स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

कफि खेतीमा कृषकको आक्रर्षण बढ्दो

प्रकाश डोटेल स्याङ्जा–१० मंसिर

स्याङ्जा जिल्लाका कृषकहरु कफि खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। बैदेशिक रोजगारमा यहाँका युवाहरु विदेश तर्फ भौतारिए पनि मेहनत गरेमा यहि माटोमा समेत लाखौ आम्दानी गर्न सफल हुन्छ भन्ने यहाँका कृषकहरुले उदाहरण समेत प्रस्तुत गरेका छन्।
स्याङ्जामा उत्पादीत कफि अमेरिका, जापान तथा कोरिया निर्यात हुदै आएको छ। नेपालमै स्वादिलो कफि भएका कारण अमेरिका, जापान र कोरियाका नागरिकले नेपाली कफिको मागलाई बढाएका छन्। जिल्लाका २ नगरपालिका र ६० गाउं विकास समिति मध्ये पुतलीबजार र वालिङ् नगरपालिका तथा २८ गाउं विकास समितिमा कफीको बढि मात्रामा उत्पादन हुने गरेको छ।
बजारको सुनिश्चित भएपछि कफी खेतीमा कृषकको आकर्षण बढेको हो। गत वर्षको तुलनामा यस वर्ष कफी खेती र उत्पादनमा करिव १० प्रतिशतले बढेको छ। हालसम्म जिल्लामा करिव ३ लाख कफी विरुवा रोपण गरिएको छ।
कफी खेतीबाट वर्षमा मात्रै करिव ५ लाखको हाराहारीमा आम्दानी गर्न सफल भएका पुतलीबजार नगरपालिका– १३, मायाटारीका बोधराज अर्यालले बताउनुभयो। कृषक अर्यालले लामो समयदेखि कफी, सुन्तला खेती गर्दै आउनु भएको छ। व्यक्तिगत रुपमा अर्यालले ५० रोपनी जग्गामा कफी र सुन्तला खेती गर्नुभएको छ।
जिल्लाका कृषकले यस वर्ष कफी विक्रीबाट करिव १ करोड आम्दानी गर्ने छन्। गत वर्षमात्रै कृषकहरुले करिव ६० लाख आम्दानी गर्न सफल भएका थिए। जिल्लामा हाल २० वटा पलपिङ् केन्द्र रहेका छन्। स्थानिय स्तरमा फ्रेस चेरी कफीको मुल्य ३० देखि ३५ रुपयां सम्म तोकिएको छ। ड्राई पार्चमेन्ट कफीको मुल्य भने १ सय ४० रुपयां भन्दा माथि हुने अनुमान गरिएको छ।
२०६५ मा ड्राई पार्चमेन्ट ४० टन र ड्राई चेरी ५ टन कफी विदेश निर्यात भएको थियो। उत्पादीत कफि एभरेष्ट कफी मिल पांचखाल काभ्रे, पलानटेक कफी स्टेट काठमाडौं र हाइल्याण्ड कफी प्रमोशन कम्पनीले कफी खरिद गरि विदेश निर्यात गरेको हो।
स्याङ्जामा मात्रै २ हजार ५ सय परिवारले संगठित रुपमा कफी खेतीबाट जीविकोपार्जन गर्दै आएको जिल्ला कफि व्यवसायी संघका अध्यक्ष फणीनारायण अर्यालले बताउनुभयो। अर्यालले भन्नुभयो ‘यहाँ उत्पादीत कुल उत्पादीत कफीमा ३० प्रतिशत आन्तरिक र ७० प्रतिशत विदेश निर्यात हुने गरेको छ’।
बढि मात्रामा कफी उत्पादन गर्ने विभिन्न जिल्ला मध्ये ललितपुर पछि स्याङ्जालाई लिने गरिएको छ। विशेष गरि ठूला ठूला रुख भएका क्षेत्रमा समेत कफीको विरुवा लगाउन सकिने भएकाले कफीलाई पाउना खेतीका रुपमा लिने गरिएको हो। कृषकहरुले विगत ५ वर्ष देखि जिल्लामा कफी खेती गर्दै आएका छन्।
नेपाल सरकार र उद्योग वाणिज्य संघको संयुक्त पहलमा स्याङ्जा जिल्लालाई एक गाउं एक उत्पादन कार्यक्रम अर्न्तगत कफी खेती नै परेको छ। यसले थप कृषकलाई व्यवसायी बनाउने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्सालले बताउनुभयो।
स्याङ्जामा करिव १ वर्ष भित्रमा करिव १० करोडको कफी निर्यात गर्न सफल हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो। अधिकारीका अनुसार स्याङ्जाको भौगोलिक बनावट र वातावरण कफी खेतीको लागि अति उत्तम रहेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


अर्थमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu