स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

राज्यमन्त्री बस्यालको निरीहता

विजय नेपाल पोखरा, १८ मंसिर

१८ औ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल निरीहरुपमा प्रस्तुत भए। उनले आफूलाई फुटपाथमा हिड्ने मानिसलाई प्रमुख आतिथ्य दिएको कुरा पटकपटक दोहोर्याउँदै आफू दलित भएकोले मन्दिर प्रवेश गर्न अझै नपाएको गुनासो पनि पोखे। विभिन्न किसिमले अपांगता भएका झण्डै दुई सय जना अपाङता भएका ब्यक्तिहरुको बीचमा आफूलाई समेत अपांगको रुपमा प्रस्तुत गर्दै अझै सांग हुन नसकेको बताए।
संवैधानिक समितिको एक सदस्य समेत रहेका मन्त्री बस्यालले आफू काँग्रेसको सामान्य कार्यकार्य रहेेको उल्लेख गर्दै आफ्नो सम्बोधन सुनिरहेका अपांगताहरुलाई खुबै आश्वासन पनि बाँडे। उनले संसदमा अपांगता भएको ब्यक्तिहरुको हकहित र अधिकारका लागि आवाज उठाउने बताए। उनले भने, “मैले तपाईहरुले भनेको कुरा मनमा लिनेछु र मुटुमा सजाउनेछु।” उनले अपांगता भएका ब्यक्तिहरुलाई सरकारले निःशुल्क औषधी वितरण गर्ने ब्यवस्था स्वास्थ्य मन्त्रालयको पहलमा गर्ने बताए।
जन्मदेखिमात्र अपांग हुन्छ भन्ने धारणा बोकेका मन्त्री बस्यालले सवारी दुर्घटना परेर पनि मानिस अपाङ्ग हुँदो रहेछ भन्ने आजमात्र थाहा पाएको बताए। उनले भने, “दुर्घटना परेर मानिस यसरी अपांग हुँदो रहेछ, मलाई आज राम्रोसँग थाहा भयो।”
कास्कीको पुम्दीभुम्दीमा हिजो भएको पिकनिक बस दुर्घटनामा घाइते भै चरक हस्पिटल एण्ड रिसर्च सेण्टरमा उपचारररत् घाइतेहरुलाई बिहान भेट्न पुगेका थिए।
समुदायमा आधारित पुनर्स्थापन कार्यक्रम (सीबीआर स्थानीय नेटवर्क) कास्कीले बिहान पोखराको चिप्लेढुंगादेखि र्याली प्रदर्शन गरेको थियो। विभिन्न नाराअंकित प्लेकार्ड बोकेका अपांगता भएका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको र्याली न्यूरोडहुँदै मध्यान्ह पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको हो।
सभामा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको पनि उपस्थिति रहने प्रचार गरिए पनि उनीहरुको उपस्थिति थिएन। दिवस मनाउनका लागि अपांगता भएका ब्यक्तिहरु प्रमुख अतिथिको पखाईमा झण्डै दुई घण्टा बढी पोखरा सभागृहमा बस्न बाध्य भए। स्वयं शारीरिक रुपमा असक्त उनीहरुले निर्धारित समय पर धकेलिदा लामो समयसम्म भोकै परेको गुनासो गरे।
सीविआर स्थानीय नेटवर्क कास्कीले तत्वावधानमा आ.व. २०६५/०६६ मा जिल्लामा गरेको सर्वेक्षणमा १० हजार १५ जना अपाङ्गता भएका ब्यक्ति छन्। उक्त संख्या कास्कीको कूल जनसंख्याको २.५ प्रतिशत हो। अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुबीच समन्वय कायम गर्ने, कामको दोहोरोपन हटाउने, अपांगतासम्बन्धी उपर्युक्त राष्ट्रिय नीति निर्माण गर्न सरकारलाई दबाव दिने उद्देश्यले लागिपरेको सीबीआर नेटवर्कसँग हाल २९ संघसंस्था आबद्ध छन्।
सन् १९८१ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय अपांग वर्षको रुपमा घोषणा गरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको थियो। त्यसपछि डिसेम्बर ३ तारिखदेखि अन्तर्राष्ट्रिय अपांग दिवस मनाइँदै आएको हो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ