स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

जेठ १५ पछि पनि प्रजातन्त्र सुनिश्चित गरः जिम्मी कार्टर

ईकान्तिपुरबाट

काठमाडौं, फाल्गुन २१ -

संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले जेठ १५ गते आउन सक्ने कुनै पनि प्रकारको संकटमा प्रजातान्त्रिक प्रकृयाको निरन्तरता सुनिश्चित हुने योजना तयार गर्न आग्रह गरेका छन् ।

२०६७ साल जेठ १४ गते नयाँ संविधान जारी हुनुपर्ने समयसीमा कटेको अवस्थामा आउन सक्ने संकटको आंकलन गर्दै उनले त्यसपछि पनि प्रजातान्त्रिक प्रकृया बिना अवरोध निरन्तरता सुनिश्चितत गर्ने योजना तयार गर्न कार्टरले आग्रह गरेका हुन् । 'नयाँ संविधानको लागि मे २८ (जेठ १४) को समयसीमा द्रुत गतिमा नजिकै आउँदैछ' उनले बिहीबार नेपाली जनताको नाममा एक खुला पत्र लेख्दै भनेका छन्, 'मे २९ (जेठ १५) मा आउन सक्ने कुनै पनि प्रकारको संकटलाई रोक्न प्रजातान्त्रिक प्रक्रियाको बिना कुनै अवरोध निरन्तरता सुनिश्चित गर्न योजना तयार हुनुपर्छ ।'

उनले उच्चस्तरिय राजनीतिक संयन्त्रको निर्माण र नेताहरुबीचको वार्ता प्रयासले आफूलाई उत्साहित बनाएको उल्लेख गरेका छन् । 'माओवादी लडाकुहरुको समायोजन तथा पुनस्र्थापनाका लागि सरकारको भर्खरै प्रस्तावित कार्ययोजना स्वागतयोग्य छ' उनले भनेका छन्, 'म आशा गर्दछु कि दलहरु यस मुद्दामा राजनैतिक सहमतिमा पुग्न सक्षम हुनेछन् ।'

कार्टरले अयोग्य माओवादी लडाकूहरुको जारी बहिर्गमनका लागि सरकार, माओवादी र राष्ट्रसंघलाई धन्यवाद दिएका छन् । उनले संविधानसभाले मननयोग्य प्रगाति गरेकोमा पनि खुशी व्यक्त गरेका छन् ।

सबै पक्षहरुले उत्तेजक आलोचना तथा कार्यहरु रोक्नु पर्ने उल्लेख गर्दै अमेरिकी पूर्व राष्ट्रपति कार्टरले ऐतिहासिक शान्ति प्रक्रियाको मार्गदर्शक दस्तावेजमा समाहित शान्ति, प्रजातन्त्र, न्याय, मानव अधिकार, कानूनको राज्य तथा प्रेस स्वतन्त्रताका सिद्धान्तहरुमा फर्कन आग्रह गरेका छन् । कार्टर सेन्टरका अध्यक्ष उनी संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्न नेपाल आएका थिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाटमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu