स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

कुन सेनापतिले के के गरे?

विगतको नेपालमा सेना अचम्मको हुकुमी तालले चलेको थियो । दरबारले भबिष्यमा जसलाई सेनापति बनाउने हो,त्यसैलाई कोर्श गराउंदै लगिने हुनाले जनताको छोरो जति सक्षम भए पनि सेनापति बन्न सक्दैनथ्यो । दरबारलाई प्यारो र भरोषा दिन सक्ने अधिकृत सेनापति हुन्थ्यो ।

रामप्रसाद पोखरेल

विगतको नेपालमा सेना अचम्मको हुकुमी तालले चलेको थियो । दरबारले भबिष्यमा जसलाई सेनापति बनाउने हो,त्यसैलाई कोर्श गराउंदै लगिने हुनाले जनताको छोरो जति सक्षम भए पनि सेनापति बन्न सक्दैनथ्यो । दरबारलाई प्यारो र भरोषा दिन सक्ने अधिकृत सेनापति हुन्थ्यो । प्रज्वल शम्शेरले आफ्नो मान्छेलाई सेनापति बनाउने लाईन मिलाउंदा तत्कालिन असहज राजनैतिक परिवेशका कारण प्रथम पटक जनताको तर्फबाट टुहुरो कट्वालले सेनापति बन्ने मौका भेटे । २०४५ देखि हाल सम्मका सेनापति आंफू बन्नुबाहेक संस्था तथा राज्यको लागि केही गरेनन् । बरु बिभिन्न परिबेशका कारण सेनालाई बर्बात पारे । कुन सेनापतिले आफ्नो कार्यकालमा के के गरे?हेरौं ।
मुख बाङ्गो भए पनि हक्की र परिश्रमी सेनापति थिए सच्चित शमशेर,ती बिचरा राजतन्त्रको लागि बोल्दा बोल्दै बिते । यिनैको पालामा चिनबाट १९६७ मोडलको आकाशभेदी केहि हतियार र १ लिटर पेट्रोलले १ कि. मि. गुड्ने गाडीहरु भित्रिए । जुन गाडी आज पनि सेनालाई सेतो हात्ती भएको छ । चिन संगको यी हतियारको कारण सेना र दरबार संग भारत रिसायो र नेपाल बिरुद्ध आर्थिक नाकाबन्दी गर्यो । भारतको हात माथि पर्रयो,त्यसको कारण नेपालमा केहि गर्न पर्दा अहिले पनि दिल्ली जानु पर्ने भयो । त्रिशुली सोमदाड. सडक यिनैको पालामा सेनाद्धारा निर्माण गरियो,सेनाले राज्यको बिकासको लागि गरेको यो राम्रो नमुना हो । तर साथमा पुर्व नेपालबाट चप्पलमा काठमाडौं छिरेका कुमार फुदुङ यहिं बाट करोडौं कमाउन शुरु गरि संभार रथी सम्म बनेर अरबौं कमाए र माओबादीमा छिरेपछि भष्टाचार मुक्त भई नागरिक सर्वोच्चता कायम गरे ।

नाम गरुड भए पनि गिद्धको जस्तो बुद्धि भएका गरुड शम्शेर त्यसपछि सेनापति भए । यिनैको पालामा यु. एन.बाट १०० पर्यबेक्षक अधिकृत माग भै आएकोमा जुनियर अधिकृत धनी बने भने हाम्रा छोरी बुहारी ताक्छन् भनेर उक्त अवशरबाट अधिकृत बन्चित गराए । यिनको पालामा सेनामा भष्टाचार ब्यापक भएको थियो । रु ३० पर्ने इन्टे्चिङग टुल असी हजार सेनाका लागि रु ३०० को खरिद बिल बनाई र करोडौं पर्ने कम्प्युटरको पार्टस् स्टोर दाखिला नै नगरि भुक्तानी दिलाउने जर्नेल योगेन्द्र प्रतापको तजबिजमा जघन्य भष्टाचार भएको थियो । यसैका कारण यी सेनापतिले आफ्नो कार्यकाल पुरा नगरी बलपुर्वकको राजिनामा दिनु परेको थियो ।

लम्बाई र चौडाइ बराबर भएका महिषाशुर जस्तै देखिने धर्मपाल त्यस पछि सेनापति बने । यिनले दरबारको चाकडी र नेपालटारमा आफ्नो घर बनाउनु बाहेक केही गरेनन् । यिनैको पालामा विद्रोहले फैलिने मौका पायो,यिनले सेना सुताएर राखे । यिनले बैरा,असक्षम र स्टाफ कलेज गर्न नसकेका स्यालहरुलाई कर्नेल बनाउने रिति बसाले । सेनापति भएपछि कम्प्युटर सिकेर यिनले सेवाको आधा समय निलो फिल्म हेरेर बिताए । सेनाको सबै भन्दा दयनिय अबस्था यसै बेला थियो ।

मारुनी प्रज्वल शम्शेर त्यसपछि सेनापति भए । यिनैको पालामा सोच्न नसकिने दरबार हत्या काण्ड तथा बिद्रोहिले सेनामाथि धावा बोल्यो । सेनापति भएर यिनी जवाफदेही बन्नु परेन । ब्यारेकको हतियार खोसिए पछि सामान्य नियमले पनि फिर्ता लिन जाईलाग्नु पर्नेमा यिनले सत्ता मोहमा लटारो खेलेका असक्षम पार्टीहरुको इसारा पर्खेर बसे । जसको कारण सेना परिचालन ढिला भयो, त्यसको असर हाल देश अनश्चित भविष्यमा फसिरहेछ । काला वर्णका अधिकृतलाई मन नपराउने यिनले सेनापति आवाश राम्रो बनाउने र जंगी अड्डाको चर्पी मरामत बाहेक केहि गरेनन् । यिनैको पालामा चिफको लाइन मिलाउंदा बहिनी ज्वाइं सदीप शाहले अवकाश पाए, दरबारको सेनापति बनाउने खेल बिग्रीयो, यहि क्रम भंगका कारण रुकमाड.गत कटवाल सेनापतिको लाईनमा बसे ।

नारी भोगको योग परेका प्यारजंग त्यसपछि पोथी सेनापतिका नामले उदाए । यिनका श्रीमती तथा छोरीसंग उदण्ड दीपेन्द्रको बिशेष सम्बन्ध भएका कारण यी सेनापति भएका थिए । यी फितलो भएकै कारण फेाहर गल्लीमा उम्रने च्याउ जस्तै उम्रेका आतंकका मतियाराको पोषक डलर कृषक मानवअधिकारवादीका दबाबका कारण सेनाका केहि अधिकृतको भविष्य यिनले बर्बाद पारे । यिनकै पालामा सेनाले विद्रोहिबाट ठुलो क्षति ब्यहोर्नु पर्यो । यसै बेला सैनिक अस्पतालमा सिपाहिको लाश राख्ने ठाउं थिएन भने जंगी अड्डामा उच्च पदस्थले मस्तीगर्न खडा भएको श्रीमती संघ मार्फत मेला चलेको थियो,सेनाका नेतृत्व तह नशामा रम्दै थिए । अस्पतालमा पीडा र आंशुको भलमा वीरगति पाउनेका परिवार कोलाहलको बीच आफन्तको अन्तिम बिदाईमा मृत्युको प्रमाणपत्र बुझ्दै थिए, यता जंगी अड्डाको मेलामा राम्रो गर्नेलाई पोथी सेनापति प्यारजंग फूर्तिले ²सेनापति कदरपत्र² प्रदान गर्दै थिए । कस्तो बीडम्बना ? देश र जनताको त्यो बेलाको यथार्थ बुझी डेट एक्सपाएर थोत्रा पंचेको हुलको नाईके बनी राज्य चलाउने ज्ञानेन्द्रलाई सहि सल्लाह दिनु पर्नेमा यिनले ठिक छ सरकार भनी राज संस्थालाई धोका दिए । उनको नारी योग परेकै कारण केटी सेनामा भर्ना गर्ने चलन यिनैका पाला देखि चल्यो ।

त्यसपछि ओखलढुँगाबाट ल्याईएका टुहुरा कट्वाल सेनापति भए । हुन त दरबार नै घर भएका यी सेनापति हुनु नौलो होईन, सेनापति रोलक्रममा नपरेका यिनी प्रज्वल शम्शेरको चल्याखाइंले घांस खांदा यिनको भाग्य खुलेको थियो । यी नेपालका बहादुर सेनापतिमा पर्छन् ।आतंकको बिरुद्ध कडा रुपमा उत्रेका यिनी सेनापति भए पछि पनि बदलिएनन् । आतंकको हुल मिसिएको खेलमा देशको पवित्र सेनालाइ बिटुलो हुन दिएनन् । सेनाको नियमित भर्ना प्रकृया र ८ जना जर्नेलको बढुवा पनि कायमै गरे । यिनैका पालामा सेनाका दोस्रो ब्यक्ति कुलबहादुर खड्का केहि घण्टा भए पनि सेनापति भए, एकै सेनाको २ सेनापति भएको यो नेपालको सेनाको नौलो इतिहास हो ।राष्ट्पतिको राज्य जोगाउने कदमले गर्दा कट्वाल पुन सेनापति बने। यिनले सेना कही हो भन्ने देखाइदिएको कारण राजनैतिक नेताहरुलाई रक्षामन्त्री बन्ने होड चल्यो । बास्तबमा सेनाको अस्तित्व यिनैका कारण जोगियो ।
सैनिक रासनले पेट भरी खान नपुगेर कुपोषणले ग्रसित जस्ता देखिने ब्याक बेल्ट छत्रमान हाल सेनापति छन् । फिष्टोले आफ्नी आमालाई बांसको टुप्पोमा आंफु बस्दा बांस नुगेको कथा सुनाउंदा आमाले तेरा खुट्टीबाट चाल पाएं भने झंै,यिनको सक्कल कै कारण सेनाले के पाउने आशा गर्लान ? २०६० ताका आतंकलाई परास्त गरी जनतालाई सुरक्षा दिने जर्नेल तोरण लाई नेपालमा डलरको खेतीमा मौलाएका मानवअधिकारबादीबाट बिरोध हुंदाहुंदै यिनले बहादुरी साथ बढुवाको फुली लगाईदिए । २०६० ताकै जंगी अड्डामा हुंदा अन्तरराष्टि्य दबाबको चर्को कुरा गर्ने यिनी हाल सेनापति भएपछि त्यो थेग्न भने सक्षम भएछन् । कट्वालले कायम गरेको सैनिक सर्वोच्चता यिनले धान्न सके सेनाको अहोभाग्य हुनेछ, अनि भविष्यमा रक्षामन्त्रालय सबै राजनीतिक दलहरुको रोजाईको मन्त्रालय हुनेछ । सेनापति भएर जाति बिशेषको पर्वमा आंफू अति योग्य हुनाले सेनापति भएको दाबी गर्ने जातित्वबादमा फसेका यिनीबाट सेनाले केहि आशा नगरे हुन्छ । यिनले गरेको मुख्य काममा भविष्यको सेनापतिको रोलक्रममा भारतिय ज्वाइं ,बबर शम्शेरका नाति गौरव शम्शेर राणा लाई मिलाउन तोरण बहादुरलाई बढुवा दिलाए । यिनले आफ्नो कार्यकाल पुरा गर्न सक्लान? नसक्लान् शंकै छ ।


रामप्रसाद पोखरेल




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


विचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu