स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

ए माओवादी द्वारा अन्सारीलाई कालो झण्डा

दुइ घण्टाभन्दा वढी बन्द हुदैन भन्ने गृहराज्यमन्त्रीको भनाइ लगत्तै लिम्वुवानद्वारा चार घण्टा यातायात ठप्प

सञ्जीव चापागाई,झापा २२ पुष

झापाका विभीन्न स्थानमा कार्यक्रममा सरीक हुने क्रममा आज गृहराज्यमन्त्री रिजवान
अन्सारीलाई एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका छन। माओवादी कार्यकर्ताहरुले राज्यमन्त्री अन्सारी विरुद्ध चर्को नारावाजि गर्दै गौरादह र जुरोपानिमा कालो झण्डा प्रदर्शन गरेका हुन।
अन्सारीले आजै इलाका प्रहरी कार्यलय गौरीगञ्ज र भवानिपुर उपस्वास्थ्य चौकिको
निरीक्षण गर्नुका साथै सामुदायीक प्रहरी सेवा केन्द्र खजुगछिद्वारा आयोजीत विशेष कार्यक्रममा समेत सहभागि हुनु भयो। यसैविच पुर्वमा लिम्वुवान राज्य माग गर्दै आएका पुर्वका विभीन्न ९ वटा संघ–संगठन हरुले गृहराज्य मन्त्रीको भनाइको विरोध गर्दै झापाको दमकमा आज चक्काजामा गरेका छन।
राज्यमन्त्रीले विहान मुलुकमा अहिले कुनै पनि संघठनले २ घण्टभन्दा वढी हड्ताल र
चक्काजाम गर्न नसक्ने अवस्था रहेको वताउनुभएपछि त्यसको विरोधमा ति संघठनहरुले पुर्व निधारित समयभन्दा दुई घन्टा वढि अर्थात चार घण्टा सम्म
चक्काजामा गरेको हुन।
संघिय लिम्वुवान राज्य परीषद,मञ्च सम्वद्ध लिम्वुवान राज्य परीषद,लीम्वुवान
राष्ट्रिय मुक्ति मोर्चा लागायतका जातिय संघठनहरुले पुर्वमा लिम्वुवानको पक्षमा
जनमत जुटाउन भन्दै आज दूईघण्टा वन्दको आवाहान गरेकोमा राज्यमन्त्रीको
भनाइको विरोधगर्दै ४ घण्टा चक्काजामा गरीएको मञ्च सम्वद्ध परीषदका केन्द्रीय
सचिव एवं प्रचार प्रमुख सागर साम्वाले जानकारी दिनुभयो।
चक्काजामका कारण आज अपरान्ह १ वजेवाट दमकमा यातायात ठप्प भएको छ। वन्द ४
वजे सम्म जारी रहने परीषदले जनाएको छ। आन्दोलनरत ९ संघठनहरुले अरुणपुर्वका
जिल्लाहरुलाई लिम्वुवान राज्यका पक्षमा जनमत जुटाउन भन्दै विभीन्न आन्दोलनको
समेत घोषण गरेका छन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu