स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

झाले दौरासुरुवाल लगाएर मैथिली भाषामा शपथ लिने

काठमाडौं, २४ माघ (दैनिकी)

पदीयरुपमा निस्क्रिय रहनु भएका उपराष्ट्रपति परमानन्द झाले आइतबार दिउँसो पद तथा गोपनीयताको सपथ दोहोर्‍याएर लिनु हुने भएको छ । साढे तीनबजे राष्ट्रपतिको कार्यालय शितलनिवासमा राष्ट्रपति डा. रामवरण यादवले झालाई दोहोर्‍याएर सपथ खुवाउनु हुने भएको छ ।
झाले दौरासुरुवाल लगाएर मैथिली भाषामा शपथ लिन जाने जनाउनु भएको छ । निष्कृय उपराष्ट्रपति झाले मैथिली भाषामा शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा शनिबार पत्र पठाउनुभएको थियो ।
नेपाली भाषामा सपथ लिन नमानेपछि झाको पदलाई अदालतले निस्कृय बनाईदिएको थियो । उपराष्ट्रपति झाले आज आफ्नो मातृ भाषा मैथिलीमा सपथ लिनु हुने भएको छ ।
उपराष्ट्रपति झाले नेपालीको सट्टा हिन्दी भाषामा लिनुभएको शपथ सर्वोच्च अदालतले बदर गरिदिएको थियो । मातृभाषामा पनि शपथ लिन पाउनुपर्ने अडानमा कायम रहनुभएकाले उहााको पद आठ महिनादेखि निस्क्रिय अवस्थामा छ ।
सातौँ संशोधनपछि राष्ट्रपति र उपराष्ट्रपतिले मातृभाषामा पनि शपथ लिनसक्ने प्रावधान संविधानमा थपिएको छ । यसअघि राष्ट्रपति र उपराष्ट्रपतिले नेपाली देवनागरीमा मात्र शपथ लिने प्रावधान अन्तरिम संविधानमा थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu