स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

चरकमा पनि डायलाइसिस सेवा सुरु

पोखरा, १ मंसिर (दैनिकी)

पोखरास्थित चरक हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिले आजदेखि डायलाइसिस सेवा सुरु गरेको छ । डायलाइसिस एक आधुनिक प्रविधि हो जसले मृगौला रोगीहरुको रगत शुद्धिकरण वा शरीरमा बढी भएको पानीको मात्रा निकालिन्छ । पोखरामा मणिपाल शिक्षण अस्पतालपछि यस अस्पतालमा मात्र यो सेवा सुरु भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दुईवटा मेसिनको साथमा हेमोडाइलाइसिस सुरु गरिएकोमा आगामी दिनमा थप मेसिनहरु पनि थपिने जनाइएको छ । मेसिनसहित आवश्यक प्रविधिका लागि जापानबाट झण्डै ६० लाख रुपैयाको लागतमा दुई मेसिन भित्राइएको अस्पतालका डा. बद्री पौडेलले जनाए ।
प्राकृतिक मृगौलाले पूर्णरुपमा काम गर्न नसकेमा उपचारका लागि डाइलाइसिस र मृगौला प्रत्यारोपण दुईवटा विकल्प हुन्छन् । तीमध्ये डाइलाइसिसमध्ये हेमोडाइलाइसिस र पेरिटोनियल हुन् ।
पेरिटानियल पुरानो र त्यत्ति प्रभावकारी नभएकोले हाल हेमोडाइलाइसिस प्रचलनमा छन् । यसमा कृत्रिम मृगौलाको सहायताले फोहोर पानी निकालिन्छ । हप्तामा बढीमा तीन पटक गर्नुपर्ने यो उपचारमा बढीमा चार घण्टा लाग्छ । नियमित डाइलाइसिसका लागि चरकमा दुई हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।
प्रस्तावित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिमा हाल तीन सय शैश्या छन् । तीनवर्षभित्र लेखनाथमा सात सय शैया क्षमताको अस्पताल बनाउने लक्ष्य लिएको यो मेडिकल पश्चिमाञ्चलमै सबैभन्दा ठूलो अस्पतालको रुपमा विकसित हुँदैछ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ