स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

एमाले र कांग्रेस चैते गणतन्त्रवादी- थापा

वीरगंज, १५ मंसिर

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले एमाले- कांग्रेस चैते गणतन्त्रवादी रहेको आरोप लगाएका छन्। आज वीरगंजमा सम्पन्न राप्रपा नेपालको तराइ मधेश राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहांले नेपाली कांग्रेस पथभ्रमित भएको छ। कांग्रेस विपीको विचारधारबाट अलग हिडिरहेको छ। यदी विपीको विचारधारामा नहिड्ने हो भने राप्रपा नेपालले बिपीको विचारलाई लिएर हिड्न तयार रहेको बताए।
उनले भने -तराइबासीहरुले राजा नहुंदा देश अभिभावक विहिन भएको महसुस गरेका छन् भने बाहिरी शक्ति र पैसाको कारण दलहरुले हिन्दूत्वको पहिचान मेटाउन खोजेका छन्। मधेशीको भावना, हिन्दूत्वको लागि आन्दोलन गर्न राप्रपा नेपाल तयार रहेको र आन्दोलनको घोषणा गरिसकेको अध्यक्ष थापाले बताए।
आन्दोलनको कार्यक्रम अनुसार माघ १० गतेदेखि १२ गतेसम्म खबरदारी सभा, माघ १३ गते उपत्यका बन्द, १४ गते सिंहदरबार घेराउ गर्ने रहेको बताए। उनले २०४७ सालको संविधान बनाउने कांग्रेस र एमाले आफैले संविधान नमान्नु भनेको जनतालाई धोका दिनु रहेको आरोप लगाए।
अध्यक्ष थापाले आफूलाई मधेशको मसिहा ठान्ने मधेशवादी दलका नेताहरु चप्पल लगाउन नजान्नेहरु रातारात करोडपछि भएका छन् भने जनता भने जहांको त्यही रहेको बताए। आफूलाई प्रमुख दल भन्ने कांग्रेस, एमाले, माओवादीका कारण समयमा संविधान लेखिने कुरा क्षिण भएको बताए।
समयमा संविधान लेखिएन भने संवैधानिक रिक्तताको फाइदा उठाउंदै माओवादी र राज्य बीच झडप हुने र देश गृहयुद्धमा फस्ने आशंका व्यक्त गरे। राप्रपाका नेपाल पर्साका अध्यक्ष रामचन्द्र चतुर्वेदीको सभापतित्वमा सम्पन्न सम्मेलनमा राप्रपा नेपालका नेता, कार्यकर्ताको उपस्थिति थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ