स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बानको बोलीमा बरालिए गिरिजाबाबु

नेपालमा शान्ति प्रक्रिया भंग हुने कुनै चिन्ता छैन, त्यसैले अनमिनको आवश्यकता छैन भन्न सक्नुपर्‍यो। आफै डिफेक्टो प्रधानमन्त्री रहेको सरकारले अनमिनको म्याद थप्ने तर उसले प्रतिवेदनमा दिएको तर्कको भने खण्डन गर्ने– धर्म र मर्यादा कुनै अर्थमा पनि एक नेताका लागि स्वाभाविक विषय हुन सक्तैन।

कपिल काफ्ले

'गिरिजाप्रसादको कद' शीर्षकमा पत्रकार कनकमणि दीक्षित लेख्छन्, 'राजनीतिमा गिरिजाप्रसादले केही धृष्टता देखाए वा चतुर्‍याइँ गरे भने त्यसमा आश्चर्य मान्नुपर्ने कारण छैन, सायद। प्रतिस्पर्धाद्वारा अरुलाई उछिनेर अगाडि बढ्नु यस पेसाको धर्म हो, मात्र मर्यादा नाघ्ने काम गर्नुहुन्न र हिंसाको प्रयोग वर्चित हुनुपर्छ।' देखेको मुलुकका लेखक दीक्षितले उद्धृत हरफका दुई शव्द धर्म र मर्यादालाई 'इन्भर्टेड कमा' दिएका छन्। यसको अर्थ हो, धर्म र मर्यादाका सम्बन्धमा स्थापित मान्यता लेखकका लागि पर्याप्त छैन। उनी यी शव्दको विशेष अर्थ खोज्न चाहन्छन्।

त्यसो त धर्म र मर्यादामा गिरिजाप्रसादलाई कसी लगाउनु ठूलो जोखिम मोल्नु मात्र हो। किनभने केलाई धर्म भन्ने र केलाई मर्यादा मान्ने भन्ने मुद्दा त्रेता युगका राजा रामका पालामा पनि विबादकै विषय थियो। जनताले भने भनेर गर्भवती श्रीमती सीतालाई जंगलमा छोड्नु धर्म र मर्यादाको विषय होइन भन्नेहरु एकातिर छन् भने उनलाई मर्यादापुरुष मान्नेको भीड पनि सानो छैन। एकातिर धर्म र मर्यादा सापेक्षताको आधारमा व्याख्या गर्नुपर्ने विषय हो भने गिरिजाप्रसादस्वयं एउटा सन्दर्भको परिधिमा अटाउन नसकिने व्यक्तित्व हुन्। यस्ता विषयमा हात हाल्नु भनेको दलदलमा फस्नु मात्र हो। तर जब उनले कोसौं टाढा रहेका संयुक्त राष्ट्रसंघका महासचिव बान कि–मुनलाई चुनौती दिने जोखिम मोले भने यस लेखकले आफ्नै घरका नेता गिरिजाप्रसादका बारेमा केही बोल्ने तत्परता नदेखाउने कुरै भएन। स्थान–मान दुरीको सन्दर्भ स्वयं गिरिजाप्रसादले पनि उठाएका छन्। उनले नेपालस्थित युरोपेली संघमा आबद्ध देशका कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग भने,'राष्ट्रसंघका महासचिव बान कि–मुन नेपालभन्दा धेरै टाढा हुनुहुन्छ, अनमिनले जे प्रतिवेदन दियो, त्यसकै आधारमा नेपालमा शान्ति प्रक्रिया भंग हुने चिन्ता रहेको जानकारी सुरक्षा परिषद्लाई गराउनुहुन्छ! तर यहाँ त्यस्तो कुनै चिन्ता छैन।'

नेपालस्थित राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद अरु तीन महिनाका लागि थप्न आवश्यक रहेको जिकिर गर्दै महासचिव बानले नेपालको शान्ति प्रक्रिया अझै चिन्ताजनक अवस्थामा छ भनेका हुन् भने नेता गिरिजाप्रसादको टिप्पणी 'म हुँदाहुँदै कहाँ चिन्ताजनक हुन्छ,' भन्ने अभिमानको उत्पादन मात्र हो। यदि यो अभिमान मात्र होइन भने अनमिनको म्याद नथपेर देखाउन सक्नुपर्‍यो। नेपालमा शान्ति प्रक्रिया भंग हुने कुनै चिन्ता छैन, त्यसैले अनमिनको आवश्यकता छैन भन्न सक्नुपर्‍यो। आफै डिफेक्टो प्रधानमन्त्री रहेको सरकारले अनमिनको म्याद थप्ने तर उसले प्रतिवेदनमा दिएको तर्कको भने खण्डन गर्ने– धर्म र मर्यादा कुनै अर्थमा पनि एक नेताका लागि स्वाभाविक विषय हुन सक्तैन।

तर राजनीतिक चातुर्यका लागि भने यो विषय महत्वपूर्ण हुनसक्छ। शान्ति प्रक्रियालाई सफल पार्ने प्रयोजनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रहेका गिरिजाप्रसादले बानको प्रतिबेदनप्रति समर्थन जनाउनु उनको नेतृत्व असफल भएको अर्थ लाग्ने विषय थियो। प्रधानमन्त्री माधवकुमार नेपाललाई सो संयन्त्रमा समावेश गराउनुहुन्न भनेर नजिकै राजमार्गमा दौडिएका पुष्पकमल दाहाल प्रचण्डलाई यान्त्रिक ढंगले फनक्क फर्काउन सक्ने उनका लागि सात समुद्रपारिकका बानलाई थर्काउनु कुनै असजिलो थिएन। फेरि ठूला मानिसलाई थर्काउँदा आर्जन हुने चर्चा पनि ठूलै हुन्छ। यस चर्चाको लोभ संहरण गर्नु गिरिजाप्रसादजस्ता चतुर नेताका लागि सहज काम होइन। जस्तो, पत्रकार दीक्षितले भनेका छन्, 'राजनीतिमा गिरिजाप्रसादले केही धृष्टता देखाए वा चतुर्‍याइँ गरे भने त्यसमा आश्चर्य मान्नुपर्ने कारण छैन, सायद।' लेखकले नम्रताका लागि अन्त्यमा 'सादय' को बुर्का लगाइदिए पनि नियालेर हेर्दा उनी धृष्टता र चातुर्य देखाउँन मन पराउने नेता हुन् भन्ने यथार्थ प्रकट हुन्छ। महासचिव बानको बोलीलाई भुईँमा खस्नै नदिएर जसरी उनले समाए, त्यसमा पनि त्यही स्वभाव प्रकट भएको छ। तर यस पटक उनी नराम्रोसँग पछारिए। अनमिनको म्याद थप्ने निर्णय उनी पछारिएको बलियो प्रमाण हो।

वस्तुतः बान कि–मुनले प्रस्तुत गरेको प्रतिवेदनमा अस्वाभाविकता केही छैन– एक जनताको नजरबाट हेर्दा। जनताले देखेको सत्य के हो भने एनेकपा माओवादी र अन्य दलहरुबीच अस्वाभाविक ढंगले दूरी बढेको छ। माओवादी अध्यक्ष प्रचण्ड नेपाल सरकार र अन्य राजनीतिक दलका नेतासँग वार्ता गर्नसम्म नचाहँने, वार्ताका लागि भारतको नयाँदिल्लीलाई गुहार्ने मनस्थितिमा देखिएका छन्। राष्ट्रपति रामवरण यादवले आफ्नो निर्णय नसच्याए विधायिका संसद्को प्रमुख प्रतिपक्षी तथा सबैभन्दा ठूलो दल माओवादीले लगातार मुलुक ठप्प पारिरहने, संसद्को वैठक बस्ने–नबस्ने कुरा पनि उसकै कृपामा निर्भर गर्ने, नेपालबन्द र आमहड्तालजस्ता घातक कार्यक्रम नियमित चलिरहने तर दलका नेताहरु कहिल्यै सहमतिमा नपुग्ने भएपछि शान्ति प्रक्रिया सफल होला, समयमा संविधा बन्ला भनेर कसरी विश्वास गर्ने! राष्ट्रपति यादव कुनै पनि हालतमा आफ्नो बोली नसच्याउने र त्यसो नगरेसम्म माओवादी राज्य सञ्चालनमा पर्खाल बनेर खडा हुने भएपछि 'शान्ति प्रक्रिया टुट्ने त्रास बढ्यो' भन्न किन हिचकिचाउनु!

यद्यपि जनताका अगाडि एक–आपसमा उग्र विरोध प्रकट गर्ने नेताहरु रात्रीभोजहरुमा अंकमाल गरिरहेका पनि भेटिन्छन् भन्ने जानकारी प्रकाशमा आएको छ। तर शान्ति प्रक्रिया गोप्य कुनै कोठामा हुने कसैको निजी मामिला होइन। यो वृहद् शान्ति सम्झौताजस्तै प्रकट रुपमा व्यापक ढंगले सम्पादन हुनुपर्ने विषय हो। मुलुकका जनता र विश्वले थाहा पाउने गरी सबैलाई साक्षी राखेर पूरा गर्नु पर्ने सन्दर्भका लागि उपयुक्त वातावरण नदेखेका कारण बानले जस्तै नेपाली जनताले पनि दलहरुप्रति असन्तोष प्रकट गरिरहेका छन्। हो, शान्ति प्रक्रियाका सन्दर्भमा नेपाली जनताको असन्तोष अनमिनप्रति पनि छ, जुन सत्य बानको प्रतिवेदनमा उजागर हुन सकेको छैन। अनमिन एनेकपा माओवादीले शान्ति प्रक्रियाविरुद्ध हुने दर्जनौं गतिविधि प्रदर्शन गरिरहेको टुलुटुलु हेरिरहन्छ, कुनै सुझाब दिने र सतर्क गराउँने काम गर्दैन। नेपाली सेना, सरकारमा रहेका दल र सरकारका हरेक कमजोरीमा तारो साँधेर बसेको अनमिन माओवादीले जनताको बाली लुट्दा, सर्वसाधारणमाथि आक्रमण गर्दा र जबरजस्ती चन्दा असुल्दा पनि तस्वीरका कृष्णजी हाँसेझैं हाँसेर बस्छ।

अनमिलने शान्ति प्रक्रिया सफल बनाउन मुलुकका तीन प्रमुख राजनीतिक दलको गठबन्धन मात्र पर्याप्त छ भनेझैं गरिरहेको छ। तराईको प्रतिनिधित्वलाई बेवास्ता गरिरहेको छ। स्थायी शान्तिका लागि तराईवादी दललाई समेटेर अगाडि बढ्नु आवश्यक छ भन्ने सत्य अनमिनले बुझ्दैन र आफ्ना कमजोरी प्रतिवेदनमा समेट्दैन भने, उसको आलोचना नगरे कसको गर्ने! तर कुरा कति मात्र हो भने गिरिजाप्रसादले जुन कमजोरी देखाए, त्यो चाहिं अनमिनको कमजोरी होइन। खास कमजोरी त उनले देख्दै देखेनन्!


कपिल काफ्ले




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ