स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

तराई आर्मीका प्रमुखसहितद्वारा आत्मसमर्पण

कान्तिपुरबाट

रौतहट, २०६६ २१ माघ

प्रहरीको सर्वाधिक खोजिको सुचिमा रहेका भुमिगत सगठन तराई आर्मिका केन्दि्रय नेतासहित २ जनाले बुधबार जिल्ला प्रहरी कार्यालयमा हतियारसहित आत्मसमर्पण गरेका छन् । लामो समयदेखि चन्दा अपहरण तथा बम बिस्फोटमा सलग्न दुबैलाई राजनीतिक दलको पहलमा प्रहरीले आत्ममर्पण गराएको हो ।

प्रहरीले ६ महिना भित्रमा रौतहटमा दुई दर्जन भन्दाबढि भुमिगत सगठनका नेता तथा कार्यकर्तालाई आत्मसमर्पण गराईसकेको छ । रौतहटको रघुनाथ पुर गाबिस घर भएका भुमिगत सगठन तराई आर्मिका केन्दि्रय अध्यक्ष सञ्जय साह (मिस्टर सागर) र केन्दि्रय सदस्य बलीरामदास तत्मा (मिस्टर बिशाल) ले आत्मसमर्पण गरेका हुन । उनीहरुले एक थान नलकटुला पेस्तोल, एक थान थि्रफिफि्टी पेस्तोल र एक थान देशी राईफल र ६ राउण्ड गोली सहित आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक गोबिन्द थपलियाले बताए ।

स्थानीय सरमुजवा गाविसका मुखिया रामचन्द्र साह र मिठुअवा गाविसका सचिदानन्द साहको पहलमा उनीहरुले आत्मसमर्पण गरेको सचारकर्मीलाई बताए । तराई आर्मीका तत्कालिन केन्द्रिय मिस्टर जोन प्रहरी कारबाहीमा मारिए पछि केन्द्रिय कमाण्डको मोर्चा मिस्टर सागरले नै सम्हालेका थिए ।

तराई आर्मीले काठमाण्डौं, रौतहटको चन्द्रनिगाहपुर, कटहरिया, सर्लाही, पर्सा लगायतको स्थानमा बम बिस्फोट गराई एक दर्जन बढिको हत्या गरेको थियो । घट्नामा दुई दर्जन बढि घाईते भएका थिए । आत्मसमर्पण गरेका दुबैले पार्टीको नीति ठिक नभएकाले आत्मसमर्पण गरेको बताए ।

राजधानमा ०६४ भदौमा तराई आर्मिले नै बम बिस्फोट गराएको थियो । आत्मसमर्पण पछि सन्जय साहलाई प्रहरीले निगरानीमा राख्ने गरी छाडे पनि बलीराम दास तत्मा भने ब्यापारी अपहरणको मुद्धामा जाहेरी परेकाले प्रहरी हिरासतमा छन ।

प्रहरीले जिल्लाको बिभिन्न स्थानमा सर्च गरी पक्राउ गरेका जनतान्त्रीक ज्वाला समुहका एरिया ईन्चार्ज मधुसुधन राय जिल्ला सदस्य भुपेन्द्र यादब र कार्यकर्ता सुनिल यादबलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्बजनिक गरेको छ । प्रहरीले उनिहरुको साथमा रहेको ३ थान हतियार र गोली समेत बरामद गरेको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ