स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

कहाँ गए तपस्वी ?

नँया पत्रिकाबाट

काठमाडौं, ५ मंसिर

पशुबलि रोक्नका लागि पहल गर्न ५ मंसिरमा गढीमाई जाने तयारी गरेका चर्चित तपस्वी रामबहादुर बम्जनको अवस्था अज्ञात बनेको छ । गढीमाई मेला जाने क्रममा बम्जनले बिहीबार साँझ ६ बजे तपस्यास्थल हलखोरियाको जंगल छाडे पनि अहिलेसम्म मन्दिर पुगेका छैनन् ।

नेपाल राष्ट्रिय तामाङ महासंघले गत मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा र जिल्लास्थित तामाङ संघसंस्थाले पर्चा-पम्पप्लेटमार्फत तपस्वी मंसिर ५ गते गढीमाई जाने जानकारी गराएका थिए । जिल्लाको बरियारपुर गाविसस्थित गढीमाई मेलामा बलि रोक्न जान्छु भनेर तपस्यास्थल छोडेपछि तपस्वीको अवस्था अज्ञात रहेको नमोबुद्ध तपोवन संरक्षण समितिका सचिव एकानन कुँवरले बताए ।

'सम्पर्कबाहिर रहेकाले तपस्वीको अवस्थाबारेमा समितिका सदस्यहरूलाई समेत जानकारी छैन,' उनले भने । बम्जनले पशुबलि रोक्न गढीमाईमा जाने बताएपछि संरक्षण समितिले बम्जनको सुरक्षाको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय कलैयामा पत्राचारसमेत गरेको थियो ।

'जसरी पनि आउनुहुन्छ भनेका थिए । तर, शुक्रबार साँझसम्म तपस्वी मेलास्थलमा देखिनुभएको छैन,' बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले भने । बम्जनको अवस्थाबारेमा प्रहरी प्रशासनलाई समेत पत्तो नभएको उनले बताए । प्रजिअ गौतमका अनुसार मंसिर ५ गते गढीमाई मन्दिरमा बम्जनको सुरक्षाका लागि समितिले केही दिनअघि लिखित निवेदन दिएको थियो । 'आवश्यकता महसुस हुनु स्वाभाविक हो, त्यसैले विशेष सतर्कताचाहिँ अपनाइएको थियो,' प्रजिअ गौतमले भने ।

निवेदन बुझाउन आएलगत्तै उनले तपोवन समितिका सचिवलाई तपस्वी बम्जन कसरी आउने र कतिबेला आउने बताइदिन आग्रह गरेका थिए ।

'गुरु ५ गते गढीमाई आउने पक्का हो, अन्य कुरा मलाई पनि थाहा छैन,' सचिवको भनाइ उद्धृत गर्दै प्रजिअ गौतमले भने ।

यसअघि तपस्वी बम्जन मन्दिर क्षेत्रमा आए प्रहरीको कडा सुरक्षा घेराभित्र राखिने जिल्लास्थित सुरक्षा निकायले बताउँदै आएका थिए । मेलामा तपस्वी आउने सूचना पाएपछि मन्दिरपरिसर र नजिकका गाविसहरूमा प्रहरीले सुरक्षा व्यवस्था कडा परेको छ । तपस्वी र मेला क्षेत्रको सुरक्षाका लागि दुईवटा बेसक्याम्प स्थापना गरेर एक हजार दुई सय प्रहरी परिचालन गरिएको छ । प्रहरीले गढीमाई मन्दिरको बधशाला क्षेत्रमा विशेष निगरानी राखेको छ । तपस्वी बम्जनले बधशालाको मूलढोकामा नै आसन जमाउने बताइएको थियो ।

तपोवन संरक्षण समितिले भने तपस्वी जसरी पनि मेलामा पुग्ने र बलि रोक्ने दाबी गरिरहेको छ ।

'सम्पर्कबाहिर भए पनि तपस्वीले दुई दिनभित्र आफ्नो शक्ति देखाउनुहुनेछ,' समितिका सदस्य राजकुमार साहले भने । तपस्वीले देखाउने भनिएको शक्तिको बारेमा भने साहले थप कुरा बताउन चाहेनन् ।

गढीमाई मेला समितिका सचिव मोलीलाल कुशवाहाले भने तपस्वी मन्दिर आए स्वागत गरिने, तर बलि नरोकिने बताए ।

मेला हेर्न आएका दुई भारतीयसहित तीनजनाको मदिरा सेवनबाट मृत्यु

गढीमाईमा मेला भर्न आएका दुई भारतीय नागरिकसहित तीनजनाको विषाक्त मदिरा सेवनबाट शुक्रबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारीका लल्लु साह महतो, हरि महतो र बारा बरियारपुर-२ का छोटेलाल साह रहेका छन् । बरियारपुर गाविसका व्यापारी नेमीलाल साहको पसलमा मदिरा सेवन गरेपछि बिहीबार राति बिरामी परेका साहका भाइ छोटेलालको जिल्ला अस्पताल कलैया र दुईको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रम मृत्यु भएको हो । सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प गढीमाईका प्रहरी नायब उपरीक्षक जेएन श्रेष्ठले तीनैजनाको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको पुष्टि गरे ।

घटनापछि प्रहरीले साहको पसलमा दिउँसो छापा मारेर कामदार धुमली साहलाई पक्राउ गरी पसलमा रहेको सबै मदिरा जफत गरेको छ । मेला व्यवस्थापन समितिले गढीमाई क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ