स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

महानायक राजेश हमालसंगको बिहे गफ

राजेश घिमिरे/चितवन

सामान्यतया मान्छेको जुँगा कति बर्षमा आउँछ? करिब चौध बर्ष नाघेपछि धेरै युवकहरुको जुँगाको रेखि बस्छ। यो सबैलाई जानकारी भएकै बिषय हो। अनी यसै आसपासमा दारी आउँछ। तर नेपाली चलचित्रका चर्चित नायक, महानायक राजेश हमाल भने दारीकै प्रतिक्षामा बसिरहेका छन्। चलचित्र किसानको सुटिङ्का क्रममा चितवन आईपुगेका नायक हमाललाई मैले पनि बिहे कहिले गर्ने? भन्ने प्रश्न सोध्न छुटाईन।
यस्तो प्रश्नको जवाफ दिदा दिदा माहिर बनिसकेका हमाल पनि के कम पत्रकारको प्रश्न पुरा हुन नपाउदै जवाफ दिईहाले। नायक हमालसँगको रमाईलो संबाद।
राजेश घिमिरे: बिहे कहिले गर्ने?
राजेश हमाल: ‘दारी आएपछि बिहे गरौंला नी ’उमेरले चार दशक नाघिसकेको चटक्कै भुलेर गाला सुम्सुम्याउदै ‘हिजो आज चही बिहे गर्ने सोच आईराछ, खोई हेरौ छिट्टै होला।’
राजेश घिमिरे: तर छिट्टै भनेको त बर्षौ बितिसक्यो नी होईन र?
राजेश हमाल: ‘दारी आउन त दिनुहोस न बिहे त गरिहाल्छु नी।’
राजेश घिमिरे: तर तपाई त बारम्बार छिट्टै विहे गर्छु भन्नु हुन्छ कतै तपाईले चर्चामा आउन यस्तो गर्नुभएको त होईन?
राजेश हमाल: मलाई चर्चाको आवश्यकता किन? विहे नगर्दैमा चर्चा कमाईने भए सवैले किन बिहे गर्छन?
राजेश घिमिरे: अव त उमेर पनि धेरै पुगिसक्यो, बरु विहे नगर्ने भनेर घोषणानै गरिदिनुभए त हामी पनि चर्चामा आउने तपाईलाई पनि यहि प्रश्नको उत्तर बारम्बार दिईरहनु नपर्ने निकै राम्रो हुन्थ्यो नी।
राजेश हमाल: घोषणा त गर्दिन म। बिहे त एक दिन न एक दिन भईहाल्छ नी। अनी त्यसमाथि पनि कुनै ग्रन्थमा छ र यति उमेर पुग्दैमा विहे गर्नै पर्छ भन्ने कुरा? छ भने भन्नुस। अरे वावा विहे गर्नलाई एउटी नारी त कम्तिमा पनि चाहियो नी। त्यो नारीनै नपाए पछि एक्लै कसरी बिहे गर्ने तपाई आ“फै भन्नुस त १
राजेश घिमिरे: राजेश दाई, भुवन केसीले त एक कार्यक्रममा म राजेश हमाल भन्दा पनि कान्छो हो भन्नु भएछ नी !
राजेश हमाल: खोई भुवन जेठो की म त थाह भएन तर जसले जे भने पनि म अहिलेको नव नायक आर्यन सिक्देल भन्दा त्यस्तै २/३ बर्षले कान्छो होला। हा हा हा.............
राजेश घिमिरे: कलाकारहरुले किन उमेर ढाँट्छन?
राजेश हमाल: सधै युवकनै बनिरहने चाहना सवैलाई हुन्छ। हो त्यहि युवक रहिरहन उमेर ढाँट्छन् होला।
राजेश घिमिरे: अब त उमेर पनि ढल्कदै छ। उमेरले नायक बन्न साथ दिन छाडेपछि राजनीतिमा प्रवेश गदै हुनुहुन्छ रे नी।
राजेश हमाल: खोई यस्तो घोषणा त अहिले सम्म गरेको छैन। तर राजनीति र चलचित्र क्षेत्र तथा कालाकारिताका बीच केही समानता पनि छन्। बलिउड, कलिउडमा पनि केही चर्चित कलाकारहरुले राजनीति नगरेका होईनन्। तर मेरो चाही तत्कालै राजनीतिमा लाग्ने सोच छैन। निर्माता, निर्देशकहरुले नायकमा नपत्याएपनि चरित्र अभिनेता देखि लिएर विभिन्न क्षेत्र हुन्छन्, त्यता लागिएला। तर म राजनीतिलाई पनि नजिकै बाट नियाल्ने गर्छु। राजनीति प्रतिको झुकाव पनि छ। जीन्दगीको कुनै मोडमा राजनीतिमा नलागिएला भन्न सकिदैन। तर मेरो मुख्य काम भनेको कालाकारिता नै हो। राजनीतिमा लागे पनि कलाकारिता छाड्न सक्दिन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


संवादमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu