स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

नेपाली काँग्रेसको कमाउ अभियान, क्रियाशिल सदस्यता ´होलसेल´मा बिक्री

विदेशमा रहेका इमानदार काँग्रेसी रुष्ट, अवसरवादीलाई फाइदैफाइदा

किसनजी बस्नेत काठमाडौं

देशकै पूरानो एवम् ठूलो तथा ऐतिहासिक राजनैतिक पार्टी नेपाली काँग्रेस यतीबेला आफ्नो बाह्रौ महाधिवेशनको आन्तरिक तयारीमा जुटीरहेको छ । विगतमा भएको फूट र तत्पश्चातको एकिकरण पछि पनि केही जिल्लामा कार्यकर्ताबीच आन्तरिक मतभेद कायमै रहेको तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यता विवाद समेत देखिएकाले महाधिवेशनको तीथि नजिकादै गए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न हुने नहुने अन्योलता भने कायमै छ ।

महाधिवेशनकै शिलशिलामा नेपाली काँग्रेसले आफ्नो क्रियाशिल सदस्यको संख्या दुई लाख नघाउने जनाएको छ । उसले, आफ्ना क्रियाशिल सदस्यहरु त्यती छन् भन्ने जाने बुझेरै त्यस्तो घोषणा गरेको हो या हचुवाकै भरमा अर्थ संकलनका लागि मात्र 'खेतालालाई मकै भटमास बाँडेजस्तो' गर्न चाहेको हो, त्यो उसैले जान्ने विषय हो । किनकि, राजनीति भनेको नीतिहरु मध्ये उत्कृष्ट हो भने पार्टी भनेको राजनैतिक आस्थाको थलो हो । त्यहाँ सिद्धान्त र बिचारको प्रतिनिधित्व हुन्छ र हुनु पनि पर्दछ । तर, सक्रिय सदस्य बढाउने नाममा मापदण्ड र एउटा अवस्था बाहिर गएर अर्थ संकलनकै लागि जस्ता पायो त्यस्तै व्यक्तिलाई सक्रिय सदस्यता दिँदा इमानदार र त्यागी कार्यकर्ता पार्टीभित्र अपमानित हुनु पर्ने स्थितिकै कारण विस्तारै उनीहरु पार्टी गतिविधिबाट निस्त्रिmय हुँदै जाने र अवसरवादीले पार्टीको नेतृत्व हुत्याउने अवस्था सिर्जना भइरहेको छ । यस्तो प्रवृति नेपालका प्रायःजसो राजनैतिक दलभित्र रोगकै रुपमा देखा परेको छ, बेलामौकामा पार्टीभित्र फुट र जुटको अवस्था आउनुको कारण पनि त्यही हो । त्यसैले त यहाँ धनसम्पत्ति हुनेहरु मात्रै राजनीतिमा सफल भएको देखिन्छ । जसले पैसाकै भरमा कार्यकर्ता परिचालन गर्न सक्छ, उसको राजनीति सफल मानिन्छ । तर, बिचार, दृष्टिकोण र आस्थाको राजनीति गर्नेहरु जहिल्यै पछाडि परीरहेका हुन्छन् । पार्टीको यस्तै हचुवा नीतिका कारण आफू नेताका रुपमा टिकिरहन पैसाकै भरमा आफ्ना हनुमानलाई सक्रिय सदस्य बनाउने तर, आफ्ना आलोचक या प्रतिश्पर्धीलाई लात हान्ने प्रवृति बढ्दै जानुको मुख्य कारण पनि त्यही हो ।

वास्तवमा जो राजनीतिक प्राणी हो, उसले आफ्नो आस्थाको राजनीतिलाई सक्रिय तुल्याइरहनका लागि कुनै एक राजनैतिक दलको क्रियाशिल सदस्यता लिएर आफूलाई त्यही दलको कार्यकर्ताका रुपमा चिनाउन चाहान्छ । यस पटक नेपाली काँग्रेसले विदेशमा रहेका आफ्ना कार्यकर्तालाई पनि समेटेर संगठन विस्तारका लागि अभियान थालेको छ । काँग्रेसले जुन देशमा पाँच सय भन्दा बढी सक्रिय सदस्य बनेका छन्, त्यो देशलाई पनि एउटा जिल्ला बराबरको मान्यता दिने भएपछि विदेशमा रहेका काँग्रेसीहरुमा पनि उत्साह त थपिएको छ । यो सकरात्मक पक्ष हो । तर, काँग्रेसले गरेको यो निर्णयप्रति सकरात्मक भन्दा नकरात्मक प्रतिक्रिया बढी आउन थालेका छन् । किनकि, पार्टीले सक्रिय सदस्यताका लागि यो-यो मापदण्ड भनेर तोक्नुको सट्टा धमाधम 'होलसेल' सक्रिय सदस्यता विक्री अभियान थालेपछि इमानदार र त्यागी कार्यकर्ताको मन भने दुख्न पुगेको देखिएको छ । उनीहरुले काँग्रेसको सक्रिय सदस्यता अभियानलाई 'आम्दानीका लागि हो कि इमानदार कार्यकर्तालाई संगठीत तुल्याउन ?' भनेर समेत प्रश्न गर्न थालेका छन् । उनीहरुका अनुसार काँग्रेसले तोकेअनुसार सक्रिय सदस्यता संख्या भारतमा बाहेक विदेशका अन्य कुनै पनि मुलुकमा नपुग्ने समेत दावी गर्न थालेका छन् । त्यसैले पनि भारत बाहेक अन्य ठाउँमा क्षेत्रगतरुपमा सक्रिय सदस्यता वितरण गरिनु पर्ने माग उनीहरुले उठाउन थालेका छन् ।
यसै विषयमा नेपालको एक स‌न्चार माध्यमलले विदेशका विभिन्न मुलुकमा रहेका सक्रिय काँग्रेससँग सम्पर्क गरेको थियो । उनीहरु प्रायः सबैको गुनासो उस्तै थियो । 'कसैलाई जिताउन र हराउनका लागि नभएर हामीलाई संगठनको मान्यता मात्रै चाहिएको हो', नेपाली जनसम्पर्क समिति, यूरोपका संयोजक दिल गुरुङले भने । यूरोपलाई एउटा क्षेत्र, अमेरिका महाद्धिपभित्र पर्ने मुलुकलाई समेटेर एउटा क्षेत्र, भारत बाहेक एशियाका अन्य मुलुकलाई एउटा क्षेत्र गरी संगठनको मान्यता दिइयो भने मात्र काँग्रेसमा सक्रिय सदस्यताको अर्थ रहने गुरुङको सुझाव छ । 'जुन देशमा काँग्रेसप्रति झुकाउ भएका नेपालीहरुको संख्या नै पाँच सय छैन भने सक्रिय सदस्य कसरी त्यो संख्यामा पुर्‍याउने ?' नेता गुरुङको प्रश्न थियो । उनकै जस्तो सुझाव खाडी मुलुकका काँग्रेसीले दिएका थिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


विचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu