स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

चीनद्वारा अमेरिकालाई चेतावनी

नँया पत्रिकाबाट

काठमाडौं, २० माघ

बेइजिङ/ अमेरिकी राष्ट्रपति बाराक ओबामा र दलाई लामाबीच कुनै प्रकारको भेटले अमेरिका र चीनको सम्बन्ध बिग्रनसक्ने चेतावनी चीनले दिएको छ ।
'अमेरिकी राष्ट्रपति ओबामा र तिब्बती आध्यात्मिक नेता दलाई लामाबीच कुनै प्रकारको भेटले चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारको गहिरो अवमूल्यन गर्छ,' चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त कार्यसमिति विभागका कार्यकारी निर्देशक जु वेइक्युनले भने । दलाई लामाका प्रतिनिधिसँग भएको वार्ताको जिम्मा वेइक्युनले लिएका थिए ।

यसै महिनाको अन्त्यतिर दलाई लामा अमेरिका जाने भएका छन् । लामाको यस भ्रमणका क्रममा ओबामा र उनको भेट हुनसक्ने अमेरिकी अधिकारीहरूले संकेत दिएपछि चीनको चेतावनी आएको हो ।
दलाई लामा केवल आध्यात्मिक नेता हुन् भन्ने दाबी गलत भएको वेइक्युनले पत्रकार सम्मेलनमा बताए । दलाई लामा पृथकतावादी समूहको नेता भएको पनि उनले बताए ।

लामासँग ओबामाको भेटको मिति तय गरिएको छैन । तर, गत महिना ह्वाइट हाउसका प्रवक्ता माइक हयाम्मरले भनेका थिए, 'दलाई लामासँग भेट्ने हाम्रो योजना रहेकोबारे राष्ट्रपतिले चीनलाई स्पष्ट पारिसकेका छन् ।'

अमेरिकाले ताइवानलाई ६ अर्ब ४० करोडको हतियार बेच्ने घोषणा शुक्रबार गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ । यो घोषणासँगै चीनले अमेरिकासँगका सबै सैन्य आदानप्रदान रोकेको छ । हतियार बिक्रीमा संलग्न अमेरिकी कम्पनीविरुद्ध नाकाबन्दी लगाउने चेतावनी पनि चीनले दिएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ