स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सचिवहरु घुमघाममा, सेवाग्राही मर्कामा

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २२ पुष

स्थानीय निकायको अघिको आन्दोलनका कारण सास्ती भोग्दै आएका सेवाग्राहीहरूमाथि यसपटक फेरि अर्को समस्या थपियो। गाविस सचिवहरू हुल बाधेर भ्रमणमा निस्केपछि सेवाग्राहीहरु वल्लो घाट पल्लो तिर भएका छन्। यसअघि १३ दिनसम्म स्थानीय निकाय बन्द हुँदा हुन नसकेका बँकी काम सकिन नपाउँदै सचिवहरु कार्यकक्ष छोडी भ्रमणमा निस्किएपछि पुनः कामका फाइलहरु थुप्रिन थालेका छन्।
स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरे भने सचिवहर नभएपनि सेवाग्राहीको काम नरोकिने बताउँछन्। ‘जिविसका केही कर्मचारीहरुलाई मैले निर्देशन दिएको छु’ उनले भने ‘गाविसका सबै काम जिविसबाटै हुन्छ।’ भ्रमणको विषयमा गाउँ विकास समिति राष्ट्रिय महासंघले आफूलाई जानकारी गराए पनि आफूले भने स्वीकृति नदिएको घिमिरेले बताए। सचिवहरु गाविसको क्षमता विकास शीर्षकबाट बजेट निकासा गरी अध्ययन अवलोकन भ्रमण भन्दै इलाम हुँदै दार्जिलिङतिर लागेका हुन्। उनीहरु पुस १८ गते त्यसतर्फ गएको र २४ गते फर्कने कार्यक्रम छ।
जिल्लाका सबै गाविसका काम जिविसका कर्मचारीबाट हुने भनी नायव सुब्बा हेमराज अर्यालको कार्यकक्षको घर्रामा गाविसका लेटरप्याड र छाप छोडेर गाविस सचिवहरु त बाटा लागे तर काम गर्ने जिम्मा पाएका कर्मचारीले भने काम गर्ने निर्देशन नै पाएका छैनन्। ‘माथिबाट काम गर्ने आदेशै आएको छैन कसरी काम गर्ने?’ नासु अर्यालले भने ‘एलडिओको आदेश नआउँदासम्म हामीले कुनै काम गर्न मिल्दैन।’
सथानीय विकास अधिकारीले भनेअनुसार सेवाग्राहीको काम भने पूरा भएका छैनन्। गाविसको सिफारिस लिन आएका मदनपोखराका अर्जुन सारु दुई दिनदेखि लगातार जिविस धाएपनि काम नभउको गुनासो गर्दै बुधवार घर फर्किए।
जनजाति प्रमाणित गराउनको लागि पश्चिम पाल्पाको मुझुङबाट दिनभरिको कामको माया मारेर आएकी मञ्जु खाम्चाले आÇना कागजपत्र देखाउँदै भनिन् ‘आज नगरी नहुने काम थियो तर आज पनि नहुने भयो।’
जिल्लाका ४३ गाविसको काम गर्दै आएका २८ जना सचिवहरु एक हप्ते लामो भ्रमणमा निस्केका हुन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ