स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

परिवर्तनका लागि अपांगताबारे छलफल

विवेक खड्का दाङ,२० कार्तिक

परिवर्तनका लागि अपाङ्गता भएका व्यक्तीहरुको वकालतका विषयमा घोराहीमा छलफल भएको छ। छलफलमा दाङ्ग,बाँके, बर्दिया, कैलाली, डडेलधुरा, सुर्खेतका अपाङ्गता भएका व्यक्तीहरुको सहभागीता थियो।
छलफलमा अपाङ्गताको मानवअधिकार, अपाङ्गता भएका व्यक्तीहरूको मानवअधिकार संरक्षणका लागी मानवअधिकार रक्षकहरुको भूमिका , अधिकार सम्बन्धि वकालतका विषयमा छलफल गरिएको थियो।
छलफलको सहजिकरण नेपाल अपाङ्ग मानवअधिकार केन्द्र काठमाण्डौका वरिष्ठ सल्लाहकार सुदर्शन सुवदीले गर्नु भएको थियो। छलफलमा विभिन्न जिल्लाबाट सभहभागी भएका अपाङ्गता भएका व्यक्तीहरुले जिल्लामा भइरहेका गतिविधि एवं समस्याका विषयमा जानकारी गराएका थिए।
छलफलमा गाविसको बजेट परिचालन, शिक्षा स्वास्थ्य,रोजगारीका क्षत्रमा अपाङ्गता भएका व्यक्तीहरुको सहभागीता, सामुदायिक वनहरूमा भएको श्रोत परिचालन, स्थानीय तहमा हुने विभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रमा हुने कार्यक्रममा अपाङ्गता भएका व्यक्तीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको थियो।
त्यस अवसरमा ३ डिसेम्बर अर्थात अन्तराष्ट्रिय अपाङ्ग दिवसमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाइ बुझाउने अपाङ्गता भएका व्यक्तीहरुको वकालत नीतिपत्रका विषयमा पनि छलफल भएको थियो।
विभिन्न जिल्लाबाट दाङ्गमा भेला भएका अपाङ्गहरुले सरकारलाइ वुझाउने नीतिपत्रको भूमिका,उद्देश्य ,क्रियाकलाप, क्षमता विकासलगाएतका विषयमा छलफल गरीएको थियो।
कार्यक्रमा अपाङ्गता भएका व्यक्तीहरुको अधिकार प्रबर्धन प्राप्तीका लागि संयुक्त राष्ट्र संघबाट सन २००१मा दर्ता भएको महासंधिका विषयमा छलफल व्यापक छलफल भएको थियो।
त्यस छलफलमा महासन्धीका मुख्य उद्देश्य, प्रमुख सिद्धान्त, महासन्धी अनुमोदन भएमा अपाङ्गता भएका व्यक्तीहरुलाई एवं राष्ट्रलाई हुने फाइदाका विषयमा पनि छलफल भएको थियो।
नेपाल अपाङ्ग मानवअधिकार केन्द्र काठमाडौंका अध्यक्ष जगदीशप्रसाद अधिकारीको सभापतित्व एवं जिल्ला विकास समिति दाङ्गका योजना अधिकृत तोयानारायण सुवेदीको प्रमुख आतिथ्यमा भएको छलफल समापनका अवसरमा बोल्ने वक्ताहरुले सूचनाको अभावमा अपाङ्गता भएका व्यक्तीहरुले सुविधा प्राप्त गर्न नसेको भन्दै राज्यका हरेक निकाएमा उनीहरुको सहभागीत्ाामा जोड दिनु पर्ने बताएका थिए। कार्यक्रमका प्रमुख अतिथी तोयानारायण सुवेदीले अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका लागि जिल्ला विकास समिति दाङ्गले हर क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष जस्तै अपाङ्गताको क्षेत्रमा दाङ्गमा यो वर्ष पनि वजेट विनियोजन गरिएको जानकारी दिनु भयो।
कार्यक्रममा अपाङ्ग मानवअधिकार केन्द्रका वरीष्ठ सल्लाहकार सुदर्शन सुवेदी,अपाङ्ग मानअव अधिकार एवं सरोकार मञ्च दाङ्गका अध्यक्ष चिन्तामणि पौडेल, महासचिव विवेक खड्का,अपाङ्ग नव जीवन केन्द्र वाकेका मोहन थापा, नेपाल पत्रकार महासंघका हुमप्रसाद बस्याल,अपाङ्ग महिला सशक्तिकरण केन्द्रकी इन्दीरा विष्ट लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो।


http://sarokar.com.np/




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ