स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सहमतिको विकल्प छैन : सञ्चारमन्त्री पोखरेल

विजय नेपाल पोखरा, ०६ मंसिर

सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले एकीकृत नेकपा माओवादीले जतिसुकै ठूलो आन्दोलन गरे पनि सहमतिको विकल्प नभएको बताएका छन्। उनले सहमतिका आधारमा संसदबाट बजेट पास नभए, अन्य विकल्पमार्फत् बजेट पारिने बताए। कुनै पनि समस्या समाधानका लागि सहमति र सहकार्यको विकल्प नभएको दोहोर्याउँदै सरकार प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले भने, “माओवादी र अन्य दलहरुबीचको टकराव प्रष्ट नभएको कारण विद्यमान संकट उत्पन्न भएको हो। साप्ताहिक–पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल, अन्तर्गत प्रकाशक /सम्पादकहरुको पश्चिमाञ्चल क्षेत्रीय समितिको आज पोखरामा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
माओवादीले संसदलाई बन्धक बनाउँदा देश आर्थिक संकटमा फँस्ने अवस्थामा पुगिसकेको हुँदा आर्थिक संकटबाट मुक्त गराउन बजेट पास गर्ने विकल्प खोज्न सरकार बाध्य हुने उनले प्रष्ट पारे।
सहमतिका लागि दुबै पक्षह गरेर जनतालाई दुःख दिदैमा समस्याको समाधान हुँदैन। कार्यक्रममा साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष देवप्रसाद त्रिपाठीले सरकारले हरेक पत्रिकालाई समानुपातिक विज्ञापन वितरण नगरेसम्म साप्ताहिक पाक्षिक पत्रिकाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने बताए। नेपाल प्रेस काउन्सिलका अध्यक्ष नारायण शर्माले साप्ताहिक पत्रिकाहरु पार्टीको मुख पत्र भएको हुँदा स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिए। उनले दयाका आधारमा सरकारसँग विज्ञापन माग्न नहुने बताए। कार्यक्रममा मेची महाकाली मिडिया सोसाइटीका केन्द्रीय अध्यक्ष माधव शर्माले सरकारले मोफसलका पत्रिकालाई समानुपातिक तवरबाट विज्ञापन नदिएको गुनासो गरे।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द आचार्यले सहमति, शान्ति स्थापना र संविधान निर्माणका लागि दलहरुलाई पत्रकारहरुले दबाव दिनुपर्ने बताए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ