: ४९७.००


