स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बुझ्न नसकिएको बन्दको व्यथा

नेपालमा आज अस्तित्वमा आएका कुनै पनि यस्ता राजनीतिक पार्टी वा समूह छैनन् जसले कुनै न कुनै बेला नेपालबन्दको आयोजना नगरेका हुन्। लाग्छ, राजनीतिक पार्टीहरुका लागि नेपालबन्द यस्तो शिकार हो जो नगरेसम्म उनीहरु वयस्क भएको प्रमाणित हुँदैन।

कपिल काफ्ले

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले तीन दिन लामो नेपाल बन्द गरेको दशौं दिनका दिन मुलुकले अर्को एक दिवसीय बन्दको सामना गर्नुपर्‍यो। नेपालमा लगातार बन्दको आयोजना भएको देख्ने विदेशीहरु अचम्ममा परे। उनीहरु बुझ्न चाहिरहेका थिए– आखिर के लाभ छ नेपालबन्दमा? तपाईंहरु नियमित रुपमा आमहड्ताल गर्नुहुन्छ र के प्रतिफल पाउनुहुन्छ? उनीहरु यस्तै प्रश्न गरिरहेका थिए। पर्यटकहरुको प्रतिक्रिया थियो– आमहड्ताल तपाईंकहाँ किन यति लोकप्रिय– नयाँ वर्षकै दिन नेपालबन्द, हे भगवान!

गत महिना नेदरल्याण्डस्को राजधानी याम्सटरडममा विश्वका २० मुलुकका मानवअधिकारकर्मी तथा शान्ति प्रवर्द्धकहरुको दुई साता लामो कार्यशाला सञ्चालन भएको थियो। त्यसमा इहि्रकनका तर्फबाट सहभागी हुन गएको यस पङ्क्तिकारलाई आज सबै सहभागीहरुले यही प्रश्न गरिरहेका छन्। अमेरिका, युके, भारत, श्रीलंका, निकारागुवा, बुरुण्डी, लाइबेरिया, रुवाण्डा, फिलिपिन्स, क्याम्बोडिया, पाकिस्तानआदि मुलुकका सहभागीहरुको जिज्ञासा पूरा गर्न यसलाई मुस्किल परिरहेको छ। उनीहरु निरन्तर रुपमा तपाईंकहाँ नेपाल बन्दका कार्यक्रम भैरहेका छन् भने त्यसका लाभ छैनन् भनेर तपाईं कसरी पुष्टि गर्नुहुन्छ, बन्दको आलोचना गर्नु तपाईंको पूर्वाग्रह मात्र त होइन भनेर आशंका गरिरहेका छन्। विमेन पिसमेकर्स प्रोग्राम नामक आयोजक संस्थाका प्रतिनिधि जो त्यस कार्यशालाको अनुगमन कार्यक्रम नेपालमा आयोजना गर्न इच्छुक थिए, उनीहरु पनि बन्द कार्यक्रमका कारण नराम्रोसँग तर्सिएका छन्। नेपालमा अन्तर्राष्टि्रय स्तरका कार्यक्रम गर्न चाहने संस्था र समूहका लागि बन्द कार्यक्रम त्रासको स्रोत बनेको छ र मुलुकलाई त्यसबाट हुने लाभबाट वञ्चित गराएको छ।

हाम्रा राजनीतिक पार्टीहरु नेपाल बन्द कार्यक्रम आयोजना गर्न यति उत्साहित हुनुको कारण के छ, वास्तबमै यो आश्चर्यको सवाल बनेको छ। संविधानसभाले सबैभन्दा ठूलो बनाएको र सशस्त्र विद्रोहबाट प्रभावमा आएको एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी होस् वा २२ आदिवासी जनजाति समूहको मोर्चा नै किन नहोस्– उनीहरु आफ्नो पार्टी र प्रभावको घनत्व हेरेर तीन दिने वा एक दिने नेपाल बन्द र आमहड्तालको कार्यक्रम थोपरिरहेका छन्। नेपालमा आज अस्तित्वमा आएका कुनै पनि यस्ता राजनीतिक पार्टी वा समूह छैनन् जसले कुनै न कुनै बेला नेपालबन्दको आयोजना नगरेका हुन्। लाग्छ, राजनीतिक पार्टीहरुका लागि नेपालबन्द यस्तो शिकार हो जो नगरेसम्म उनीहरु वयस्क भएको प्रमाणित हुँदैन। जंगलमा हुर्कदै गरेको बाघको बच्चा, डमरुले आफू तन्नेरी भएको प्रमाणित गर्न क्रमशः खरायो, हरिण, अर्नाआदि शिकार गर्ने प्रयास गर्दछ। कम्तिमा हरिण नढालेसम्म डमरु बाघ मानिदैन। ठीक त्यसरी नै नेपालका राजनीतिक पार्टीहरुले नेपालबन्दको आयोजना नगरेसम्म उनीहरुको अस्तित्व सावित हुँदैन– यो एक प्रकारको अघोषित मान्यता हो।

देशव्यापी हड्ताल भन्नाले देशव्यापी नोक्सान भन्ने बुझ्नुपर्दछ। मुलुकमा यातायात, बन्द–व्यापार, शैशिक संस्था र कार्यालयहरु ठप्प हुँदा कति नोक्सान हुन्छ, ठीक–ठीक हिसाब निकाल्न सजिलो छैन। तर कुनै क्षेत्रमा भएको नोक्सानलाई दृष्टान्त मानेर हेर्ने हो भने नोक्सानको सामान्य अनुमान गर्न भने सकिन्छ। वीरगञ्ज भन्सारले हरेक दिन मुलुकलाई १० करोड राजस्व संकलन गरिदिन्छ। एक दिन नेपालबन्द हुँदा त्यस नाकाबाट आर्जन हुने सो रकमबाट मुलुकले वञ्चित हुनुपर्छ। कसैले …त्यो राजस्व भोलिपल्ट खप्टिएर आइहाल्छ नि,' भन्ने अर्थ लगाउन खोज्छ भने उसले बुझ्नुपर्छ समय कहिल्यै फर्किएर आउँदैन। एक दिन पढ्न नपाएको बिद्यार्थीले भोलिपल्ट खप्टेर पढ्दैन। समय कहिल्यै नफर्किने सवारी साधन हो भन्ने यथार्थलाई भुल्नु हुन्न।

नेपाल सन् २०११ लाई पर्यटन वर्ष मनाउने तयारीमा छ। सरकार नेपाल भित्र्याउने पर्यटकको संख्या जोडेर बसेको छ। तर त्यसका लागि होटेलहरुको भित्तामा रंग लगाएर र तन्ना फेरेर मात्र वातावरण बन्दैन। राजनीतिक वातावरण अनुकूल नभएसम्म पर्यटक भित्रने छैनन्। जसरी नेदरल्याण्डस्को विमेन पिसमेकर्स प्रोग्रामले नेपालमा कार्यशाला गोष्ठी सञ्चालन गर्न चाहेर पनि सकिरहेको छैन, त्यसरी नै विश्वका हजारौं संस्थाहरु नेपालमा आउन चाहेर पनि कार्यतालिका बदल्न वाध्य भएका छन्। त्यसको एउटै मात्र कारण के हो भने हाम्रा राजनीतिक पार्टी र समूहहरु अत्यन्त गैरजिम्मेबार छन्। कुनै विशेष तयारीविना नै नेपालबन्द आयोजना गर्न मिल्ने र पार्टीको प्रभाव देखाउन सकिने भएका कारण यसले मुलकलाई पार्ने नोक्सानप्रति निर्लज्ज भएर आँखा चिम्लिन्छन् र यही पाप कर्म दोहोर्‍याइ रहेका हुन्छन्।

हो, कुनै पनि बहानामा नेपालबन्दको आयोजना गर्नु नेपाल आमामाथि बलात्कार गर्नुसरहको महापाप हो! लोकतन्त्रको अभ्यास गर्ने नाममा अन्य कुनै विकल्प नदेखेर नेपालबन्द गर्नु कायरताको पराकाष्टा हो। माओवादीको तीन दिने बन्द हेरौं वा २२ जनजाति समूहको एक दिने बन्द आह्वान– यी दुवैले कसलाई कति लाभ पुर्‍यायो विश्लेषण गरौं। पहिलोले सरकारलाई राष्ट्रपतिको कदम सच्याउन कुनै दवाव दिन सकेन भने दोस्रोले नयाँ संविधानमा आइएलओ महासन्धि– १६९ लाई स्थान दिन वाध्य बनाउला भन्ने केही आधार छैन। जनजातिको भाषा, संस्कृति, आत्मनिर्णयको अधिकार, स्वायत्त राज्य, स्थानीय जमिन र जलमा आदिवासीको अग्राधिकारआदि विषय नयाँ संविधानमा समेट्न लगाउनका लागि नयाँ वर्षको तिथि पारेर नेपाल बन्दको आयोजना गरियो। एकातिर आइएलओको उक्त महासन्धिप्रति संविधानसभाका सदस्यहरु सकारात्मक भएको देख्दादेख्दै यो अलोकप्रिय कार्यक्रम आयोजकले ल्याइरहनु आवश्यक नै थिएन। जनजातिका आवश्यकताप्रति आमजनताको ध्यानाकर्षण गराउने हो भने हिलियम बेलुन उडाएर वा सडकमा …महासन्धि १६९' लेखन गरेर वा टि–सर्ट बाँडेर पनि गर्न सकिंदो हो। तर उनीहरुलाई न्यूनतम लगानीमा प्रचार चाहिएको थियो, त्यसैले जनताले पाउने दुख र मुलुकलाई हुने नोक्सानीप्रति आँखा चिम्लिइयो।

अब नेपालमा आमहड्ताल र बन्दको कार्यक्रम शान्तिपूर्ण आन्दोलनको माध्यम रहेन। यो हिंसात्मक कार्यक्रम सावित भैसकेको छ। अस्पताल जान नपाएर जनता मर्ने, शिक्षाबाट निर्दोष बालबालिका विमुख हुने, आवागमनको आधारभूत आवश्यकताबाट वञ्चित रहने र केही व्यक्तिको टाउको फुट्ने अवस्थालाई हेर्दा यसलाई अहिंसात्मक वा शान्तिपूर्ण आन्दोलनको माध्यम भन्न, कम्तिमा नेपालको सन्दर्भमा अब मिल्दैन। न त …मैले गरेको नेपालबन्द सफल भयो अब सरकारले मेरो माग पूरा गरेकै हुनुपर्छ' भन्न मिल्ने आधार नै तयार हुने गरेका छ। बन्द जहिले पनि डरका कारण सफल भएको छ। स्वतस्फूर्त रुपमा जनताले …म बन्द आह्वानकर्तालाई हृदयदेखि नै सघाउँन आफ्नो नियमित काम बन्द गर्छु' भन्ने अवस्था कहिल्यै आएन। जब कि जनतामा डर पैदा गरेर …बन्द सफल पार्ने' गरिन्छ भने त्यो सफल वा असफल हुनुको के अर्थ? कुनै पनि कोणबाट नेपालबन्द मुलुक र मुलुकवासीका लागि लाभप्रद देखिएको छैन। …नेपाल बन्द आफ्नै मुलुकमाथिको बलात्कार' भन्ने भावना व्यापक बनाउन सञ्चारकर्मी र नागरिक समाज सक्रिय रहनु आजको आवश्यकता भएको छ।


कपिल काफ्ले




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


विचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ