स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

बालबालिकाहरुले आफ्नो लागि आफै योजना बनाए

सुरजकुमार भुजेल मकवानपुर, १४ पुस

'हाम्रा लागि हामी आफै बनाउँछौं।' यस्तै अठोट लिएर आएका बालबालिकाहरुले साँच्चै योजना बनाए पनि। त्यो पनि एक वर्षका लागि मात्र होइन, पाँच वर्षका लागि। अब उनीहरु फेरि तिनै योजनाहरुमा सँगै हुनेछन्।
प्लान नेपालको सहयोगमा पिस नेपालले आयोजना गरेको सहभागितामुलक योजना तर्जुमा गोष्ठीमा दामन गाविसका ३२ जना प्रतिनिधि बालबालिका सहभागी थिए। उनीहरुले दामन गाविसको हलमा शनिबार सामुहिक छलफल गरेर योजना बनाए। योजना बनाउनु अघि उनीहरुले आफूहरुका लागि घरपरिवार, शिक्षक, समुदाय, विद्यालयको आदर्श अवस्थाबारे छलफल गरे। बालबालिकाका दृष्टिले शिक्षा, स्वास्थ्य, सिर्जना, मनोरन्जन लगायतका क्षेत्रमा के कस्ता समस्या छन् भनेर पनि छलफल गरे। प्लान नेपाल र पिस नेपालको सहयोगमा गाविसले हालै सार्वजनिक गरेको गाउँ विवरणमा उल्लेखित बालबालिकाको अवस्थाका बारेमा पनि चर्चा गरे। अनि आफूहरुले चाहेजस्तो अवस्था ल्याउन योजना बनाए।
ब्ाालबालिकाले बनाएको योजनामा बाल अधिकारका लागि बहश, अभिभावक शिक्षाका लागि सशक्तिकरण कार्यक्रम, जनचेतना र सूचनाका लागि सडक नाटक, रेडियो कार्यक्रम, बाल र्‍याली , भित्तेपत्रिका, प्रतियोगितात्मक कार्यक्रमहरुको संचालन समेटिएका छन्।
त्यस्तै, उनीहरुले बाल क्लब व्यवस्थापन, नेतृत्व विकास तथा सिर्जनात्मक कला र अभिव्यक्ति तालिम, प्रजातान्त्रिक अनुशासन व्यवस्था, वाचनालय तथा पुस्तकालय व्यवस्था, गरिव विद्यार्थीका लागि छात्रवृत्ति, आमाहरुका लागि सीपमुलक तालिम र महिला शिक्षा, स्वास्थ्य तथा सरसफाइ कार्यक्रम, खेलमैदान व्यवस्था जस्ता कार्यक्रमहरु योजनामा समेटेका छन्।
प्रारम्भिक योजनामा शान्ति शिक्षा कार्यक्रम, शिक्षकहरुलाई व्यवहारिक तालिम तथा पुरस्कार, शैक्षिक गुणस्तरका लागि सरोकारवालाहरुको संजाल निर्माण, बालमैत्री गाविस निर्माणका लागि बहश, बाल संरक्षण केन्द्रको स्थापना, विद्यालय छाडेकाहरुलाई विद्यालय ल्याउने, भ्रमण तथा अनुभव आदानप्रदान कार्यक्रम, बचत तथा आयमुलक कार्यक्रम लगायत समेटिएका छन्।
बालबालिकाहरुले निर्माण गरेको योजनालाई निश्चित ढाँचामा राखेर अन्तिम रुप दिन बाँकी रहेको पिस नेपालले जनाएको छ। तथ्याङ्कको आधारमा बालबालिकाको विभिन्न अवस्था विश्लेषण गरी योजनालाई अन्तिम रुप दिने र एउटा पुस्तिकाको रुपमा सार्वजनिक गरिने संस्थाका कार्यक्रम संयोजक सुरजकुमार भुजेलले बताउनुभयो।
योजना निर्माणका लागि श्रोतव्यक्ति बच्चुराम बस्नेतले सहजीकरण गर्नु भएको थियो। कार्यक्रममा दामन गाविसका अध्यक्ष रामचन्द्र रायमाझीले बालबालिकाहरुले बनाएको योजनामा गाविसको तर्फबाट सहयोग गर्ने बताउनुभयो। यो गाविसकै बालबालिकाहरुको योजना हो, यसमा गाविसको सहयोग हुन्छ, उहाँले भन्नुभयो।
दामनपालुङका बालबालिकाहरु विगत तीन वर्षदेखि बाल क्लबमा आवद्ध भएर विभिन्न गतिविधि संचालन गर्दै आएका छन्। प्लान नेपाल र पिस नेपालले आफ्ना लागि योजना बनाउने वातावरण बनाइदिएकोमा संयुक्त बाल क्लबकी अध्यक्ष अम्बिका रायमाझीले खुशी व्यक्त गर्नुभयो। प्लान नेपाल मकवानपुर, पालुङ विकास इकाइका विकास संयोजक एस.पी. जैसवालले बालबालिकाहरुले निर्धक्कसँग योजना बनाएकोमा उनीहरुको प्रशंसा गर्नुभयो।
पालुङ गाविसका बालबालिकाहरुले बिहीबार पाँच वर्षका लागि योजना बनाइसकेका छन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


बाल बगैंचा‏मा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu