स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने

रोहित कुमार मण्डल लहान, २१ माघ ।

राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष किशोरी महतोले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग अघि सारेको छ । सिरहाको लहानमा भएको राप्रपा नेपालका प्रथम जिल्ला अधिवेशनमा सो कुरा बताउनु भएको हो । नेपालमा हिन्दू धर्मावलम्बीहरुको बाहुल्यता रहेकाले हिन्दू राष्ट्रको पहिचानलाई कायमै राख्नुपर्ने बताएको छ । साथै, राष्ट्रिय जनावरको रुपमा गाईलाई नै राख्नुपर्ने माग सो संगठनले राखेको छ । उपाध्यक्ष महतोले धर्मनिरपेक्षता, राजसंस्था र संघीयताको स्वरुपको निर्णय जनमत संग्रहबाट गर्नुपर्ने बताउनुभयो । तोकिएको समयमै संविधान निर्माण नभए फेरि राजसंस्था पुनःस्थापना हुने दावी महतोको थियो ।
नयाँ संविधानमा मधेशका बिपन्न, दलित, पिछडिएको समूदायको हक अधिकार सुनिश्चित हुनुपर्ने बताएको छ । मधेशी समूदायको उत्थानप्रति मधेशवादी दलहरु उदासिन देखिएको आरोप समेत राप्रपा नेपालको लगाएको छ । कार्यक्रममा उपाध्यक्ष महतोले नेपाली जनताहरुले अत्यधिक महगाईको मार खेप्नु परेको हुनाले दैनिक रुपमा प्रयोग गर्दै आएका दैनिक उपभोग्य दाल, चिनी, मट्टितेल, मरमसलाजस्ता वस्तुहरुमा सय प्रतिशत नै भन्सार छुट हुनु पर्ने माग राखेका थिए ।
उहाँले २०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा शहीद भएका प्रथम शहीद रमेश महतोको ट्रष्ट निर्माणकोलागि शहीदका बाबु रवि महतो अध्यक्षतामा एकलाख एकहजार अनुदान गर्ने समेत कार्यक्रममा घोषणा गरेका थिए । राप्रपा नेपालको जिल्ला अध्यक्ष प्रमिला महतोको सभापतित्वमा सम्पन्न कार्यक्रमले निर्विरोध २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्षमा झौली महतो, सह-अध्यक्ष रामकृष्णप्रसाद यादव, उपाध्यक्ष रामुकमार यादव, आशा शर्मा, सचिव धानु महरा, सहसचिव महेन्द्र यादव, कोषाध्यक्ष मधुलाल यादव, सदस्यहरुमा रामसुन्दर मण्डल, काशिन्द्र यादव, रामलखन ठाकुर तथा मो. ताहिर हुसेन चयन भएको हो ।
कार्यक्रममा राप्रपा नेपालको केन्द्रीय सदस्य हरिनारायण यादव, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय उपाध्यक्ष अरुणकुमार पूर्वे, तराई मधेश संगठनका कोषाध्यक्ष रामाशंकर श्रीवास्तवलगायतकाले आफ्नो मन्तव्य राखेका थिए भने मधेशी शहीद रमेश महतोको बाबु रवि महतो र आमा रानोदेवी यादवलाईसमेत ओढनी ओढाएर कार्यक्रममा सम्मान गरिएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu