स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

आनुवंशिकताको दोष अपागंताको मूख्य कारण

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ११ मंसि

आनवंशिकताको दोष धेरै जसो अपागंताको कारण हुने गरेको स्वयं अपागंता भएका व्यक्तिका अभिभावक तथा सम्वन्धित विशेषज्ञहरूले बताएका छन् । यसरी अपागं भएकाहरुको बौद्धिक क्षमता भने निकै बढी हुने गरेको समेत पाइएको छ ।
शारिरीक तथा मानसिक अपागं भएकाहरुको दैनिकी बुझ्न पाल्पाका गाउँ गाउँमा पुगेका पत्रकारहरूसाग आफ्नो १५ वर्ष उमेरको अपागंताको समस्या भोगिरहेको छोरालाई हृवील चियरमा राख्दै यम्घा ४ पाल्पाकी दमयन्ती विकले भनिन् उ गर्वमा रहेको ८ महिनामा मलाई बेस्सरी झाडापखाला भयो, त्यसैको प्रभावले होला त्यो गर्वमा रहेको छोराले राम्रोसाग बोल्न र हिड्न सक्दैन ।’
बच्चा जन्मानासाथ राम्रोसाग नर्फकने, नसुत्ने गरेपछि मिसन अस्पताल पुर्‍याउँदा निको नभएको पारसमणी विककी आमा दमयन्तीले बताइन् । पाल्पा सिविर आर कार्यक्रमका सहजकर्ता भोजराज तिमिल्सिनाका अनुसार उनलाई सानैमा फिजियोथेरापी गर्न सकेको भए केही हदसम्म निको हुन सक्ने थियो । पाल्पा सिविरआरको सहयोगमा हृवीलचियर पाएपछि छोराको मुहारमा खुसीयाली छाएको छ उनी आमा दमयन्तीले भनिन्, नजिक नजिक हिड्न समेत ज्यादै सजिलो भएको छ ।
अरू सपागं जस्तै हिड्डुल गर्न र बोल्न नसकेपनि बौद्धिकतामा भने आफ्नो छोरा निकै टाठो भएको बताउँछिन् यम्घा ४ का २३ वर्षिय तारा खनालकी आमा गीतादेवी खनाल । ताराका हजुरवुबा छविलाल खनाल आफ्नो नाती जन्मेपछि राम्रोसाग दुध नचुस्ने, निकै रुने, औषधीले काम नगर्ने भएपछि उनको उपचारका लागि प्रयास गरिएपनि सफल हुन नसकिएको बताउँछन् । दर्लमडाँडा उच्च माविको कक्षा ५ मा पढ्दै गरेकी सीता आले छारे र मस्तिष्क घातबाट पिडीत छन् तर उनले फिजियोथेरापीको सेवा पाएपछि अरू सपागंजस्तै स्कुल आउन र जान सक्ने भएको विद्यालयका प्र अ पिताम्वर शर्माले बताए । सीताका अति मिलनसार साथी सोमप्रसाद गैरेले भने उनलाई स्कुल आउदा कहिलेकाही सहयोग गर्नुपरेपनि उनी आफै पनि निरन्तर स्कुल आएर आफूसागै पढ्न सक्ने भएको बताउँछन् ।
सामान्य रूपले हिड्न र बोल्न सक्नेहरू पछिल्लो समयमा आत्मनिर्भरको बाटो रोज्ने गरेको भएपनि दैनिकी गुजार्न हृवीलचियर प्रयोग गर्नुपर्ने र खाना खान देखि कपडा लगाउन सम्म अभिभावककै भर पर्नुपर्ने कतिपय अपागं हरूलाई बाख्रा उपहार दिएर उनीहरूलाई सहयोग गरिएको गाउँ अपागंता पुर्नस्थापना केन्द्र चापपानीकी गीता ढकालको भनाई छ । पहिले गुलेली बोकेर चरा मार्न हिड्ने आफ्नो छोरा खड्गले बाख्रा पाएपछि त्यसैको स्याहार सुसार गर्न ध्यान दिने गरेको बताउँछन् चापपानी चुन्द्रडाँडाका जयन्तबहादुर गाहा ।
हालसम्म जिल्ला र जिल्ला बाहिरका गरी १५ सय ४ जना आफ्नो संस्था पाल्पा सिविरआरबाट प्रत्यक्ष लाभान्वित भएको पाल्पा सिविआरका कार्यक्रमका संयोजक देव थापाको भनाई छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ