स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

स्रोत केन्द्रको महलाई बजारको समस्या

सुदिप श्रेष्ठ, इलाम २१ पुस

मौरी बिकास शाखाले इलामको जिर्मले गाबिसलाई सेरेना मौरीपालनको स्रोत केन्द्र घोषणा गरेपछि व्यावसायिक मौरीपालनमा लागेका स्थानीयबासीले अहिले बजारको समस्या व्यहोर्नुपरेको छ। मौरी बिकास शाखा गोदावरीले जिर्मलेलाई सेरेना मौरीको लागि पूर्वाञ्चलको स्रोत केन्द्र घोषणा गरेर दुई वर्षअघि ४० जनालाई आधुनिक घारमा मौरीपालनसम्वन्धी एक हप्ता तालिम दिएपछि उत्साहित भएर स्थानीयबासीले व्यावसायिक मौरीपालन गर्न थालेका हुन्। तालिमपछि स्थानीयबासीले सलकपुर र जिर्मले– रम्भ्याङ नामक दुई मौरीपालक समूह नै गठन गरेका छन्।
तालिम र प्राविधिक सहयोग पाएपछि स्थानीयबासीले करिव तीन सयवटा आधुनिक घारमा सेरेना जातको मौरी पालेका छन्। एकजना १८ वटासम्म आधुनिक घारमा मौरी पालेका छन्। यहाँ बार्षिक एक हजार किलोग्राम मह तयार हुन्छ। उहाँका अनुसार, मह उत्पादन हुने समय चैत–बैशाख र असोज–कार्तिक हो। …त्यस समयमा महिनामा दुईपटक मह काढ्छौं। एउटा आधुनिक घारमा वार्षिक ४० केजी मह तयार हुन्छ।
गाउँमा महको उत्पादन बढ्न थालेपछि बजारको समस्या पनि खट्कन थालेको स्थानीयबासीले बताएका छन्। …दुई वर्षअघिसम्म थोरैले मात्र मौरी पाल्थे। कतिपयले आफ्नै घरको लागि मात्र प्रयोग गर्थे, अरुले पनि इलाम, झापा र सीमावर्ती भारतको बजारहरुमा बिक्री हुन्थ्यो,' सलकपुर मौरीपालक समूहका सदस्य कुमार मोक्तानले बताउनुभयो। तर, अहिले महको उत्पादन बढेपछि पहिलाका बजारमा खपत हुन नसकेको मोक्तानले बताउनुभयो। …हामीले गतवर्ष ३० केजी मह इलाम सदरमुकामको कोशेली घरमा बिक्रीका लागि राखेका थियौं। तर, लामो समयसम्म बिक्री भएन,' उहाँले बताउनुभयो। स्थानीयबासीले प्रतिकेजी तीनसयदेखि चार सय रुपैयाँमा मह बिक्री गर्ने गरेका छन्।
मौरी बिकास शाखाले स्रोत केन्द्रको घोषणा गरेर व्यावसायिक मौरीपालनमा उत्प्रेरित गरेपनि बजारको व्यवस्था आफै गर्नुपर्ने बताएको जिर्मले–रम्भ्याङ मौरीपालन समूहका सदस्य शरण राईले बताउनुभयो। …केही बर्षअघिसम्म यहाँको मह हारालुछ हुन्थ्यो। तर, अहिले बिक्रीको समस्या भएको छ। हामी आफैले बजारको व्यवस्थापन गर्न पनि सकेका छैन,' उहाँले बताउनुभयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ