स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

दार्जिलिङ्गमा आज वार्ता

सुदिप श्रेष्ठ इलाम, ६ पुष

छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै २६ महिनादेखि दार्जिलिङ्ग पहाडमा आन्दोलनरत गोर्खा जन मुक्ति मोर्चा (गोजमुमो) संग पश्चिम बंगाल राज्य सरकार तथा केन्द्र सरकार विच आज त्रिपक्षिय वार्ता हुदैछ। दार्जिलिङ्गको होटल मे फेयरमा २ बजेदेखि हुने वार्ताका लागि गोजमुमोले १७ सदस्सिय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा मोर्चाका महासचिव रोसन गिरी, प्रदिप प्रधान, डा. हर्क क्षेत्री, अनमोलप्रसाद, ललित परियार, अमर लामा लगायतका रहेका छन्। वार्ताको लागि सम्पूर्ण रुपमा आफ्नो धारणा तयार गर्ने कार्य हिजै वेलुका सम्म टुङ्गो लागेको मोर्चाका महासचिव रोसन गिरीले बताए। आज पनि गोजमुमोको मागलाई सरकारले सम्बोधन नगरे कडाभन्दा कडा आन्दोलनमा गोजमुमो उत्रने उनले चेतावनी दिए।उनले शान्ति खलल हुन नदिन आफ्नो युवा दस्ता गोर्खाल्याण्ड पर्सनल (जीएलपी) एघार हजारको संख्यामा परिचालन गरिएको बताए।
आज हुने वार्ताप्रति दवाव श्रृजना गर्न प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रका सबै जनताहरुले हिजोदेखि अनिवार्य रुपमा नेपाली पोशाक लगाएका छन् भने प्रत्येक घर घरमा गोर्खाल्याण्डको झण्डा गाडिएको छ। प्रत्येक टोलटोलमा टोलसमितिहरुले र्‍याली र कोणसभा समेत गरिरहेका छन्। वार्ताको सफलताकै कामना गरेर वौद्धधर्मावलम्वीहरुले दार्जिलिङ्गमा रहेको गुम्वामा आज विहानै देखि ९ लाख बत्ती बालेका छन्।
यसैविच गोर्खाल्याण्डको माग गर्दै आमारण अनसनमा बसेकाहरुले वार्तालाई मध्यनजर गर्दै हिजोदेखि अनसनको कार्यक्रम स्थगन गरेका छन्। राजधानी नयाँदिल्लीमा भने अनसन जारि रहेको गोजमुमोले बताँएको छ। भारतिय समचार च्यानलहरुले पनि आज हुने वार्तालाई महत्वका साथ हेरेको छ भने आज दार्जिलिङ्गमा नेपाली तथा भारतिय सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेशमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu