-
२३ सभासद् अमेरिकातिर
नँया पत्रिकाबाट
काठमाडौं, ११ असार
नेपालभित्र चरम असन्तुष्टि भए पनि अमेरिका भ्रमणका लागि राजनीतिक दलबीच सहमति भएको छ । देशभित्र दलीय सहमति नभए पनि विदेश जाने विषयमा सहमति भएपछि २३ सभासद् बिहीबार अमेरिका उड्दै छन् ।
दुई गैरसरकारी संस्थाले नेपाली सभासद्लाई संविधान निर्माणलगायतका विषयमा प्रशिक्षण दिन अमेरिका लग्दै छन् । 'बोस्टर्न नेगोसिएसन एन्ड स्टेट बिल्डिङ प्रोगाम फर नेपाली पोलिटिकल लिडर' विषयक कार्यक्रममा माओवादी, एमाले, कांग्रेस,
बाँकी» -
राष्ट्रपतिको मुद्दामा १५ महिनापछि बहस सुरु
नँया पत्रिकाबाट
काठमाडौं, ११ असार
तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालले अवकाश लिएको करिब एक वर्ष भइसकेको छ, तर उनलाई अवकाश दिने र नदिने विषयमा सरकार र राष्ट्रपतिबीच १५ महिनाअघि सर्वोच्च अदालत पुगेको मुद्दामा बल्ल बहस सुरु भएको छ ।
२० वैशाख २०६६ मा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको तत्कालीन सरकारले सेनापति कटवाललाई अवकाश दिने निर्णय गरेकै दिन राष्ट्रपति डा. रामवरण यादवलेे कटवाललाई थमौती गरिदिएका थिए ।
बाँकी» -
काभ्रेका अनुप बने विश्व बिजेता
कान्तिपुरबाट
काठमाडौं, ८ आषाढ
अमेरिकी सरकारले आयोजना गरेको विश्वव्यापी डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगितामा नेपालका एक युवा विजेता बनेका छन् ।
काभ्रेको महादेवस्थान गाविसका २० वर्षिय अनुप पौडेल बिजेता बनेका हुन् । उनले 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्र बनाएर प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता रहेको थियो । भिडियो मार्फत डेमोक्रेसीको परिभाषा उल्लेख गर
बाँकी» -
धेरैलाई मूर्ख बनाएको लिग
हिमेशरत्न वज्राचार्य, कान्तिपुरबाट
काठमाडौ, आषाढ ८
क्रिकेटलाई लिएर भन्ने गरिन्छ, खेल्ने मूर्ख र हेर्ने महामूर्ख । यो प्रसंग धेरै अर्थमा हालैमात्र टुंगिएको सहिद स्मारक लिग 'ए' डिभिजन फुटबललाई लिएर मिल्छ । यसपल्टको लिग खेल्ने केही खेलाडी, अधिकांश क्लब पदाधिकारी र प्रशिक्षकले प्रतियोगिताको खुबै मज्जा लिए, धूर्त हुँदै ।
बाँकी» -
संसदीय दलको नेता नै प्रधानमन्त्री: सिंह
कान्तिपुरबाट
काठमाडौ, आषाढ ८
काँग्रेस उपसभापति प्रकाशमान सिंहले नेपाली काँग्रेसका तर्फाट सरकारको नेतृत्व लिने अवस्थामा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने स्पष्ट पारेका छन् ।
"दलको विधान र ससंदीय परम्परा अनुसार पनि दलको नेता नै प्रधानमन्त्री हुन्छ, त्यसमा कुनै विवाद छैन," नेता सिंहले भने ।
बाँकी» -
सीधै राष्ट्रपतिसँग समन्वय गर्ने सेनाको प्रस्ताव
नँया पत्रिकाबाट
काठमाडौं, ८ असार
नेपाली सेनाले रक्षा मन्त्रालय र मन्त्रिपरिषद्लाई 'बाइपास' गरी सीधै राष्ट्रपतिसँगको समन्वयमा काम गर्ने प्रस्ताव अघि सारेको छ । सुरक्षा रणनीतिजस्तो संवेदनशील विषयमै सरकारलाई भूमिकाहीन बनाउने सेनाको प्रस्ताव छ ।
राष्ट्रपतिको नेतृत्वमा रक्षापरिषद् गठन गर्ने र चार सुरक्षा निकायका प्रमुखहरू सदस्य रहने व्यवस्था गर्न सेनाले सरकारलाई प्रस्ताव गरेको हो । यही समितिले सुरक्षा रणनीति बनाउने र कार्यान्वयन गर्ने
बाँकी» -
मन्त्रीकै कारण हामीलाई असुरक्षाः सचिवहरू
नँया पत्रिकाबाट
काठमाडौं, ८ असार
प्रधानमन्त्री माधवकुमार नेपाल सरकारका ४० जना सचिवलाई सोमबार आफ्नो कार्यालयमा बोलाएर सरकारको काम किन सुस्ताएको भन्दै झपार्न खोज्दै थिए, तर एकपछि अर्को गर्दै सचिवहरूले गुनासा, असन्तुष्टि र आक्रोश पोख्न थाले, त्यही कारण प्रधानमन्त्री आफैंले बोलाएको बैठक मंगलबारसम्मका लागि स्थगित गरेका छन् ।
सरकारी कामकारबाही सुस्त भएको भन्दै प्रधानमन्त्री नेपालले सरकारका सबै सचिवलाई सोमबार प्रधानमन्त्री कार्यालयमा
बाँकी» -
४० प्रतिशत दुर्घटना दुई पाङ्ग्रेका
कान्तिपुरबाट
काठमाडौ, अषाढ ७
युवा पिंढीको पहिलो रोजाइमा पर्ने मोटरसाइकल र स्कुटीबाट सबभन्दा बढी दुर्घटना हुने गरेको एक अनुसन्धानमा देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बर्सेनि ४० प्रतिशतभन्दा बढी दुर्घटनामा यी दुई पाङ्ग्रे सामेल भएको देखिएको छ । 'यी बाहन बढी कलेज पढ्ने पुस्ताले चलाउँछन्,' महाशाखा प्रमुख डीआईजी विनोद सिंहले भने, 'उनीहरू आफूभित्रको ऊर्जाको गलत प्रयोग गर्छन्, अनौठो गतिविधि गरेर आनन्द लिन खोज्दा दुर्घटना गराउँछन् ।'
बाँकी» -
´रेमिटयान्सको पैसा डुब्ने खतरा’
नँया पत्रिकाबाट
काठमाडौँ, ६ असार
नेपालमा विश्वका ५५ भन्दा बढी मुलुकबाट रेमिटयान्स आउने गरे पनि ती पैसा सुरक्षित नभएकाले जुनसुकै वेला पैसा डुब्न सक्ने यस क्षेत्रमा कार्यरत व्यवसायीले बताएका छन् ।
नेपाल मुद्रा विप्रेषण संघले शुक्रबार आयोजना गरेको नेपालमा रेमिटयान्सको चुनौती र भविष्य विषयक छलफल कार्यक्रममा सहभागीले नेपालमा रेमिटयान्स पठाउने विदेशी कम्पनीको बैंक ग्यारेन्टी नभएकाले जुनसुकै वेला उनीहरू विदेशमा रहेका नेपालीसँग पैसा उठाए
बाँकी» -
राजीनामा प्रधानमन्त्रीको स्वेच्छिक बिषयः कांग्रेस
कान्तिपुरबाट
काठमाडौं, ६ असार (दैनिकी)
कांग्रेसले तीन बुँदे सहमति कार्यान्वयनको लागि पहल गर्ने भएको छ । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको वातावरण बनाउन पार्टी सबै दलसँगको सम्पर्कमा रहेको जानकारी दिए ।
आइतबार प्रधानमन्त्री माधवकुमार नेपालसँग छलफल गरेपछि संचारकर्मीहरुलाई प्रतिकृया दिदै उनले तीन बुँदे सहमतिको कार्यान्वयनको लागि पहल गर्ने जानकारी दिएका हुन् ।
बाँकी»
आजका पत्रपत्रिकाबाट - थप सामग्री
- कुकुरले टोक्ला है !
- एनसेलद्वारा टेलिफोन शुल्कमा भारी कटौती
- झलनाथको उम्मेदवारी फिर्ताविरुद्ध सर्वोच्चमा रिट दायर
- ´८० प्रतिशत सशस्त्र समूह आपराधिक´
- तिमी मेरो, म तिम्रो
- उच्च माध्यमिकका उपाध्यक्षद्वारा युवतीका नाममा आफैं निवेदन लेखेर तोक
- ´सहमति भए प्रधानमन्त्री बन्न तयार छु’
- कालीबहादुर खामविरुद्ध चार मुद्दा/ कर्तव्य ज्यान, हातहतियार खरखजाना, सरकारी छाप किर्ते र डाका मुद्दा
- दर्जनौँ उमावि गैरकानुनी रूपमा सञ्चालित
- छोरा अफगानिस्तानमा भएकै थाहा थिएन परिवारलाई


