-
कुकुरले टोक्ला है !
कान्तिपुरबाट
काठमाडौं, (दैनिकी)
एक सातामा भुस्याहा कुकुरको टोकाइबाट काठमाडौका आठ सय ६१ जना पीडित भएका छन् । भुस्याहा कुकुरले टोकेपछि टेकु अस्पतालमा रेविजको सुई लगाउन आउनेको संख्या बढेको छ ।
अस्पतालको तथ्याङ्क अनुसार विगतका महिनामा हजारको हाराहारीमा रेविजको सुई लगाउने आउँथे भने साउनको पहिलो सातामै रेविजको सुई लगाउन आउनेको संख्या हजार पुग्न लागेको हो । गत बैशाखमा एक हजार एक, जेठमा हजार १२ र असारमा हजार ५७ ले रेविजको सुई लगाएको अस
बाँकी» -
एनसेलद्वारा टेलिफोन शुल्कमा भारी कटौती
कान्तिपुरबाट
काठमाडौं, (दैनिकी)
निजी क्षेत्रको पहिलो दूरसञ्चार सेवा प्रदायक कम्पनी स्पाइस नेपालले कुनै पनि नेटवर्कमा फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । अब एनसेलबाट फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्नेछ । एनसेलले पि्रपेड मोबाइलबाट फोन गर्दा लाग्ने शुल्क घटाएको हो ।
नेपालको दूरसञ्चार क्षेत्रमा देखिएको प्रतिस्पर्धात्मक वातावरणले मूल्य घटेको हो । केही समयदेखि लगातार नयाँ योजना सार्वजनिक गरिरहेको एनसेलको यो महसु
बाँकी» -
झलनाथको उम्मेदवारी फिर्ताविरुद्ध सर्वोच्चमा रिट दायर
कान्तपुरबाट
काठमाडौं, (दैनिकी)
प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनालले दिएको उम्मेदवारी प्रधानमन्त्री माधवकुमार नेपालले फिर्ता लिएकोविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर भएको छ ।
अधिवक्ता रमेशप्रसाद खनाल, कुमार आचार्य, भविश्वर गुरुङलगायतले व्यवस्थापिका संसदको कार्यसंचालन नियमावली विपरीत प्रस्ताव फिर्ता लिएको भन्दै अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
संसद सचिवालयमा दर्ता भएको प्रस्ताव सभामुखको लिखित अनुमतिम
बाँकी» -
´८० प्रतिशत सशस्त्र समूह आपराधिक´
कान्तिपूरबाट
काठमाडौं,
राजनीतिक दलका नेता तथा बौद्धिक ब्यक्तीत्वहरुले मधेसमा हुर्कंदै गएका आपराधिक समूहलाई राजनैतिक कलेबर दिएर उत्साहित बनाउन नहुने बताएका छन् ।
लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्था नेपाल र नयाँ नेपाल रिसर्च सेन्टरद्वारा आयोजित "मधेसवादी दलहरु तथा तराईका विभिन्न समूहरुसँग भएका सम्झौताहरुको अवस्था तथा कार्यान्वयनका उपायहरु" विषयक राष्ट्रिय संवाद कार्याक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
बाँकी» -
तिमी मेरो, म तिम्रो
नयाँ पत्रिका
काठमाडौं, २ जेठ (दैनिकी)
उदय सोताङ र मनिला सोताङ नेपाली गायन क्षेत्रमा चर्चित जोडी हो । दुई दशकदेखि यो जोडी सँगसँगै यात्रारत छ । यत्तिका वर्षपछि पनि एक-अर्कालाई गर्ने मायामा रत्तिभर कमी नआएको बताउँछन् उनीहरू । भन्छन्, 'माया जति गर्यो त्यति बढ्दै जान्छ ।'
नेपाली गायन क्षेत्रका चर्चित अनुहार हुन्- उदय सोताङ र मनिला सोताङ । साढे दुई दशकदेखि यस विधामा यात्रारत उनीहरू हिजोआज आफ्ना यौवनका कलकलाउँदा दिनहरू सम्झिरहेका छन् । उनीहरूका यौवनका ती दिनहरू कम्ती रोचक थिएनन् ।
बाँकी» -
उच्च माध्यमिकका उपाध्यक्षद्वारा युवतीका नाममा आफैं निवेदन लेखेर तोक
नयाँ पत्रिका
काठमाडौं
उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष उपेन्द्र कोइराला पिएचडी डाक्टर मात्र होइनन्, प्रोफेसर पनि हुन् तर, एउटी युवतीलाई जागिर खुवाउन उनले कतिसम्म गरे ? आफैँ निवेदन लेखे र नियुक्तिका लागि तोक-आदेश पनि दिए । माथिको प्रमाण यही भन्छ ।
उपाध्यक्ष डा. कोइरालाले झापा अर्जुनधारा-२ की प्रज्ञा थापाको नाममा 'सेवा गर्ने अवसर पाऊँ' भन्दै आफैँले निवेदन लेखेर उनको नाममा आफैँले किर्ते हस्ताक्षर गरेका हुन् । तर, उनीहरूबीचको नाता भने खुलेको छैन ।
बाँकी» -
´सहमति भए प्रधानमन्त्री बन्न तयार छु’
कान्तिपुरबाट
काठमाडौं,
माओवादी पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको उम्मेदवार भइरहेका बेला उपाध्यक्ष बाबुराम भट्टराईले बहुमतीय सरकारले शान्ति र संविधानलाई निष्कर्षमा नपुर्याउने बताएका छन् । उनले जसको नेतृत्वमा बहुमतको सरकार भए पनि समस्या समाधान नहुने भन्दै संसद्को कार्य सञ्चालन नियमावली संशोधन गरेर भए पनि सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिए । शान्ति, संविधान र सरकार निर्माणका विषयमा कान्तिपुरका
बाँकी» -
कालीबहादुर खामविरुद्ध चार मुद्दा/ कर्तव्य ज्यान, हातहतियार खरखजाना, सरकारी छाप किर्ते र डाका मुद्दा
कान्तिपुरबाट
काठमाडौं, (दैनिकी)
चार वटा मुद्दा लगाउने तयारीसहित प्रहरीले माओवादी केन्द्रीय सदस्य कालीबहादुर खामलाई पक्राउ गर्न थप जनशक्ति परिचालन गरेको छ । पछिल्लोपल्ट चिनियाँ नागरिकलाई लुटपाट गर्न संलग्न भएको अभियोग लागेका माओवादी नेता खाममाथि यसअघिका घटनासहितलाई लिएर चार वटा मुद्दा लगाउन लागिएको हो । यसअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न भन्दै अदालतले पक्राउ पुर्जी जारी गरे पनि खाम प्रहरीको सूचीमा
बाँकी» -
दर्जनौँ उमावि गैरकानुनी रूपमा सञ्चालित
नयाँ पत्रिकाबाट
काठमाडौं, (दैनिकी)
सरकारी अनुगमन प्रभावकारी नहुँदा देशभरि दर्जनौँ उच्च माध्यमिक विद्यालय गैरकानुनी ढंगले सञ्चालन हुँदै आएका छन् । कतिपय उमावि सम्बन्धनविना नै चलेका तथा अघिल्लो वर्ष नै खारेजीका लागि सिफारिस भएका उमावि नयाँ नाम जुराएर सञ्चालन गरिएको पाइएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले भने त्यस्ता उमाविलाई कारबाही गर्न चासो देखाएको छैन । सामुदायिक उमाविमा आधाजति शिक्षक र प्रधानाध्यापक योग्यता नपुगेका, एक ठाउँमा
बाँकी» -
छोरा अफगानिस्तानमा भएकै थाहा थिएन परिवारलाई
कान्तिपुरबाट
काठमाडौं, (दैनिकी)
छोरो अफगानिस्तानमा होला भनेर सोचेकै थिएनौं, लडाइँमा परेको खबर आएपछि थाहा पायौं ६० वर्षीय किनमाया पुनले रुँदै भनिन्, 'अझै पनि मेरो छोरो फर्केर आउला जस्तो लाग्छ ।' बेलायती सेनामा कार्यरत छोरा अफगानिस्तान गएको घरपरिवारलाई समेत पत्तो नभएको उनले बताइन् । बेलायतबाट खबर आएपछि मात्रै परिवारले थाहा पाएका हुन् ।
तीन दिनअघि अफगानिस्ताको दक्षिणी प्रान्त हेल्मन्डमा मुत्यु भएका ३४ वर्षीय अर्जुन पुर्जापुनकी
बाँकी»
आजका पत्रपत्रिकाबाट - थप सामग्री
- दुई माओवादी सेनाको शव जंगलमा
- प्रधानमन्त्रीद्वारा जाँदाजाँदै भाइलाई नियुक्ति
- ६५% नेपाली गरिब
- दुतावास खोज्दै चार रात जंगलमा
- एमआरपी कार्यान्वयन लम्बियो
- विशेष बजेटको विशेषता
- राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्र
- एकपछि अर्का फिल्म फ्लप
- अनमिनको प्रस्तावमा सरकारको आपत्ति
- चिनियाँ व्यापारी लुटपाटमा माओवादी केन्द्रीय नेता कालीबहादुरको संलग्नता


