स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt
imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७९५०।००

सुन (तेजाबी): २७७७०।००

चाँदी: ४२८।५०

खोजी प्रतिभाको बुटवलमा वृहत् विज्ञान प्रदर्शन

सरकारी बिद्यालयको सहभागिता न्यून

संजय बिश्वकर्मा बुटवल १४ कात्तिक

विद्यार्थीहरूमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले शुक्रबादेखि बुटवलमा विज्ञान प्रदर्शनीको सुरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच जिल्ला शिक्षा कार्यालय रुपन्देहीका शाखा अधिकृत मोतिराज पौडेलले उक्त प्रदर्शनीको उद्घघाटन गरेका हुन् ।
रुपन्देही स्टुडेण्ट काउन्सीलद्वारा आयोजित उक्त प्रदर्शनी एभरेष्ट बोर्डिङ स्कुल सुख्खानगरमा सञ्चालन भएको छ । तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा रुपन्देही जिल्लाका मात्रै २५ भन्दा बढी विद्यालयका विद्यार्थीहरु सहभागी भएको काउन्सिलका भूपू अध्यक्ष प्रमेश पाण्डेले जानकारी दिए । सन् २००६ डिसेम्बर ९ मा स्थापना भएको उक्त संस्थाले विगत दुईर् वर्षदेखि रुपन्देहीमा विज्ञान प्रदर्शनी गर्दै आइरहेको छ । प्रदर्शनीमा ७५ वटा स्टलहरू राखिएका छन् ।
उक्त स्टलह्रूमा सबै विज्ञानसंग सम्बन्धित सामग्रीहरु राखिएको छ । ती सामग्रीहरु सबै दश कक्षाभन्दा तलका विद्यार्थीहरु आफैले निर्माण गरेका हुन् । प्रदर्शनीमा विद्यार्थीहरुले पानी तताउने सोलार हिटर,गोबर ग्यास,हाईड्रोपावर प्रोजेक्ट,धान तथा गहँु काट्ने मेसिन,विद्युत्बाट चल्ने मान्छे रोर्बट, एक सय मिटर टाढासम्म सुनिने एफ एम स्टेशन, भूकम्प नाप्ने यन्त्र सिस्मोग्राफ,र रिमोटबाट चल्ने क्रेनलगायतका सामग्रीहरु बनाई आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनीमा रुपन्देही जिल्लाभरिका २५ भन्दा बढी विद्यालयहरु सहभागी भएको भए पनि सरकारी स्कूलबाट भने एउटा विद्यालयको मात्र सहभागि रहेको छ ।
सरकारी स्कुलकोतर्फबाट देवदह माबि देवदह ८ का कक्षा १० मा अध्यनरत धनपति पाण्डेले मात्रै सहभागिता जनाएका छन् । अन्य स्कुलहरुबाट सामुहिक रुपमा थुप्रै विद्यार्थीहरु सहभागी भई प्रतिभा प्रदर्शन गरिरहँदा सरकारी स्कुलबाट एक्लै सहभागिता जनाएका उनले भने आफूलाई एक्लो महसुस गरेकोजस्तो देखिन्थे । सरकारी स्कुलमा अध्यन्रत भएपनि उनको प्रतिभा बोर्डिङ स्कुलका विद्यार्थीहरुको भन्दा कम थिएन ।अन्य बोर्डिङ स्कुलका विद्यार्थीहरु दर्शकहरुलाई आफ्नो प्रतिभातर्फ आकषिर्त गर्न व्यस्त थिए तर उनी भने आफ्नै सुरमा थिए । उनले रिमोटबाट चल्ने सानो रुपको रोर्बट क्रेन बनाई प्रदर्शनीमा राखेका छन् । यसो हेर्दा सामान्य किसिमको जस्तो देखिने उनको त्यो क्रेनलाई रिमोर्टको माध्यमबाट वास्तविक क्रेनकोजस्तै गरी चलाउन सकिन्छ । उनले उक्त क्रेन तीन महिना लामो समय खर्च गरेको निमार्ण गरेको बताए । सामान्य काठको टुक्रा, विद्युतीय मोटर र अन्य सामग्रीहरु जोडेर बनाइएको उक्त क्रेन बनाउनको लागि एक हजार पांच सयभन्दा बढी रकम खर्च गर्नुपरेको उनले बताए ।
प्रयाप्त सामग्रीहरु उपलब्ध भएमा उक्त त्रेनलाई ठूलो रुपमा परिणत गरेर ठूलाठूला सामानहरु पनि उठाउन मिल्ने क्रेन बनाउने खुवी आफूमा रहेको उनको दावी छ । क्रेनजस्ता अरु थुपै्र विज्ञानका सामग्रीहरु बनाउने सिप आफूमा रहेको उनले बताए । तर आर्थिक अभावका कारण आफ्नो प्रतिभा अझ राम्रो तरिकाले प्रस्तुत् गर्न नपाएको गुनासो उनले गरे । त्यस्तै सिद्धार्थ ईंलिस बोर्डिङ स्कुलका विद्यार्थी प्रदीप श्रेष्ठ र भरत गलामीले भने भूकम्प नाप्ने यन्त्र बनाई प्रदर्शनीमा राखेका छन् । आफूहरुले उक्त यन्त्रले भूकम्प गएको समयमा कति रेक्टरको भूकम्प गयो भन्ने सजिलै नाप्न सकिने उनीहरुले दावी गरे ।
प्रदीप र भरतजस्तै अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थी कृष्ण भण्डारीले एक सय मिटर टाढासम्म सुन्न सकिने एफ एम स्टेशन निमार्ण गरी प्रर्दशनीमा राखेका छन् । डन चिल्ड्रेन एकेडेमीका विद्यार्थी सागर भण्डारी र आशिष पाठकले नयाँ प्रविधिको धान तथा गहुँ काट्ने मेसिन बनाएर प्रदर्शन गरेका छन् । प्रदर्शनीमा एभरेष्ट बोर्डिङ स्कुल, दीप बोर्डिङ स्कुल लगायतका विद्यालयहरुका विद्यार्थीहरुको प्रतिभा देख्न पाइन्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


प्रबिधिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu