स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

पोखरामा ´बर्ड फ्लु´ आंशका

पोखरा, २०६६ २१ माघ

पंक्षीहरुमा लाग्ने अति घातक सरुवा रोग बर्ड फ्लू (एभियन इन्फुलुएञ्जा भाईरस) यहाँको घारीपाटनस्थित राधाकृष्णमार्गमा भेटिएको आंशका गरिएको छ ।

पोखरा-७ का ज्ञानबहादुर खड्काको घरका दुई सय बढि घरपालुवा पंक्षी एकैपटक मरेपछि गरिएको परीक्षणमा यस्तो आंशका गरिएको हो ।

खड्काको घरमा गत १२ गते १ सय ३५ हाँस र ७४ कुखुरा एकै रातमा मरेपछि नमुना संकलन गरी परीक्षण शुरु गरिएको थियो । नमुना क्रमशः क्षेत्रीय पशुरोग अन्वेशण प्रयोगशाला पोखरा, काठमाण्डौं र बेलायतमा थप परीक्षण गरेपनि सरकारले बर्ड फ्लूको आधिकारी पुष्टि गरेको छैन । मन्त्रिपरिषद्को बुधबारको बैठकले त्यस बारे जानकारी दिने जिम्मा कृषिमन्त्रीलाई दिएकोले स्वास्थ्यकर्मी र सर्वसाधरण अन्यौलमा परेका छन ।

संक्रमित पंक्षीका सम्पूर्ण श्राव र विर्सजनमा भाईरस रहने भएकोले त्यसको सम्र्पकमा आउनेमा यो भाईरस सर्छ । अति संक्रमित यो रोग लागेको पक्षीको सम्पर्कमा आउने मानिसमा सर्ने सम्भावना भएकोले सरकारले सुरक्षाका लागि क्रियाशिल रहन सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।

घरपालुवा र जंगली पंक्षी, सुंगुर, घोडा, मानिस प्रभावित हुन सक्ने भएकोले शर्तकताका लागि बिहानैदेखि विभिन्न टोली क्रियाशिल बनेका छन । पशु र मानिसको स्वास्थ्यसँग सरोकार राख्ने सरकारी निकायले टोली गठन गरिएको छ । क्षेत्रीय र जिल्ला तहका दुवै स्वास्थ्य कार्यालयहरुमा कन्ट्रोल रुम, निगरानी समुह, मेडिकल समुह, संचार समुह, तयार गरिएको छ ।

पोखरामा कुखुरा आयात र निर्यातमा रोक लगाइएको छ । शर्तक अबस्थामा रहन निर्देशन दिए लगतै तयारी अबस्थामा रहेपनि घोषणामा साँझसम्म ढिलाई गरिएका कारण स्वास्थ्यकर्मी र प्राबिधिकको टोली अन्यौलमा परेका थिए । 'शर्तक रहन भनिएकोले आवश्यक तयारी गरेका छौं' जिल्ला पशु स्वास्थ्य कार्यालयका बरिष्ठ पशुरोग बिशेषज्ञ डा. प्रकास श्रेष्ठले भने 'यस बारे सरकारले बोल्ने भएकोले हामीलाई यहि भन्न मिल्दैन ।'

यसअघि नेपालमा ०६५ फागुन १३ गते झापामा बर्ड फ्लू भेटिएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ