स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

असल अविभावक बन्ने केही उपायहरु

काठमाडौं, (दैनिकी)

आजको आधुनिक जमानामा बच्चालाई सम्हाल्न त्यति सजिलो छैन । असल अभिभावक बन्न सबै अभिभावकहरुलाई चुनौतीको विषय बनेको छ । यदि बच्चालाई समझदारीका साथ सम्हाल्न सकिएन भने उनीहरुलाई दिमागमा ठुलो असर पर्न सक्छ । यदि तपाई आफ्नो बच्चालाई अनुशासित, जिम्मेवार र सबैको प्रिय बनाउन चाहानुहुन्छ भने र तपाई आदर्श अभिभावक बन्न चाहानुहुन्छ भने तलका तरिकाहरु अपनाउन सक्नुहुन्छ ।

१) बच्चाका सबै कुरा नकार्नु हुदैन र उनीहरुलाई गाली नगरी प्रेमले सम्झाउने गर्नुपर्छ, साथीहरुको अगाडी गाली गर्नु हुन्न।

२) जब तपाईको बच्चाले कुनै काम गर्ने इच्छा गरे उसको प्रशंसा गर्न पछि नपर्नुहोस् किन भने आमाबुबाको प्रशंसा बच्चाको लागि प्रेरणाको स्रोत हुनेगर्छ र यसले गर्दा उसलाई भविष्यमा अझ राम्रो काम गर्ने इच्छा जगाउँछ।

३) बच्चालाई बाल्यकालदेखि नै “सरी” र “थ्यांक यू” जस्ता शब्दहरुको प्रयोग गर्न सिकाउनु पर्छ। घरमा आएका अथितिहरुलाई सम्मान गर्न सिकाउनु पर्छ।

४) कहिले काँही बच्चाहरुको जिद्धिपन पनि स्वीकार्न सक्नुपर्छ । जिद्धिपना बाल स्वभाव नै हो त्यसैले यसलाई समझदारीका साथ सम्हाल्ने गरेमा बिस्तारै बच्चाहरुको जिद्धिपना कम हुँदै जान्छ।

५) अभिभावकले बच्चाको कुराहरु सुन्नुपर्छ, उनीहरुलाई पनि बोल्ने मौका दिनुपर्छ । उनीहरुका कुरा ध्यान पुर्वक सुन्नुपर्छ । बाल मनोविज्ञानका अनुसार बच्चालाई कुरा गर्ने मौका दिँदा उसलाई सही दिशानिर्देश दिन सकिन्छ ।

६) बच्चासँग साथीजस्तो व्यवहार गर्ने तर अभिभावकको अधिकार आफैसँग राख्ने गरेमा बच्चालाई सही मार्ग निर्देशन गर्न सजिलो हुन्छ ।

७) बच्चाहरुलाई कहिल्यै तुलना गर्नुहुँदैन । यसले बच्चामा हिनताबोधको भावना उत्पन्न गराउँछ । प्रत्येक बच्चामा अलग अलग गुण हुन्छ । बच्चाहरुको राम्रो गुणको प्रशंसा गर्नु अभिभावकको कतव्य हो ।

८) बच्चालाई बाँड्ने बानी सिकाउँनु पर्छ । खेलैना होस् या खाने कुरा होस् उसका साथीहरु त्था भाई बहिनीहरुसँग बाँडेर वा मिलेर खेल्ने बानी बसाल्ने गराउनु पर्छ । यसबाट बच्चालाई सामाजिक हुन सिकाउछ ।

९) आप्ना बच्चालाई रिस, ईर्ष्या तथा द्वेषको भावनालाई प्रेरित गर्नुहुदैन । प्रत्येक कुरामा प्रतिक्रिया दिन लगाउनु हुन्न ।

१०) बच्चाले अनुसाशन घरबाट नै सिक्छ । त्यसको लागि आफु स्वयं अनुसासित र जिम्मेवार हुनपर्छ ।

११) बच्चालाई आफ्नो पारिवारिक र आपसी झगडाको हिस्सा नबनाउने र यस्ता प्रकारका झगडामा पनि सामेल गराउनु हुन्न।

१२) बच्चासँग धेरै अपेक्षा नराख्ने । प्रायः अभिभावक आफ्नो अधुरा महत्वकांक्षा आफ्नो सन्तानले साकार गरोस् भन्ने ठान्छन् तर यो गलत हो ।

१३) बच्चाको सामुन्ने नकारात्मक तथा अपशब्दहरुको प्रयोग नगर्ने र बच्चाको सामुन्ने झुठ पनि नबोल्ने किनकी जस्तो तपाई बोल्नुहुन्छ त्यसको प्रभाव बच्चामा पर्छ ।

१४) अभिभावकले बच्चाको लागि पनि समय निकाल्ने गर्नुपर्छ र बच्चाको दिनचर्यामा पनि सामिल हुनुपर्छ यसले बच्चाको सम्पुर्ण विकासमा टेवा पुर्याउछ ।

१५) कार्यक्रम वा पारिवारिक जमघटमा बच्चालाई पनि सामेल गराउनुपर्छ । यसले बच्चालाई सामाजिक बनाउछ र हाम्रो परम्पराबाट बच्चाले धेरै कुरा सिक्ने मौका पाउँछ ।

१६) बच्चाका जिज्ञासा वा कौतुहलतामा नरिसाई समझदारीका साथ कौतुहलता मेटाउने र उसका जिज्ञासालाई शान्त पार्नुपर्छ।

१७) बच्चालाई धेरै छुट दिनु हुदैन यसले बच्चालाई लापरबाही बनाउन सक्छ। बच्चालाई कुनै पनि स्वतन्त्रता दिनु भन्दा पहिले उसको जरुरत भन्दा बढी नदिने ताकि उसले सबै चिज वा भावनाको कदर गर्न सकोस् ।

१८) बच्चालाई आत्मनिर्भर बन्न सिकाउनु पर्छ। उसका साना साना काम आफै गर्न लगाउने गर्नुपर्छ। यस्तो गर्दा बाल्यवस्था देखि नै बच्चाहरु जिम्मेवार तथा आत्मनिर्भर बनाउन सिकाउँछ।

यस्ता कुराहरुलाई ध्यानमा राखी बच्चाको दिनचर्यामा सुधार गरी तपाई एक आदर्श अभिभावकको भुमिका निभाउन सक्नुहुन्छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


जीवन - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ