स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

रक्षकनै भक्षक

तोयानाथ भट्टर्राई इलाम,२३ माघ

इलाममा उत्पादन हुने जडिबुटी व्यापार गर्नेहरूले इलामबाट झापा पुर्‍याउँदा प्रति ट्रक २६ हजार गैरकानुनी कर तिर्नुपर्ने गरेको खुलासा भएको छ ।
व्यापारीले जिल्ला वन कार्यालयमा सङ्कलन पुर्जीको रकम बुझाएपनि रेञ्जपोष्ट ढाट लगायत २५ वटा निकायमा अवैध कर बुझाउनु पर्ने गरेको पाइएको हो ।
जडिबुटी उत्पादन र संरक्षणमा कृयाशील उच्च पहाडि जडिबुटी उत्पादक तथा संरक्षण संस्था इलामले सदरमुकाममा आयोजना गरेको जडिबुटी बजारीकरण सञ्जाल बिस्तार गोष्टिमा सो जानकारी दिइएको हो ।
व्यापारीले इलामको देउराली बजार निकासी करबाट अवैध कर बुझाउने गरेका छन् । व्यापारीले देउरालीमा निकासी तिर्ने बित्तिकै प्रहरी चौकी देउराली र देउराली रेञ्जपोष्टलाई समेत कर बुझाउने गरेका छन् ।
त्यसपछि वनले चुरेघाँटीमा कर उठाउने गरेको छ, प्रहरीले जिरो किलोमिटरमा र भञ्ज्याङको गोलाखर्क ढाटमा समेत रकम बुझाउनु पर्ने गरेको व्यापारीहरूलाई उधृत गर्दै संस्थाका दिपक लुङ्गेलीले जनाएका छन् ।
त्यसैगरी फिक्कल बजारमा बजार निकासी कर र फिक्कलमै रहेको रेञ्ज पोष्टले समेत कर उठाउने गरेका छन् । त्यसपछि झापाको पाँच स्थानमा समेत अवैध कर उठाउने गरेको पाइएको छ । झापाको बुधबारे रेञ्जपोष्ट, चारआली रेञ्जपोष्ट, धुलाबारीस्थित प्रही चौकी र झापा जिल्ला निकासी कर समेत बुझाउँदा प्रतिगाडि २६ हजारसम्म खर्च हुने गरेको बताइएको छ ।
यो सरकारले लिने वैध करको आधा हो । एक ट्रकमा ४४ मन जडिबुट्टी निकासी गरिने गरेको व्यापारीहरू बताउँने गरेका छन् ।

व्यापारीले सङ्कलन पुर्जी, छुट पुर्जी, जिल्ला निकासी कर र भन्सार गरेर ४४ मनको ४७ हजार ५२० रुपियाँ कर बुझाउने गरेका छन् ।
तर पछिल्लो समयमा सबै प्रकृया पुर्‍याउँदासमेत जिल्ला वन कार्यालय इलामले व्यापारीलाई झण्झट दिन थालेपछि उत्तरी भेगका कृषकको चिरैतो समेत नबिकेको कृषकहरूले गुनासो गरेका छन् । उच्च पहाडि जडिबुटी उत्पादक तथा संरक्षण संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाक सम्पर्ूण्ा प्रकृया पुर्‍याउँदा समेत वन कार्यालयले छुट पर्ुर्जी नदिएको बताए ।
पर्ुर्जीका लागि आग्रह गर्दा वन कार्यालयले व्यापारीसँग मात्र काम गर्ने बताएको संस्थाको भनाई छ । व्यापारीहरूले वन कार्यालयले व्यापारीसँग मोटो रकम कमिसन लिने गरेकाले संस्था वा समूहसँग त्यसरी काम गर्दा सो नपाउने भएपछि काममा ढिलाई गरेको हो ।
व्यापारीहरूलाई समेत वन कार्यालयले थप झण्झट दिने गरेको छ । वन कार्यालयको झण्झटले गर्दा कृषकहरूले उत्पादन गरेको चिराइतो सबै डिपोमै थुप्रिएको छ । त्यसले कृषकलाई प्रत्यक्ष मारमा पारेको कृषकहरू बताउँछन् । सुलुबुङ २ कि रमिला बुर्जा भन्छिन्, 'उत्पादन गरेको चिराइतो बेच्न पाइएन । के हामी भोकै मर्नुपर्ने ।
कृषकहरूले वन ऐन जडिबुटी कृषकका लागि गलाको पासो भएको समेत गुनासो गरे । दी माउण्टेन इन्स्िटच्यूट र उच्च पहाडी जुडिबुटी उत्पादन तथा संरक्षण संस्थाको पहलमा इलाम, पाँचथर र ताप्लेजुङका २१ सीमावर्ती गाविसमा जडिबुटी खेती शुरु गरेका छन् ।
यस क्षेत्रका चारहजार ७२५ किसानले एक हजार दुइसय हेक्टर क्षेत्रमा जडिबुटी खेती गर्न थालेका छन् । कृषकले गतवर्षमात्र एक करोड ४१ लाख ७० हजार ४२७ रुपियाँ नगद आम्दानी गरेको एक अनौपचारिक संस्थाले र्सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । तर यसवर्षवन कार्यालयले गरेको कडाइको कारण सोचेजस्तो व्यापार नभएको कृषकहरू बताउँछन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ