स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

लोकतन्त्र र गणतन्त्रमा न्याय पायौ

पार्वती थापामगर प्रहरी नायब महानिरिक्षक

प्रहरी सेवामा महिला अधिकृत भन्ने वित्तिकै धेरैले सम्झन्छन पार्वती थापामगरलाई। तीनै पार्वती एक महिनादेखि प्रहरीको सुदूरपश्चिम प्रमुख छन। प्रमुख भएर आउने वित्तिकै प्रहरी नायव महानिरिक्षक(डिआइजी) थापालाई निक्कै चुनौती थपिएका छन। चुनौतीपूर्ण काम गर्न रुचाउने थापा प्रमुख भएकै वेला अछाम प्रहरी कार्यालय भित्रै सहकर्मीद्धारा एक महिला प्रहरीमाथि बलत्कार भएको छ। महेन्द्रनगर,बझाङ्ग, कैलाली र अछामै समेत विभिन्न घटना भएका छन। २५ बर्षदेखि प्रहरी सेवामा रहेकी थापामाथि कुनै खेल भएन र फटाफट बढुवा भयो भने उनले प्रहरी संगठनकै नेतृत्व पाउने पक्का छ। त्यसपछि गोरखामा जन्मेकी थापाले प्रहरी संगठनमा नयाँ इतिहास रच्नेछिन। किनकी प्रहरी सेवाको सर्वोच्च पद प्रहरी महानिरिक्षक अहिलेसम्म महिलालाई मिलेको छैन। हुनत् प्रहरीमा विभिन्न आकर्षक पद पाउदै अगाडि बढदै गर्नेमा पनि पार्वती र विमला थापा शर्मा मात्र हुन। निर्दोष पर्नुहुन्न, दोषी छुट्नु हुन्न र पीडितले न्याय पाउनु पर्छ भन्ने डिआइजी थापाको मुल मन्त्र हो। प्रस्तुत छ डिआइजी थापासंग कपिल भट्टले समसामयिक विषयमा गरेको कुराकानीको सार संक्षेप।

सुदूरपश्चिममा आउन गाह्रो मान्नु भएको थियो रे? कस्तो लाग्यो त अहिले पश्चिम?

म सुदूरपश्चिममा सरुवा भएर काम गर्न आएको पहिलो पटक हो। विभिन्न काममा त पहिले पनि आएको थिए। तँपाइले भने जस्तो सुदूरपश्चिम आउन गाह्रो मानेको होइन। तर म चुनौतिपूर्ण काम रुचाउने भएकोले अलि बढी चुनौती भएको ठाउँमा जान चाहन्थे। अरु हिसावले सुदूरपश्चिम राम्रो छ तर चेतनाको अभाव छ।

के गर्नु पर्ला त चेतना अभिबृद्धी गर्न?

म पोखरा लगायतका विभिन्न स्थान बसे त्यताको तुलनामा यहाँ अशिक्षा, विकटता बढी रहेछ। अशिक्षाकै कारण होला जनताको आग्रहमा अछाममा जुवा,तास नियन्त्रण गर्न खोजियो। मुद्धा चलाइयो तर त्यस्तो राम्रो काम गर्न खोज्दा पनि सहयोगको साटो डिआइजीको ज्यादती भन्दै मेरो विरुद्ध नाराबाजी गरियो। के जुवा, तास जस्ता गलत कार्यका विरुद्ध काम गर्नु ज्यादती हो। त्यसैले यहाँ चेतनाको कमी छ। त्यसतर्फ ध्यान जानु पर्छ। म त जतिदिन बस्छु राम्रा काम गरेरै बस्छु।

पछिल्लो समय सुदूरपश्चिममा धेरै अपराधिक खालका घटना भएका छन कसरी लिनु भएको छ?

मैले ती घटनालाई सामान्य रुपमा लिएकी छु। दशै तिहारमा यस्ता घटना हुनु स्वभाविक हो। तैपनि तिनका गम्भिरताका बारेमा अध्ययन भइरहेको छ।

सहकर्मीद्धारा महिला प्रहरी वलात्कार भएको अछाम घटना के भइरहेको छ?

त्यो घटनाको कानूनी कार्वाही अगाडि बढी रहेको छ। विभिन्न पक्षबाट अध्ययन अनुसन्धान भइरहेका छन। म पनि अछाम पुगे।

प्रहरी कार्यालय भित्रै एक महिला प्रहरी छ जनाबाट बलत्कार भएको भन्ने कुरा छ के साँचो होला त?

बलत्कार भएकै हो। मैले पीडित महिलाको शरिर पनि हेरेकी छु। शरिरमा जवरजस्ती भएका प्रसस्त प्रमाण छन। हाम्रो देशमा कुनैपनि महिलाले त्यत्तिकै आफुमाथि बलत्कार भयो भन्न सक्दैन।

तपाई भावनामा बगेर महिला प्रहरीका पक्षमा बढी नै लाग्नु भयो भन्ने आरोप छ नि?

त्यसो होइन। म कहाँ कोही अन्याय भयो भनेर आएपछि सक्दो सहयोग गर्नु पर्छ नै। मैले फेरि त्यस्तो अलग्गै सहयोग केही गरेकी छैन। मेडिकल चेक गराए। त्यस बाहेक मैले अलग्गै केही गरेको छैन। जे हुन्छ कानूनी रुपमा हुन्छ। त्यो प्रक्रिया अगाडि बढी रहेको पनि छ।

बलत्कार भएको भए किन अछाम प्रहरीले नै उनको उजुरी लिएन? के उजुरी नलिनेमाथि कार्वाही हुन्छ?

उजुरी नलिइएकोले नै उनी म कहाँ आइ पुगेकी हुन। उनको उजुरी किन लिइएन त्यो बुझ्न सकिएको छैन। उजुरी नलिनेलाई आन्तरिक कार्वाही भइरहेको छ।

बलत्कार घटनामा महिला प्रहरीको पक्षमा लाग्यो भनेर तपाईका विरुद्ध दोषी भनिएका परिवारबाट धनगढीमा नारावाजी भयो कसरी लिनु भएको छ?

उनीहरुले मलाइ भेट्न खोजे रे। नभेट्न पाएपछि विरुद्धमा लागे भन्ने छ। मैले त्यसलाई गलत मानेकी छैन। हरेक काम,कार्बाही गर्दा कोही पक्षमा त कोही विपक्षमा लाग्नु स्वभाविकै हो। फेरि सबैको चित्त बुझाउन पनि त सकिदैन नि। मलाइ यहाँ अच्चम लागेको छ किनकी अरु ठाउँ पीडितलाई न्याय देउ भनेर नाराबाजी हुन्छ तर यहाँ पीडकलाई न्याय देउ भनेर नाराबाजी भयो। (तर अर्न्तवार्ता लिएको दोस्रो दिन महिलाहरुले पीडितले न्याय पाउनुपर्छ भन्दै सेती अञ्चल प्रहरी कार्यालयमा नारावाजी गरेका छन।)

त्यसो भए बलत्कारी भनिएकालाई कानूनी कार्बाही हुन्छ होला त?

मलाई त हुन्छ जस्तो लाग्छ। फेरि निर्दोष पर्नुहुन्न, दोषी छुट्नु हुन्न र पीडितले न्याय पाउनु पर्छ भन्ने मेरो मान्यता हो। अदालतले पक्कै पनि दोषीलाई कार्वाही गर्छ।

सरकारको विशेष सुरक्षा योजना पश्चिममा कसरी लागू हुँदैछ?

लागू भइरहेको छ। बन्द हडताल भएका छैनन। बन्द हडताल भए भएपछि पहिले सम्झाउने बुझाउने गर्नेछौ नमाने बल प्रयोग हुनेछ। जे अहिलेसम्म यहाँ राम्रो छ अहिलेसम्म कसैलाई सार्वजनिक मुद्दा चलाउनु परेको छैन।

पत्रकारलाई पनि शान्ति सुरक्षा कायम गराउन प्रयोग गर्ने नीति सरकारको छ? के सुदूरपश्चिममा पत्रकार प्रयोग गर्न थालिसक्नु भयो?

पत्रकारको सहयोग लिने भन्ने छ। के गर्ने, कसो गर्ने पत्रकारहरुसंग छलफल गर्नु पर्नेछ। तर अहिलेसम्म त्यस्तो सहयोग लिएको छैन।

सुदूरपश्चिममा सुरक्षा सेवामा जाने महिलाको संख्या निक्कै कम छ? उनीहरुलाई आकर्षित गर्ने कुनै उपाय छ?

हरेक महिलाले म पुरुष भन्दा के कम भन्ने सोचेर अघि बढ्न जरुरी छ। म त्यस्तै सोचेर यहाँसम्म आइपुगेकी छु। आफुमा प्रतिबद्धता,अग्रसरता र आत्मविश्वास भए कसैलेपनि केही विर्गान सक्दैन। सुरक्षा सेवामा लागेपछि परिवार भन्दा पेशालाई महत्व दिए सफल भइन्छ नत्र सुरक्षा जस्तो चुनौतीपूर्ण पेशामा सफलता पाउन गाह्रो छ। जुनसुकै जिम्मेवारी पाएपनि सक्छु भन्ने आँट गर्नुपर्छ। यहाँको सामाजिक परिवेश पनि राम्रो छैन त्यसैले पहिले त महिला शिक्षित हुनु नै जरुरी छ। महिला परजीवि हुनुहुन्न। जतिसुकै सम्पन्न भएपनि आफैले केही गरेर खानुपर्छ भन्ने भावना पनि राख्नु पर्छ।

तपाईहरुको पछिल्लो समय त फटाफट बढुवा भयो नि है?

हैन हाम्रो फटाफट बढुवा भएको होइन म र विमलाजीले न्याय पाएको हो। पहिले हाम्रो पदोन्नती निक्कै रोकियो। लोकतन्त्रले एसएसपी बनायो गणतन्त्रले डिआइजी।

तपाई प्रहरी सेवामा कसरी आउनुभयो?

म ०४० सालमा होम साइन्समा स्नातक पास भइसकेपछि प्रहरी अस्पतालमा डाइटिसियनमा जागिर गरे। जागिर खाँदा छोरी पाइसकेकी थिए। छोरा अस्पतालमै काम गर्दा जन्म्यो। ०४३ सालमा महिलाले पनि प्रतिस्पर्धा गर्न पाउने भए। म पनि प्रतिस्पर्धामा सामेल भए। श्रीमान प्रहरी सेवामै हुनुहुन्थ्यो तर पछि प्रहरी नायव उपरिक्षक(डिएसपी)मा हुँदा उहँाले पदोन्नती ढिला भएकोले असन्तुष्ट भएर छोड्नु भयो। श्रीमानले मलाई प्रतिस्पर्धामा नजाउ पुरुष त विचमै छोडछन भरखर बच्चा पाएको छौ गाह्रो होला भन्नुहुन्थ्यो तर म र विमला थापाले हार खाएनौ अरु ५२ प्रशिक्षार्थी पुरुष भन्दा राम्रै गरेका थियौ। गुरुहरुले उनीहरुलाई हाम्रो उदाहरण दिनु हुन्थ्यो। घरमा सबैको सहयोग पाएर अगाडि बढिरहेकी छु।

कसको प्रेरणाले प्रहरी सेवामा आउनुभयो?

मेरो बुवाले मलाई सँधै छोरी होइन छोरा भन्नुहुन्थ्यो। म पनि छोराले झै विभिन्न कुरामा रुची राख्थे। खेलकूदमा पनि अघि नै थिए। बुवा भारतिय प्रहरीमा हुनुहुन्थ्यो। उहाँले ल्याएका सैनिक कितावमा महिलाले पनि पुरुषको झै पोशाक लगाएको देखेर मलाई पनि सुरक्षाकर्मी हुने मन थियो। पछि पुरा पनि भयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


संवाद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ