स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

अपाङ्ग र सम्वोधनका शव्दहरु

विवेक खड्रका

सूचना तथा मनोरन्जनको क्षेत्रमा भएको चरम विकास संग संगै वढ्दै गएको यसको लोकप्रीयताले विश्व दिन प्रतिदीन साँगु्रीदै गएको छ । साचारमाध्यमहरुको विकासले विश्वको कुनै पनि ठाउको सूचना वा जानकारी कोठाभित्र वसेर हेर्ने र सुन्ने अनि पढ्ने वनाएको छ । सूचना क्षेत्रको विकासले विशाल जनसमुदायले कुनै पनी सूचना वा जानकारी एकै पटक पाउने भएकाले यसको पहुच र महत्व व्यापक भएकेा हो । जसले गर्दा समाज प्रति यसको ठुलो जिम्मेवारी छ । त्यसकारण आमसाचारले समाजलाई सुसूचित बनाउने तर्फ सजग र सकि्रय भूमिका खेल्नुपर्ने हुन्छ । त्यसका लागि सुचना वा जानकारी प्रसारण वा प्रकाशन हुनुअघि त्यसले समाजमा पार्ने प्रभावको आकलन गर्नु पार्छ । कुनैपनि जाति वर्ग वा समुदाएको गहिरो अध्ययन र त्यसको ज्ञान नभई साचारकर्मी आफैले आफ्नै ढंगले त्यो जाति वर्ग समुदाय वा संस्कृतिका बारेमा लेख्दा सम्बन्धित समुदायबीच नकारात्मक प्रभाव पर्न जान्छ । खासगरी अझै हाम्रा साचारमाध्यमहरुले यस्ता भाषाको महत्व नदिएको पाईन्छ । साचार संस्थाहरुको उदय संगै मौलाएका साचारकर्मिहरुले मौलिक संस्कृतीस्थानीय भाषार चलन चल्तीका भाषालाई आफ्नै ढंगले प्रस्तुत गरेको पाईन्छ । पत्रकारको रुचि र सिर्जनात्मक सिपको प्रयोग गरेर विचारतर्क र सूचनाहरु खोतल्ने केलाउने र पस्कने काम गर्छ । विचारतर्क र सूचनाहरु उसले आफै सिर्जना भने गर्दैन वरु यो सवै उसले समाजवाटै पाउछ । प्राप्त सूचनाहरुलाई प्रशोधन गरेर समाजलाई नै फर्काउने क्रममा उसले आवश्यक र अनावश्यक सामग्रीको निधो गर्छ । यसमा देश समाज र मानवको विकास र उत्थानका लागि आवश्यक सूचना र जानकरीहरु कलात्मक र रुचीपूर्ण तवरले पस्कनु पत्रकारीताको समान्य धर्म हो ।

जनतालई सूचित गर्नुशिक्षीत गर्नूसचेतना वढाउनुसंगठीत गर्नुपरिचालित गर्नु परिवर्तन ल्याउनुमनोरन्जन प्रदान गर्नु साचारको काम हो । साचारकर्मिले आफ्नो लेखाई लक्षित सुदामयमा केन्द्रीत गुनृ्र पर्छ । आफ्नो लेखाईले त्यो समुदायको भाषाको अपमान हुनेसमुदायमा विखण्डन ल्याउने तर्फ सजक हुनु पर्छ । कहिले काही सामान्य जस्ता लाग्ने भाषा र शव्दको प्रयोग गर्दा त्यो समुदायको अपमान हुन्छ । अझै पनि हाम्रा केहि साचारमाध्यम र साचारकर्मिहरुले अपांग समुदायको विषयलाई आ-आफ्नै ढंगले प्रस्तुत गरेको पाईन्छ । अपाङ्गको सवाललाई साचार माध्ययमहरुले उठाउनु पर्छ उनीहरुको हक हित र अधिकार संरक्षणको लागि संाचारमाध्ययमले दबाब सिर्जना गरिदिनुपर्छ तर यथार्थमा अपाङगहरुको वास्तबिक समस्या र घटनालाई भन्दा पनि उनिहरुको अपांगपनलाई जोड दिएर समाचार सम्प्रेषण गरेको पाईन्छ । देश भर रहेका ३० लाख अपाङ्गगता भएका व्यक्तिहरुको प्रतिनिधीत्व गर्ने शव्दहरु त्ाथा अपाङ्गहरुको मनोवल गिराउने गरी शव्द चयन गर्दा पक्कै पनि राम्रो सन्देश जादैन । के अत्यन्त्ा विगि्रएकाभत्किएकानिष्फलअल्प वा निकृष्ट परिस्थीतिलाई अपाङ्ग शव्दले मात्रै स्पस्ट पार्ने हो र यसको स्थानमा प्रयोग गर्ने शव्दहरु नेपाली शव्दकोषमा छैनन र राज्यले गरेको पक्षपात पूर्ण व्यवहार शताप्दीयौ देखिका भेदभावसामाजिक कुसस्कारवाट प्रताडित अपाङ्गहरुलाई माथि उकास्ने प्रेस जगतले खेल्नु पर्ने भुमीमा किन कन्जुस्याई साचारमाध्यामवाट वोलीने वा लेखिने कुराहरुमा देश र जनताको आशाको रेखा कोरीएको हुन्छ । त्यसकारण साचारमाध्यामा लेखिने वा वोलीने कुराहरु अपाङ्गलाई चोट पुग्ने गरी प्रयोग गरीएका शव्दहरको सच्याई र आगामी दिनमा यी कुराहरुको ख्याल गरी अपाङ्गहरुको सहयात्रामा साथ दिन जरुरी छ ।

अधिकांश साचारमाध्यमहरुमा अपांग व्यक्तिहरुलाई सम्बोधन गरिने शव्द पनि अनुपयुक्त र अपमानजनक हुन्छन । कान नसुन्ने र बोल्न पनि नसक्ने मानिसलाई सम्बोधन गरिने शब्द बहिरा हो । तर त्यस्ता व्यक्तिलाई लाटो वा लाटा शव्द प्रयोग गरेको पाईन्छ । त्यसैगरी आँखा देख्न नसक्नेलाई दृष्टिबिहिन भन्नुपर्नेमा अन्धा अन्धी जस्ता सव्दहरु प्रयोग गरेको पाईन्छ । शारिरका हातखुट्टा गुमाएका वा कमजोर भएकहरुलाई वा ह्विलचियरमा वसेर हिड्डुल गर्नुपर्ने मानिसहरुलाई शारिरीक अपाङ्ग भन्नु पर्नेमा त्यस्ता व्यक्तिहरुलाई लुलो वा लङ्गडो जस्ता शव्दहरु प्ा्रयोग गरिएको पाईन्छ । वहिरा र लाटो शव्द कुनै हातलमा एउटै हुन सक्दैन । वहिरा भनेको कान नसुन्ने र वाल्न नसक्ने मानिस हो । भेने लाटो कुनै पनि कुरा नवझुने र नजान्ने मानिस हो । वहिराहरु नवुझेने र नजान्ने मानिस होईनन । अर्कातिर आखाँको हेर्ने शक्ति गुमएका मानिस दृष्टीविहीन हुन तर उनिहरु अन्धा होईनन । वास्तवमा जसले ज्ञान र विवेक गुमएको छ जसको चेतना शुन्य छ त्यो अन्धो हो । आखाँको दृष्टी गुमाएका तर ज्ञान र विवेक नगुमाएकाहरु ज्ासले संसार हेर्ने क्षेमता राख्दछ तिनीहरुलाई अन्धो भनिदैन । यस्ता शव्दले अपाङ्गहरुमा मनोवल घटाउने मात्र नभइ नेपाली भाषाको अपमान हुन्छ । समाजमा यसले नकारत्मक असर पार्छ ।

देशभरका ३० लाख अपाङ्गहरुको प्रतिनिधीत्व गर्ने सम्मानीत शव्दलाई गैरजिम्मेवारी पूर्वक प्रयोग गर्नु उचित होईन । के विगि्रएकोभत्कीएको असफल प्रस्थीतीलाई अपाङ्ग शव्दले मात्रै स्पस्ट पार्ने हो यसको स्थानम अरुकुनै शव्दहरु न्ोपाली शव्दकेषमै छैन यद्यपी अपाङ्ग संरक्षण कल्याण एन २९३९ ले पनि अपाङ्गहरुको परिभाषा सम्मानजनक ढंगले गर्न सकेको छैन । परम्परागत एवं कल्याणकारी सोचवाट प्रेरित भएर आएको त्यो ऐनमा परम्परा देखि समजमा अपाङ्ग व्यक्तिलाई होच्याउने र गिज्याउने शव्द राखिएको छ र त्यही आधारमा अपाङ्गताको वर्गिकरण गरिएको छ । यसमा तत्काल संशोधन हुन आवश्यक छ । अपाङ्गताको परिभाषा र विकास मात्रै हाईन अपाङ्ग मानवअधिकरको सवालमा पनि गम्भीर हुनु पर्छ । अपाङ्ग व्यक्ति पनि राष्ट्रका सकि्रय नागरीक हुन । साङ्ग सरह उनिहरुको समन हक र अधिकर छ ।

हाम्रो समाजमा पत्रकारहरुको भूमिका वा जिम्मेवारी बढी नै रहेको पाईन्छ । एउटा पत्रकार त्यहाँको सामाजीक अगुवा हॊ । भूमिका निर्वाह गर्ने देखि लिएर कतिपय ठाँउमा वकिल शिक्षक विज्ञको भूमिका निर्वाह गर्न पनि वाध्य छ । यो हाम्रो समाजको समग्र विकास हुन नसकेको कारणले श्रृजना गरेको बाध्यता हो । यसकारण नेपाली प्रेस अझै पनि गुणस्तरियताका लागि अभ्यास गर्न जरुरी छ । प्रेसको प्रभाकारिताका कारण एकै पटक ठूलो समुदायमा लोकतान्त्रिक संस्कारबाट नागरिकलाई सुसुचित गराउने काम प्रेसले गर्न सक्दछ । त्यति मात्र होइन संस्कार-पालनाको अनुगमन पनि प्रेसले गर्न सक्दछ । सामाजको यति ठुलो अभिभारा वोकेको प्रेसले त्यतिनै गैरजिम्मेवारी पन देखाउनु हुदैन ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


अपांगता सरोकारमा थप सामग्री

Latest Load Shedding

अपांगता सरोकारमा धेरैले पढेको

Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu