स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

पूर्वी पाल्पाबासीलाई मोवाइल चलाउन सिजन कुर्नुपर्छ

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २१ पुस

सदरमुकाममा मोवाइलकै सञ्चारबाट दैनिक करोडौंको कारोवार भइरहेका बेला पूर्वी पाल्पाका दुई दर्जन गाविसका बासिन्दाले मोवाइलबाट फोन गर्न सिजन कुरेर बस्नुपर्ने बाध्यता छ । प्रस्तावित नगरपालिकाभित्रको रामपुरमा एउटा टावर विग्रनासाथ टेलिफोन सेवा नै पूर्णतया प्रभावित हुने गरेको छ । ल्यान्डलाइन फोनको समस्याका कारण स्थानीय एफएम रेडियो समेत प्रभावित हुने गरेको छ ।
दुरसञ्चार कार्यालय पाल्पाका अनुसार स्याङजाको ग्रहौसरसाग सिधा सम्पर्कमा रहेका मोवाइल बिटिएसहरूले पूर्णतया काम गनगर्ने भएकोले समय समयमा समस्या देखिएको छ । ग्रहौसरको टावरमा विद्युतीय हाई भोल्टेजका कारण रेडियो युनिटले काम गर्न छाडेपछि त्यससाग सम्पर्कित भएका पाल्पा र स्याङजाका १६ वटा बिटिएस टावरले काम गर्न छाडेका छन् । रामपुरको टावरमा पुरानो युनिट जडान गरी सञ्चालनमा ल्याइएको छ ।
सिमकार्डको वितरणमा भएको बृद्धिसंगै ग्रामीणस्तरसम्म पनि मोवाइल सेवा दिन दुरसञ्चार कार्यालयले पछिल्लो समय गाउँ गाउँमा समेत टावर विस्तार क्रमलाई तीव्रता दिएको छ ।
हालसम्म जिल्लामा दुरसञ्चार कार्यालयमा दुई वटा टावरले काम गरिरहेका छन् भने बतासे, आर्यभञ्ज्याङ, गैरागाउँ, हार्थोक, रामपुर, लहरेपिपल, खालीवन, कसेनी, ताहुँ, कोलडाँडा, मस्याममा नमस्ते मोवाइलका टावर सञ्चालित छन् । त्यस्तै बतासे, जन्तीलुङ, आर्यभञ्ज्याङ, खालीवन, छहरा, कोलडाँडा र ख्याहाबाट स्काई मोवाइल प्रयोग कर्ताका लागि सुविधा प्रदान गरिदै आएको छ । नजिक नजिकमै टावर बनाइएको भएपनि बिग्रेपछि बनाउन ढिलाई गर्ने र फोन गर्न हप्तौ कुर्नु पर्ने बाध्यता रहेको पूर्वी पाल्पाबासीको भनाई छ ।
पूर्वी पाल्पामा सञ्चालित टावरको लिंक नुवाकोटका टावरसाग भएकाले नुवाकोटको टावरमा सानो समस्या देखिनासाथ पाल्पाका टावरले समेत काम गर्न नसक्ने नेपाल दुरसञ्चार कार्यालय पाल्पाका सुपरभाइजर रमेश नेपालले जानकारी दिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ