स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

पर्वतमा स्वाइन फ्लू भएको पुष्टि

हाइअलर्टमा रहन आग्रह

विजय नेपाल पोखरा, २० कात्तिक

पर्वत जिल्लाको सदरमुकाम कुस्मामा डेढ सातादेखि फैलिएको महामारी रुघाखोकी र ज्वरो स्वाइन फ्लू भएको पुष्टि भएको छ। गत कात्तिक १० गतेदेखि रुघाखोकी र ज्वरोबाट प्रभावित बनेका विरामीहरु बढ्दै गएपछि खकारको नमूना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूमा पठाइएकोमा सो रोग स्वाइन फ्ल्यू भएको पुष्टि भएको हो।
रुघाखोकी र ज्वरोबाट प्रभावितहरुमध्ये १२ जनाको थ्रोट स्वाब अर्थात् खकार र र्र्याल संकलन गरी पठाइएकोमा ७२ घण्टापछिको परीक्षणका क्रममा उनीहरुमध्ये नौ जनामा स्वाइन फ्ल्यू भेटिएको खबर आएको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।
पर्वतसँगै छिमेकी जिल्लाहरुमा दशदिनको अवधिमा रुघाखोकी र ज्वरोका झण्डै तीन हजार बढी बिरामीहरु उपचारका लागि अस्पताल एवं निजी क्लीनिकहरुमा आएको उनले बताए।

जिल्लामा स्वाइनफ्लू भेटिएको खबर आएपछि उच्चसतर्कता अपनाइएको छ। स्वास्थ्य सेवा विभागबाटसमेत हाई अलर्टमा रहन आग्रह गरिएको छ। आज दिउँसो पनि जिल्लाका सरोकारवाला निकायहरुबीच छलफल गरिने र दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी थप जानकारी दिइने बताइएको छ।

पर्वतमा तीनदिनको अवधिमध्ये १७ गते १ सय ६६ जना, १८ गते ९९ जना र १९ गते हिजोमात्रै ७८ जना रुघाखोकी तथा ज्वरोका बिरामीहरु उपचारार्थ अस्पताल आएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका र्यापिड रेस्पोन्स फोकल पर्सन गोपाल आचार्यले बताए। उनका अनुसार परीक्षणका क्रममा स्वाइनफ्ल्यू भेटिएका भनिएका नौ जना बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य छ।

कुष्मास्थित शिवालय नमूना उच्च माविका सात विद्यार्थी र नयाँ भैरवी दल गुल्मका पाँचजना सैनिक जवान गरी १२ जनाको खकार तथा र्याल परीक्षणका लागि पठाइएको थियो।

अधिकांश विद्यार्थीहरुमा यसप्रकारको रोगको लक्षण देखा परेपछि सातादिनदेखि पर्वतका विद्यालयहरु बन्द छन् भने बाग्लुङ्मा समेत बुधबार बसेको प्याब्सन र एनप्याब्सनको बैठकले आइतबारसम्म जिल्लामा विद्यालय बन्द रहने सूचना जारी गरेको छ।

स्वाइन फ्लूको लक्षणहरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, घाँटी दुख्ने गर्दछ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाजमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu