स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

अपांग भएपछि शिक्षिकाको तलब रोक्का

प्रदीप मेन्याङ्बो धरान,

शारीरिक अपांग भएपछि यहाँको एक विद्यालयकी स्थायी शिक्षिकाले ६ वर्षदेखि तलब पाएकी छैनन् ।

धरान १३ अमरहाटस्थित अमर प्राविमा २०५२ सालदेखि प्राविको दरबन्दीमा कार्यरत शिक्षिका निर्मला नेपालले पढाएको तलब नपाएकी हुन् । उनका अनुसार ०५७ सालमा देवर राधाकृष्णले बन्चरोले आक्रमण गरी घाइते बनाएपछि उनी अपांग बनेकी हुन् । अहिले उनी धरान १२ चतरालाइनस्थित पब्लिक उच्च माविमा पढाउँछिन् ।

करिब एक वर्ष उपचार गरेर अमर प्राविमा पढाउन जाँदा तत्कालीन प्रधानाध्यापिका अम्बिका श्रेष्ठ र व्यवस्थापन समितिका अध्यक्ष हरिहरप्यारा श्रेष्ठले हाजिरी खाता लुकाइदिएको उनले बताइन् । अपांगले पढाउन नसक्ने भन्दै उनको सट्टा आधा तलबमा अरू नै शिक्षक नियुक्ति गर्ने र बाँकी आधा तलबमात्र दिने उनीहरूले प्रस्ताव गरेका थिए । शिक्षिका नेपालले उनीहरूको प्रस्ताव अस्वीकार गरेपछि आफूले त्यसयता तलब नपाएको उनले बताइन् ।

उनले भनिन्, 'बैशाखी टेकेर पढाउन जाँदा अपांगको डम्पिङ गर्ने ठाउँ विद्यालय नभएको भन्दै मलाई हाजिर गर्न दिएनन् ।' उनको बायाँ हात चल्दैन । हिँड्न खुट्टा कमजोर छ ।'

विद्यालयमा तलब र पढाउन नदिएपछि नेपालले जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । शिक्षा कार्यालयले सुनुवाइ नगरेपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरिन् । सर्वोच्चले उनको पक्षमा फैसला गरेको थियो । उक्त फैसलापछि शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालय सुनसरीलाई विद्यालयसँग बुझेर तलब निकासा गर्न पत्र पठाएको दुई वर्षभन्दा बढी भइसकेको शिक्षिका नेपालका पति खगेन्द्रले बताए ।

विद्यालयले हालसम्म निर्मलाको बारेमा कुनै रेकर्ड नपठाएकाले जिल्ला शिक्षा कार्यालयले तलब निकासा गर्न नसकेको नेपालले बताइन् । उनले ६ वर्षदेखिको तलब रोक्ने विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन अध्यक्षलाई कारबाहीको माग गरेकी छन् । व्यवस्थापन समिति अध्यक्ष हरिहरले भने विद्यालयकै कारण उनको तलब नरोकिएको बताउँदै अपांगले पढाउन नसक्ने भएकाले बेतलबी बिदा बस्न भनेको दाबी गरे ।


साभारः कान्तिपुर




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ