स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

करिमाको चुरा लगाएको माकुने सरकार

मन्त्री र मन्त्रीका लोग्नेले जेसुकै गर्न पाउनु पर्छ । खुलेआम तस्करी गर्न पाउनु पर्छ अवैध रक्सि भट्टी वेश्यालय र जुवाघर चलाउन पाउनु पर्छ । त्यसो गर्दा प्रहरी प्रशासनले सुरक्षा दिनु पर्छ ।

अग्निपुत्र

कि बा हालचाल ठीक बा ? कौन माइका लाल छ रे करिमाको आँख दिखाउने ? उ प्रधानमन्त्री त फेटा गुथेको छ रे धोतीको । कारवाही कुन चराकव नाम छ रे । दिखलाइ दिन्छु बाप को शादी । चिनेको छैन करिमाको वीरगञ्ज हिलाएं रक्सौल हिलाएं । अब माधव नेपालको कुर्सी हिलाइ दिन्छु
करिमा बेगमले यसो भनेर कुर्लीदा भीम रावल विशेष सुरक्षा योजनाको दुहाइ दिदै थिए । विचरा माधव नेपाल लुसुक्क पछाडि लाग्या होलान उनलाई करिमा बेगमले आफ्नो कुर्सी चट पारिदेली भन्ने डर छ । विजय गच्छेदारले बिर्सेका छैनन पार्टीको बैठकमै करिमाको भोजपुरीमा गाली । मुलुकमा नीतिनियम कानुनको खुल्ला उपहास भएको छ । थप्पड खाने सीडीयोलाई बोलाएर भीम रावलले मुद्दा अब अघी नबडाउ भनेर थर्काएछन । सीडीयो त कर्मचारी लुरुक्क गृह मन्त्रालयमा हाजिर भएर जागिर खांदैछन ।
अब बन्ने संविधान नयाँ व्याख्या गर्नुपर्छ मन्त्री भनेको महान हो। उसले उच्चस्तरीय कर्मचारीलाई पनि थप्पड हान्न पाउछ र पाउने उसको अधिकार हो। उ त मन्त्री पो त। पढेर लोकसेवा पास गरेको निरिह कर्मचारी हैन । तसर्थ मन्त्री र मन्त्रीका लोग्नेले जेसुकै गर्न पाउनु पर्छ । खुलेआम तस्करी गर्न पाउनु पर्छ अवैध रक्सि भट्टी वेश्यालय र जुवाघर चलाउन पाउनु पर्छ । त्यसो गर्दा प्रहरी प्रशासनले सुरक्षा दिनु पर्छ । कम्तिमा डीएसपी अथवा मेजर तहका बाउन्सर राख्न पाउनु पर्छ । माधव नेपाल विजय गच्छदार र भीम रावलले आजै यो प्रस्ताव तयार पारेर संविधानसभामा पठाउनु पर्छ । संविधानसभाले यसलाई सर्वसम्मत पारित गर्नुपर्छ । तब न माकुने सरकारको सफलता ठहर्छ ।
त्यसो त माकुने सरकार आफैंमा तेश्रो लीङ्गी भएको सावित भईसकेको छ । जनतालाई शान्ती सुरक्षा दिने निकायको प्रमुख माथी खुलेआम आक्रमण हुंदा गृह मन्त्री भिम रावल निर्लज्ज भएर करिमा बेगमसंग स्वाद मानिमानि खांदै थिए । पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरिसक्दा पनि काठमाण्डूमा बसेका प्रहरीका हाकीमहरु हामीलाई आदेशै आ छैन भन्दैछन । उनीहरु त भिम रावल नजिकै बसेर भात खाई रहेको करिमालाई स्यालुट ठोक्छन ।
कर्मचारीहरुको आन्दोलन पनि बिना अर्थ तुहिएको छ । चुपचाप जागिर खाइरहेका छन । शायद उनीहरु करिमाको अर्को झापड पर्खिरहेका होलान ।


अग्निपुत्र




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


विचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu