स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

´जर्वजस्तीको आग्रह समेत आयो´

कान्तिपुरबाट साभार

काठमाडौ, २०६६ १ मंसिर

सभामुख सुवास नेम्वाङले संसद खोल्न 'जर्वजस्ती' र 'विकल्पहरु सोच्न 'का लागि आफूलाई आग्रह गरिएको जानकारी दिदै दलहरुलाई एक ठाउँमा ल्याउनुबाहेक आफूले अर्को विकल्पबारे सोच्नसम्म नसकेको बताएका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपालसँग सोमबार विहान भएको भेटघाटबारे संचारकर्मीलाई जानकारी दिदै उनले दलहरुलाई एकजुट बनाउनुबाहेक अर्को विकल्प नभएको बताए । तर उनले त्यस्तो आग्रह कसले गरे भन्ने खुलाएनन् ।

'जर्वजस्तीका र विकल्पका आग्रह पनि (संसद खोल्न) आए', संसदले जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि संविधान, नियम र सकरात्मक राम्रा अभ्यासलाई हेरेर अघि बढ्नुपर्ने बताउदै उनले भने, 'कुनै पनि अवस्थामा दलहरुलाई एक ठाउँमा राख्ने बाहेक अन्यथा मेरो भूमिका हुँदैन । यो कुरालाई म कहिल्यै विर्सन्न । यसमा म अडिग र अविचलित छु ।'

प्रधानमन्त्रीले समेत संसद सुचारु गर्न दलहरुसँग निरन्तर वार्ता र सम्पर्कमा रहेको आफूलाई जानकारी गराएको बताउदै नेम्वाङले वार्ता-छलफल मार्फत गतिरोधलाई सकरात्मक टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको बताए ।

उनले आफूले माओवादीका बरिष्ठ नेता, अर्थमन्त्री, दलका प्रमुख सचेतकहरुसँग भएको कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए ।

नेम्वाङले आफूले पटक-पटक दलहरुबीचको संवादहीनतालाई तोडेर वार्ता गराएको चर्चा गर्दै भने, 'दसै अघिको वार्ता पनि मेरै प्रयासमा भएको हो ।'


'गतिरोध टुंग्याउनुपर्छ'

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सिंगापुरबाट फर्केपछि राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन् । एमाले नेता केपी ओलीसँगको टेलिफोन वार्तामा उनले गतिरोध लम्ब्याउनु नहुने बताएको श्रोतहरुले बताएका छन् ।

'तपाईहरु यहाँ छलफल गर्दै गर्नुस ।' दाहालले ओलीसँगको टेलिफोन वार्तामा भने, 'म सिंगापुरबाट पर्सी फर्केपछि गतिरोध टुंग्याउनुपर्छ ।'

सभामुख सुवासचन्द्र नेम्वाङले सदन गतिरोध खोल्नेबारे ओलीसँग छलफल गरिरहदा दाहालसँग टेलिफोन वार्ता गराएका थिए । यसअघि विहान नेम्वाङले प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा दाहालसँग टेलिफोन वार्ता गराउन प्रयास गरेपनि उनको कार्यव्यस्तताको कारण सफल हुन सकेको थिएन ।

नेताहरुसँगको भेटपछि नेम्वाङले समेत ५ गतेभित्र सदन सुचारु हुने विश्वास व्यक्त गरेका छन् । माओवादी नेतृत्वले पनि संसद सुचारु गर्दा आफूहरुको मागमा सुनुवाइ नहुने आशंका व्यक्त गरेकाले विश्वासको बातावरण बने संसद चाँडै सुचारु हुने सभामुखले विश्वास व्यक्त गरेका हुन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ