स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

पाल्पाका गाउँमा डुल्ने नरिसंह सहरका पर्दामा

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा

गाउँमा धेरैले एउटा खुट्टा नभएको मान्छे आयो भनेर कानेखुशी गर्थे तर अहिले मेरो बारेमा बृत्तचित्र बनेपछि मलाई मात्र होइन सबैमा खुशीयाली छाएको छ पाल्पा दोभान वडा नं३ का नरिसंह भण्डारीले सञ्चारकर्मीसित भने ।

गाउँमै बसी खेतीकिसानी गर्दै आएका नरिसंहकौ साहसै साहस र शन्देसले भरिएको यथार्थ जीवनमा आधारित नरिसंह नामक वृत्तचित्र तयार भएपछि उनीमा आत्मविश्वास समेत बढेको छ । अपाङ्गगता भएरपनि साङ्गलाई चुनौती दिने नरिसंह भण्डारीमगरको यथार्थ जीवनमा आधारित यो वृत्तचित्रको निकट भविष्यमै तानसेनको सन्तोष चलचित्रको हलमा पर्दशन हुँदैछ ।

अनाथ बालबालिकाहरुको सहयोगार्थ उक्त च्यारिटी शो गर्न लागिएको हो । दोभान ३ घोडेबास पाल्पाका नरिसंह भण्डारीमगर एउटा खुट्टा नभएर पनि अन्य सामान्य मानिस सरह दैनिक जीवन यापन गर्दै आएका छन् । वृत्तचित्रका प्रमुख पात्र मगर ४ वर्षको छदा गुल्मी जिल्लाको कन्यामभिरबाट लडेर घाईते भएका थिए । घास काट्न गएकी दिदीको पछि लाग्दा भीरबाट खसेर भाचिएको वायाँ खुट्टाले समयमै उपचार नपाएपछि काम्रोले बाधिराखेको १५ दिनपछि घुंडाभन्दा तलको भाग कुहिएर झरेको उनले बताए । ४८ वर्षका मगरले एउटै खुट्टाको भरमा सजिलै रुखमा चढेर घास दाउरा गर्छन् हलो जोत्छन् धान झाट्छन् गारो लगाउछन् खोला तर्छन र मजाले एउटै खुट्टाले छमछमी नाच्छन् पनि । यो कुरा सुन्नेले विश्वास गर्दैनन् तर देख्ने सवैले हो रैछ भन्दै उनको साहस र लगनसिलताको सम्मान गर्छन् ।

वि।संं।२०४० सालमा गुल्मीबाट पाल्पाको दोभानमा बसाई सरेका मगरले घरबाट छुट्टिदा एक माना चामल मात्र अंश पाएको स्मरण गर्छन् । एउटा खुट्टाकै भरमा गरेको मेहनतबाट उनले प्रशस्त खेत र धन सम्पत्ति जोडेका छन् । शूरुका दिनहरु दुखद कष्टपूर्ण र अत्यन्त मार्मिक रहेपनि आफ्नो मेहनत लगन र आत्मविश्वासका कारण जीवन यापन सहज बन्दै गएको उनी बताउछन् । तीन छोरा दुई छोरी र एक श्रीमती सहित ७ जनाको परिवारमा उनकी श्रीमती पनि बोल्न सक्दिनन् ।

नरिसंहको यो साहसिक जीवनशैलिबाट प्रभावित साहित्यकार तथा उदयीमान स्रष्टा दल बहादुर गुरुङ्गले नरिसंहको यथार्थ जीवनमा आधारित वृत्तचित्र बनाउने आट गरेका हुन । लेखक तथा परिकल्पनाकार गुरुङ्गले भने झै नरिसंह साच्चिकै मरुभूमिमा फूल्न लागेका फूल नै हुन । जसबाट स्वार्थी समाज र मेहनत नगरि सुकुम्बासी बन्ने मान्छेहरुका लागि प्रशस्त शन्देसहरु छन् । श्रीनगर फिल्मस प्रालिले तयार गरेको यो वृत्तचित्रमा मनिष पन्थको छायांकन तथा निर्देशन रहेको छ । करिव आठ महिना लगाएर निमार्ण गरिएको नरिसंह नामक यथार्थ जीवनमा आधारित वृत्तचित्रको लगानी डेड लाख रहेको छ ।

यस अघि बुटवलमा देखाईएको यो वृत्तचित्र प्रदर्शनको लागि गुल्मी र पोखरा लगायतका स्थानहरुबाट माग भैसकेको र गुरुकुलमा समेत प्रदर्शन गर्ने पहल भैरहेको लेखक दल बहादुर गुरुङ्गले जानकारी दिए । साहस तथा आत्मविश्वासकै कारण आफु यो स्थानमा आईपुगेको बताउने मगरको वृत्तचित्रबाट आफु जस्तै धेरै अपाङ्गता भएकाहरुको लागि र अन्यको लागि पनि थप उर्जा थप्नमा सहयोग पुग्ने विश्वास छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकारमा थप सामग्री

Latest Load Shedding

अपांगता सरोकारमा धेरैले पढेको

Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu