स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

सञ्चारकर्मी र सञ्चार माध्यम सवैको निशाना किन?

संचारकर्मीमाथि हुने आक्रमणका दोषिमाथी कुनै पनि सरकारले कुनै पनि किसिमको कार्वाहि हनु सकेको छैन्। दीपक बुढा

काठमाडौं,(दैनिकी)

संचारकर्मी र संचार माध्यमहरु पछिल्लो समयमा सवैको निशानी बनेका छन्। आफ्नो प्रचार–प्रसारमा प्रयोग गर्न पाएमा खुशि हुने तर कसैले गल्ति गरेको भए सो गल्ती बाहिर ल्याउँदा संचारकर्मी कुटीनुपर्ने, विभिन्न किसीमका आरोप प्रत्यारोप, धाकधम्कीहरु सहनुपर्ने यो कस्तो संस्कार किन हो सवैले यहि बाटो रोज्दैछन्। आफना अनुकुल संचारकर्मी र संचारमाध्यम बनाउने प्रयास भैरहेका छन्।
पछिल्लो समयमा दैलेख पञ्चकोशी एफ.एम. मा कार्यरत दुई जना नव–आगनतुक संचारकर्मी कुटीएको खवर यस स्तम्भकारले हालै प्राप्त गरेको छ। यसरी संचारकर्मी किन? यो समाजबाट, केहि व्यक्तिबाट असुरक्षित भैरेका छन्।
यसको पछिल्लो कारण हो कार्य सम्पादनकै क्रममा दुई दर्जन नेपाली संचारमाध्यामले आफ्ना योद्धाहरु गुमाउनु पर्‍यो तर संचारकर्मीमाथि हुने आक्रमणका दोषिमाथी कुनै पनि सरकारले कुनै पनि किसिमको कार्वाहि हनु सकेको छैन्। जसले गर्दा दण्डहिनता बढिरहेको छ भने संचारकर्मीलाई कुटनु, धमक्याउनु सामान्य जस्तै भैसकेको छ।
किन यो सरकार मौन होला पत्रकारको सुरक्षाको लागि किन केहि गर्न सकिरहेको छैन्। कुर्सीमा रहँदा संधै पत्रकारका अगाडि, ठुला–ठुला क्यामराका अगाडि उभ्भिएर चिल्ला मिठा गफ गर्न सिपालु हाम्रा यी नेताहरु किन हो आज पत्रकारको सुरक्षाका लागि जिम्मेवार भएका छैनन्।
संचारमाध्याम र संचारकर्मी माथि हुने आक्रमणको सुरुवात जसरी भएको पाईन्छ। यसको निराकरण गर्नका लागि साँच्चीकै राज्य गम्भीर भएमा अवस्य पनि संचारकर्मी सुरक्षित हुने थिए। स्वतन्त्र रुपमा काम गर्न पाउने थिए। यो निश्चित हो।
पछिल्लो समयमा संचारमाध्यमको विकास संगसंगै स्थानीय स्तरमा धेरै एफ. एम. रेडियो, पत्रपत्रिका, टेलिभिजन समेत खुलेका छन्। तर त्यसको सहि व्यवस्थापन हुन सकेको छैन्। जसरी राज्यले धमाधम एफ.एम. रेडियो संचालनका लागि अनुमति दिएको छ। त्यसैगरी अनुगमन, निगरानी हुनुपर्ने थिय तर त्यो गैरजिम्मेवार यो राज्यले केहि गर्न सकेको छैन्।
राजश्व संकलनका क्षेत्रमा ठुला–ठुला आँखा गाडन बानि परेको यो राज्य, सरकार कहिल्यैपनि दिगो विकास, सुशासन, स्वस्थ प्रतिस्पर्धामा लागेन। यो तपाई हामी सवैले महसुश गरेकै कुरा हो। त्यसैले च्याउ उम्रिए जसरी उम्रिएका संचार माध्यमले समाज परिवर्तन का लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्।
तर संचारमाध्यममा नियन्त्रण छैन् भन्नुको तात्पर्य के के कुरा सार्वजनिक गर्न हुने के गर्न नहुने, कुन–कुन कुराले समाजमा नकारात्मक असरपार्छ ति कुरा सार्वजनिक भएमा के कार्वाहि गर्ने यस्ता प्रावधानहरु राखिनुपर्छ जस्तो मलाई लाग्छ। जस्ले गर्दा संचारमाध्यममा हुने अस्वस्थ प्रतिस्पर्धा कम हुनुका साथै संचार माध्यामको सहि प्रयोग हुने थियो।
संचार माध्यममा भएको विकास संगसंगै संचारकर्मीको पनि बृद्धि भैरहेको छ। समयमा यो राज्यले बढ्दो मात्रामा रहेका संचारमाध्यम र संचारकर्मीलाई राज्यप्रति समाज प्रति जिम्मेवार गराउन नसकेमा कुनैपनि समयमा ठुलो दुर्घटना निम्तिन सक्छ। त्यसैले संचारमाध्यमको अनुगमन गर्ने जिम्मेवारी पाएको सुचना विभाग, प्रेस काउन्सिलले समयमा यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने मैले बुझेको छु।
पछिल्लो समयमा संचारकर्मीपनि अल्ली बढि स्वतन्त्र भएजस्तो मैले बुझेको छु। जस्तो कि संचार माध्यममा जुन किसिमका सुचना प्रवाह गरेपनि ठिक भन्ने सोचाईलाई अन्त्य गर्दै संचारकर्मीपनि क्षमता योग्यता अनुसार राख्नुपर्ने अवस्था आएको छ। शैक्षिक योग्यता समेत नपुगेका अनुहारपनि संचारकर्मी भएका छन्।
पछिल्लो समयमा वास्तविक संचारमाध्यमको भुमिका, संचारकर्मीको भुमिका, के हुनुपर्ने हो त्यो पुरा भएको जस्तो मैले पाएको छैन्। यसको पछिल्लो कारण हो बजारको क्षमता भन्दा पनि संचार माध्यम धेरै हुनु अनि संचार माध्यमले पनि निशुल्क काम गर्ने जस्ता सुकै व्यक्ति भएपनि आफ्नो संचार माध्यममा काम गराई हाल्ने यस किसिमको संस्कार विकास भएको मैले पाएको छु।
यो सरकार, राज्यले संचारमाध्यमलाई अनुमति दिनुपुर्व बजारको अनुगमन, मुल्याकंन, अध्ययन, विस्लेषण गरेर मात्रै काम अनुमति दिनुपर्ने थियो तर यो ठुलो भुल भएको छ।
यो पहिलो कारण दोस्रो कारण हो सानो क्षेत्रमा धेरै संचारमाध्यम खुलेका छन्। जस्ले गर्दा आफ्नो महत्वपनि घटेको छ भने जनशक्ति धेरै आवश्य पर्छ तर अहिलेका युवाहरु संचारमाध्यममा काम गरेर आफ्नो नाम कमाउने क्षणिक स्वार्थमा निशुल्क काम गर्ने गराउने गरिन्छ। जस्ले गर्दा निशुल्क गरिएको कामको पनि मुल्य हुदैन त्यसैले संचारमाध्यमबाट आउने समाचार तथा अन्य काम समेत सहि र प्रभावकारी हुनेमा संका रहेको छ।
समाजमा संचारकर्मी प्रतिको बुझाई, संचार कर्मीको बढ्दो माहोल, संचारमाध्यमको अस्वस्थ प्रतिशपर्धा जस्ले गर्दा ठुलो दुर्घटना निम्तिने सम्भावना मैले देखेको छु। सुर्खेतकै सन्दर्भमा बजार क्षेत्र सानो छ, यहा पाँच वटा एफ.एम रेडियो, रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र, तीन वटा दैनिक पत्रिका, दुई/तीन वटा साप्ताहि पत्रिका संचालनमा छन्। संचारमाध्यमको बारेमा बाहिर बुझाई जस्तो भएपनि भित्रि बास्तविकता भने विज्ञापनबाट उठेको रकम, संस्था व्यवस्थापनमै सिमित हुन्छ, कहिल्यै त त्यहि पनि पुग्दैन। जस्ले गर्दा अधिकांश संचारमाध्यममा काम गर्ने व्यक्तिहरुले पारिश्रमिक पाउँदैनन्। कामको गुणस्तरीयता पनि हुदैन।
अनि अस्वस्थ प्रतिशपर्धा सुरु हुन्छ। मैले बुझेको छु सुर्खेतका एफ.एम रेडियोमा कार्यक्रम संचालन गर्ने संचारकर्मीहरु मासिक पारिश्रमिक पनि नपाएर काम गरिरहेको अवस्था छ। आखिर निशुल्क गरिएको कामको पनि कुनै मुल्य होला र। फेरी निशुल्क काम गराउन बानि परेका हाम्रा संचारमाध्यमहरु पत्रकारलाई परिश्रमिक दिने कुरामा किन लोप गरिरहेका होलान म आफै दंग परेको छु।
पछिल्लो समयमा संचारकर्मी र संचारमाध्यामहरु व्यवसायी बन्ने प्रयास त भएका छन् तर अझ व्यवसायिक विकास हुन भने सकेकै छैन्। संचारमाध्यमबाट सुचना प्रशारण, प्रकाशन गर्न मानिसहरु बानि परिसेका छैनन्। संचारमाध्यामको महत्व बुझ्न अझैपनि समय लाग्ने मैले ठानेको छु। मानिसहरु संचारमाध्यमलाई निशुल्क अधिक मात्रामा प्रयोग गर्ने गरेका छन्।
सुर्खेतका संचारकर्मीहरुमा आर्थिक मन्दीले सताईरहेको अवस्था छ। आर्थिक मन्दी छ संचारकर्मीमा नाम, सान अनुसारको दाम नपाउँदै धेरैले आफ्नो पेशा छोडनुपर्ने अवस्थामा पुगिसकेका छन्। त्यसैले संचार माध्यमहरुलाई व्यवसायीक गराउँदै संचारकर्मीलाई आत्मनिर्भर गराउन सकेमा राम्रो हुने मैले ठानेको छु।
संचारकर्मीहरु थोरै पारिश्रमिकमा धेरै समयम काम गर्नुपर्ने बाध्यता रहेको छ। धेरै समय थोरै पारिश्रमिकमा विक्रि गर्नुपर्ने बाध्यता रहेका हाम्रा संचारकर्मीको भविष्य कुन रुपमा जाने हो सवै दोधारमा रहेका छन्। अपेक्षा अनुसारको पारिश्रमिक नपाउँदा धेरै संचारकर्मी क्षमता हुँदा हुँदैपनि पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका छन्।
पत्रकार पारिश्रमिक ऐन कार्यान्वयनका कुरा त धेरै भाषणमा हुन्छन तर व्यवहारीक रुपमा कार्यान्वय भने हुन सकेको छैन्। संचार संस्थाहरुले संचारकर्मीहरुको श्रम शोषण गरिरहेको अवस्था छ। धेरै समय काममा लगाउँने तर काम अनुसारको दाम भने नदिने अवस्था रहेको छ।
श्रम शोषण गर्न बानि परेका हाम्रा संचार गृहका मालिकहरुलाई कुनै चिन्ता छैन् कामलाई गुणस्तरीय गराउने, संचार माध्यामलाई व्यवसायिक गराउने र संचारकर्मीको श्रम अनुसारको पारिश्रमिक दिनुपर्ने उनीहरुको मानसपटलमा कुनै सोच नभएको जस्तो मैले बुझेको छु।
पछिल्लो समयमा संचारमाध्यमहरु राजनीति गर्ने माध्यम बनेका छन्। आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि संचारमाध्यममा लगानि गर्ने, व्यवसायिक पत्रकारीतालाई विस्थापित गर्ने प्रयासहरु भैरहेका छन्।
संचारमाध्यमलाई गुणस्तरीय, प्रभावकारी बनाउनका लागि श्रम अनुसारको पारिश्रमकि दिनुपर्छ। दक्षता क्षमता भएका व्यक्तिहरुलाई संचारगृहले सेवा सुविधा दिन सक्नु पर्छ।
अन्यथा संचारमाध्यममा नयाँ नयाँ अनुहार आउने फर्किने अर्कोबाटो रोज्ने काम हुन सक्छ। तपाई हामी संचारकर्मी सचेत बनौं श्रम अनुसारको परिश्रमको माग गरौं निशुल्क भन्ने कुनैपनि काम नगरौं , आफुलाई ईमान्दार व्यवसायिक बनाउने प्रयास गरौं यो मेरो श्रमजिवि सम्पुर्ण पत्रकारहरुलाई यहि अग्रिम जानकारी गराउन चाहन्छु। सुझाव प्रदान गर्न चाहन्छु।
संचारकर्मी आत्मनिर्भर हुनुभनेको नै, संचारमाध्यम शसक्त रुपमा अगाडि बनाउनु हो। तसर्थ संचारकर्मीको परिश्रम अनुसारको पारिश्रमिको व्यवस्था समेत हुन आवश्यक रहेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu