स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सहमति खोज्दै माओवादी

नयाँ पत्रिकाबाट

काठमाडौं, २९ कात्तिक

एकीकृत माओवादीले राजनीतिक सहमतिका लागि ५ मंसिरसम्म अधिकतम प्रयास गर्ने निर्णय लिएको छ । आन्दोलनको समीक्षा, पछिल्लो राजनीतिक अवस्था, राजनीतिक गतिरोध अन्त्यको उपाय र पार्टीको भावी कदमबारे छलफल गर्न बसेको एकीकृत माओवादीको केन्द्रीय पदाधिकारीको बैठकले वार्ताका माध्यमबाट समस्याको निकास निकाल्न आफ्नो ठाउँबाट प्रयत्न कायम राख्नेसमेत निर्णय लिएको छ ।

'दलहरूसँग कसरी कुराकानी गर्ने भन्ने विषयमा छलफल भयो, ५ मंसिरसम्म सहमतिका लागि हाम्रोतर्फबाट कोसिस जारी रहन्छ,' बैठकपछि संवाददातासँग छोटो प्रतिक्रियामा अध्यक्ष प्रचण्डले भने । प्रचण्डले आफ्नो पार्टीले ५ मंसिरसम्ममा सहमति बन्ने विश्वास लिएको पनि बताए ।

बैठकले नागरिक सर्वोच्चता बहाली तथा सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने माग राख्दै चलाएको दोस्रो चरणको आन्दोलन सफल भएको ठहर गरेको छ । १५ कात्तिकबाट सुरु भएको माओवादीको दुई साता लामो दोस्रो चरणको आन्दोलन २७ कात्तिकमा सकिएको थियो ।

आइतबार दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारीको बैठकले शान्तिपूर्ण आन्दोलनमा सरकारले हस्तक्षेप गरी आफ्ना नेता तथा कार्यकर्तालाई घाइते बनाएको भन्दै घटनाको भत्र्सना गरेको छ ।

दोस्रो चरणको आन्दोलन समापनमा माओवादीले ५ मंसिरसम्म आफ्ना माग सम्बोधन गर्न अल्टिमेटम दिएको थियो । अल्टिमेटमभित्र माग पूरा नभए तेस्रो चरणको कडा आन्दोलन गर्ने उसले चेतावनी दिएको थियो । तेस्रो चरणमा आमहड्तालसम्म गरिने प्रचण्डले समापन मन्तव्यमा भनेका थिए ।

बैठकमा भावी कदमका बारे पनि छलफल भएको छ । अल्टिमेटमअगावै सहमति निर्माणका लागि आफ्नातर्फबाट अधिकतम प्रयत्न गर्ने भन्दै माओवादी नेताहरूले राजनीतिक भेटघाटसमेत सुरु गरेका छन् । शनिबार मात्र माओवादी अध्यक्ष प्रचण्डले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेट गरेका थिए भने अर्का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेट गरी राजनीतिक निकासबारे छलफल गरेका थिए ।

नागरिक सर्वोच्चताको बहाली तथा र राष्ट्रपतिले सेनापति प्रकरणमा चालेको असंवैधानिक कमद सच्चिनुपर्ने माग राख्दै माओवादी विगत ६ महिनादेखि सडक र सदन संघर्ष गर्दै आएको छ ।

सहमतिका लागि वार्ता गरिए पनि राजनीतिक दलहरूबीच सेनापति प्रकरणमा मतभेद कायम छ । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमका बारेमा संसद्मा छलफल हुनुपर्ने माग राख्दै माओवादीले २२ साउनदेखि सदनसमेत अबरुद्ध पार्दै आएको छ । माओवादीले यसबाहेक अरू दुई विकल्पबाट समेत यो मुद्दाको हल गर्न सकिने प्रस्ताव अगाडि सारेको छ ।

'राष्ट्रपतिको असंवैधानिक कदमका विषयमा संसद्मा छलफल हुन दिए, राष्ट्रपतिले गल्ती स्विकार्दै सार्वजनिक सम्बोधन गरे वा साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको कदम गलत थियो भनेर स्पष्ट किटान गरे समस्याको हल हुन सक्ने' माओवादी भनाइ छ ।

घाइतेको उपचार हुँदै

सिंहदरबार घेराउका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते कार्यकर्ताको उपचार भइरहेको माओवादीले जनाएको छ । सिंहदरबार दक्षिणगेटमा प्रहरीको लाठी प्रहारबाट घाइते माओवादी स्थायी समिति सदस्य तथा संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालका उपाध्यक्ष अमिक शेरचनको जनमैत्री अस्पतालमा उपचार भइरहेको छ ।

संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा आइतबार चिकित्सकलाई उद्धृत गर्दै जारी विज्ञप्तिमा नेता शेरचनको छातीको बायाँपट्टकिो करङ टुटेको, दायाँ हात, टाउको र आँखामा चोट लागेको उल्लेख छ । अन्य घाइते अस्पतालबाट डिस्चार्ज भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रचण्ड-करिन भेट

नेपालको शान्तिप्रक्रियाबारे राष्ट्रसंघीय मिसन अनमिनप्रमुख करिन ल्यान ग्रेनले एकीकृत माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेकी छिन् ।

आइतबार बिहान प्रचण्डनिवास नयाँबजार पुगेकी अनमिनप्रमुख ल्यान ग्रेनले शान्तिप्रक्रिया, सेना समायोजन र राजनीतिक गतिरोध अन्त्यका प्रयासबारे छलफल गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा भाग लिई केही दिनअघि मात्र नेपाल फर्केकी ल्यान ग्रेनले माओवादी आन्दोलनबारे चासो व्यक्त गरेकी थिइन् । अध्यक्ष प्रचण्डले आन्दोलन शान्तिपूर्ण रहेको स्पष्ट गरेका थिए ।

यसअघि, राष्ट्रसंघीय सुरक्षापरिषद् बैठकमा भाग लिन न्युयोर्क प्रस्थान गर्नुअघिसमेत कात्तिक पहिलो साता अनमिनप्रमुख ल्यान ग्रेनले राजनीतिक दलका नेतासँग परामर्श गरेकी थिइन् ।

अल्टिमेटम नसकिँदै निकास’

काठमाडौं/ एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सहमतिबाटै राजनीतिक गतिरोध अन्त्य हुने दाबी गरेका छन् । उनले माओवादीले दिएको अल्टिमेटमअघि नै निकास निस्कने बताए । साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको कदमबारे कुनै न कुनै रूपमा सम्बोधन भए तत्कालीन राजनीतिक गतिरोधले निकास पाउने प्रकाशले स्पष्ट गरे ।

'साझा संकल्प प्रस्तावमा राष्ट्रपतिको कदमबारे कुनै न कुनै रूपमा सम्बोधन गर्नु तत्कालीन निकास हो,' आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले भने, 'तत्कालीन गतिरोध हटेपछि संविधान निर्माण र शान्तिप्रक्रिया पूरा गर्ने ऐतिहासिक कार्यभारका लागि राष्ट्रिय सरकार गठन गर्ने विषयमा छलफल चलाउन सकिन्छ ।' सहमतिबाटै समाधान खोज्न आफूहरूले प्रधानमन्त्री र सत्तामा सहभागी दलका नेतासँग छलफल गरिरहेको उनले जानकारी दिए । 'तत्कालीन निकास निकाल्न र संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न मुख्य राजनीतिक दलबीच सहमति गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई गम्भीर पाएको छु,' श्रेष्ठले भने । सहमतिबाटै निकासका लागि २/३ दिन घनिभूत छलफल चलाउने उनको भनाइ थियो । उपाध्यक्ष श्रेष्ठले आफ्नो अल्टिमेटमअगाडि नै तत्कालीन निकासको प्रयासले पूर्णता पाउने आशा व्यक्त गरे । '५ मंसिरअघि नै तत्कालीन निकासको प्रयासले पूर्णता पाउनेमा आशावादी छौं,' श्रेष्ठले भने, 'तर, सहमति हुन्छ नै भन्नेमा ढुक्क भने छैनौँ ।'

उपाध्यक्ष श्रेष्ठले आफूसँगको भेटमा एमाले अध्यक्ष झलनाथ खनाल राष्ट्रिय सरकार गठनमा सकारात्मक रहेको दाबी गरे । उनले कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पनि गतिरोध अन्त्य गरी अन्य विषयमा छलफल गर्न तयार रहेको जानकारी दिए । 'झलनाथजी राष्ट्रिय सरकारको गठनकै विषयमा पनि सकारात्मक हुनुहुन्छ, रामचन्द्रजीले संसद् सुचारु गर्ने विषयमा तत्कालीन सहमति गरौँ, बाँकी विषयमा छलफल गर्दै गरौँला भन्नुभएको छ,' श्रेष्ठले भने । बजेट पारित हुन नसकेको प्रति आफ्नो पार्टीको पनि ध्यानाकर्षण भएको उनले बताए । 'बजेटप्रति हाम्रो पनि ध्यानाकर्षण भएको छ, तर मुख्य दायित्व सत्ता पक्षको हो,' उनले भने ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ