स्तम्भ - विशेष
-
जनपक्षिय संबिधान किन
नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी
-
´जातीय आधारको संघियता´ मेरो दृष्टिमा
संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल
संवाद
-
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका वर्तमान अध्यक्ष सुबोध कुमार कर्णज्यूले संस्थाको इतिहाँसमा पहिलो पटक संस्थाको गरिमालाई कायम राख्न कडा रुपमा प्रस्तुत भई सो मा सफल समेत हुनु भएको छ।
प्रस्तुत छ यसै विषयलाई लिएर श्री कर्णज्युसंग गरिएको ताजा कुराकानीः
-
´मलाई जनताको आशीर्वाद छ´
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार

साहित्य
विदेश
वाल बगैँचा
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): २७९५०।००
सुन (तेजाबी): २७७७०।००
चाँदी: ४२८।५०



राष्ट्र र राष्ट्रियता एकार्काका परिपूरक हुन । बिना राष्ट्र राष्ट्रियताको अस्तित्व रहन्न भने कमजोर राष्ट्रियता सहितको राष्ट्र जीर्ण रोगी जस्तै हो र समयमा नै सो रोग निराकरणतर्फ यथोचित कार्यतत्परता नदर्शाइएको खण्डमा सो राष्ट्रको अस्तित्व कुनै पनि बेला समाप्त पनि हुन सक्छ अथवा त्यस्तो अवस्था नआए तापनि मुलुक ठूलो समस्याको भुमरीमा पर्न सक्छ । यस्तो अवस्था मूलत: प्रतिकूल आर्थिक एबं भू-राजनीतिक अबस्था र बलियाले कमजोर अवस्थामा रहेकहरुको साधन र श्रोतमाथि आधिपात्य जमाउन खोज्दा अथवा त्यस किसिमको रणनीति लिंदा सिर्जना हुने गर्दछ । अलि सम्पन्नले आफूभन्दा कमजोरको कमजोरीको फायदा लिएर आफ्नो अनुकूलको वातावरण सिर्जना गर्न हरेक संभाबित संभावनाहरुलाई अपनाउने सामान्य मानवीय स्वभाब सामान्यत जहाँ पनि देखिन्छ र यही नियम राष्ट्र राष्ट्र बीच पनि उत्तिकै लागु हुने गर्दछ । कमजोर पक्षको कमजोरीको फायदा लिने यस किसिमको स्वाभाबिक प्रकृयामा कमजोर पक्षमा स्वाभिमानको अभाब भएकाहरुको हाबी बढी भएमा सम्पन्नहरुको अरु थप चलखेलले अनुकूल वातावरण पाउनु स्वाभाबिक हो । यस किसिमको अवस्थामा कमजोर पक्ष झन झन कमजोर हुँदै जाने संभावना प्रवल हुँदै जान्छ शक्ति सन्तुलनका खातिर बिशेष शक्ति र बातावरण तयार नहुँदासम्म । 



