स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

विद्यार्थीको पौने २ अर्ब अनिश्चित

कान्तिपुरबाट

काठमाडौ, फाल्गुन २२ -

बेलायत अध्ययनको 'भिसा लेटर' पाएका र त्यसका लागि आवेदन गरेका ५ हजार विद्यार्थीले कलेजलाई पठाएको करिब पौने २ अर्ब रुपैयाँ फिर्ता हुने/नहुने अनिश्चित भएको छ । बेलायत सरकारले ६ दिनअघि नेपाली विद्यार्थीका लागि भिसा आवेदन रोकेपछि यो स्थिति आएको हो ।

शैक्षिक परामर्शदाताहरूको संस्था (इक्यान) का महासचिव राजेन्द्र बरालका अनुसार 'भिसा लेटर' पाएका करिब २ हजार विद्यार्थी आवेदन मिति कुरेर बसेका छन् । भिसा लेटरका लागि आवेदन गर्नेको संख्या करिब ३ हजार छ । उनीहरूको आवेदन दिल्लीमा रोकिएको छ । उनीहरूले आवेदनसँगै विषयअनुसार करिब ३ देखि ४ हजार पाउन्डको बैंक ड्राफ्ट कलेजलाई पठाइ सकेका छन् ।

'बैंक ड्राफ्ट पठाएपछि मात्रै कलेजले भिसा लेटर पठाउँछ', महासचिव बरालले भने, 'नेपाली विद्यार्थीको झन्डै पौने २ अर्ब रुपैयाँ फसिसकेको छ, फिर्ता हुने/नहुने दूतावासले बताएको छैन । विद्यार्थी चाहिँदा लाने नचाहिँदा पूर्वसूचनाबिना बन्द गर्ने बेलायत सरकारको यो बहुलठ्ठी निर्णय हो ।'

यो इक्यानमा परामर्श लिन आएका विद्यार्थी तथ्यांकका आधारमा तयार रकम हो । उनले रकम योभन्दा बढी हुन सक्ने बताए । उनका अनुसार बेलायत सरकारको आकस्मिक निर्णयले भिसा आवेदनको मिति लिएर बसेका विद्यार्थी अन्योलमा छन् ।

'मैले बिहीबारको भिसा आवेदनको डेट लिएको थिएँ,' बेलायती दूतावासअघि भेटिएकी चितवनकी एक विद्यार्थीले भनिन्, 'बन्दले आवेदन दिन पाइएन, बैंक ब्यालेन्स र अन्य कागजात सबै तयार छ । अब भिसा लेटरका लागि पठाएको पैसा फिर्ता हुन्छ/हुन्न भन्ने चिन्ता छ ।'

उनीसँगै दूतावास परिसरमा भेटिएका विद्यार्थीले बेलायतको निर्णयले आफूहरू अन्योलमा परेको गुनासो गरे । भिसा लेटर पठाएका कलेजसमेत बेलायत सरकारको निलम्बनमा पारेका छन् । पछिल्लो एक महिनामा मापदण्डविपरीत चलेको भन्दै करिब सय कलेजलाई बेलायत सरकारले निलम्बन गरेको छ ।

'निलम्बनको मापदण्ड त्यति वैज्ञानिक छैन, यसले बेलायतको शिक्षा र पद्धति राम्रो छ भन्न अब हामीलाई गाह्रो छ,' बरालले भने, 'सबैभन्दा ठूलो अन्योल कलेजलाई पठाएको ड्राफ्ट फिर्ता हुन्छ/हुन्न भन्ने हो । पैसा फिर्ता नभए हामी अन्तर्राष्ट्रिय अदालत जानेछौं ।'

इक्यान अध्यक्ष उत्तमप्रसाद पन्तले बिहीबार आयोजित एक कार्यक्रममा यसबारे शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र बेलायती दूतावासलाई जानकारी गराउने तयारी भइरहेको बताएका थिए । बेलायत अध्ययनका लागि जाने विद्यार्थीको लगानीबारे अध्ययन गर्न इक्यानले शिक्षा मन्त्रालयका पूर्वसहसचिव लवप्रसाद त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

विद्यार्थीले पठाएको बैंक ड्राफ्टबारे शिक्षा मन्त्रालयले कुनै जानकारी नभएको जनाएको छ । 'विद्यार्थी लान नसक्ने भए कलेजले ड्राफ्ट रकम फिर्ता गनर्ुपर्छ,' मन्त्रालयको छात्रवृत्ति शाखा प्रमुख नारायणकृष्ण श्रेष्ठले भने, 'बैंक, परराष्ट्र मन्त्रालय र कूटनीतिक पहल जरुरी छ । त्यसको नैतिक जिम्मेवारी कन्सल्टेन्सीले लिनुपर्छ ।' मन्त्रालयमा बेलायतका लागि नो अब्जेक्सन लेटर लिन जानेहरू सोमबारदेखि शून्य छन् । मंसिरमा ४ हजार २ सय ५४ र पुसमा १ हजार ८ सय ९७ ले यस्तो लेटर लिएका थिए । 'सोमबारदेखि कोही आएका छैनन्,' श्रेष्ठले भने ।

नेपालस्थित बेलायती दूतावासका एक अधिकारीका अनुसार भिसा पाइसकेकालाई भने रोकिएको छैन । 'यो बेलायत सरकारको निर्णय हो,' भिसा लेटर पाएकाले भिसाका लागि आवेदन गर्न नपाएकाबारे ती अधिकरीले भने, 'केही समयका लागि भिसा आवेदन बन्द गरिएको छ, त्यसमा पुनर्विचार हुन सक्छ ।'





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ