स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

प्रधानपञ्चका सोह्र श्रीमती, ६२ छोराछोरी

डिएम चाम्लिङ राई खोटाङ

एकताका पञ्चायतकालमा 'प्रधानपञ्च' भूपजीत राईको नाम अगाडि आउने सम्मानित नाउ हो । खोटाङ फाक्टाङ-१ छुलुवार घोरिङखा स्थायी घर भएका ६८ वषिर्य भूपजीत राईको श्रीमती मात्रै १६ जना छन् भन्दा सबैलाई अनौठो लाग्न सक्छ तर नेपालकै ईतिहाँसमा सबैभन्दा बढि औपचारीक रुपमा विहे गर्ने व्यक्ति उहि प्रधानपञ्च भूपजीत राईहो भन्दा फरक नपर्ला । उनको छोराछोरी मात्रै ६२ जना छन् भन्दा त झन् आश्चर्यको विषय बन्न सक्छ ।

विहान बेलुका वरिपरी बसेको निकै ठूलो जमात, न त विहेको कुनै भोजभतेर न त कुनै औपचारीक कार्यक्रम यो त खाना खाने समयको दैनिक कार्यतालिका हो प्रधानपञ्च भुपजीत राईको घरको नियमित कार्यतालिका । खाना खाने समयमा भेला भएका छोरा, वुहारी, नातिनातिनीहरुको भिडले सबैलाई आश्चर्य चकित बनाउँछ । भूपजीत राईलाई गाउँका सबैले प्रधानपञ्चकै नामले सम्मान गर्छन, ठूलै सान छ गाउँमा उहाँको । राईको जेठी श्रीमतीको जेठाछोरा सुवासचन्द्र राई ५० वर्षका हुनुहुन्छ भने कान्छा छोरा शैलेन्द्र राई २३ वर्षका हुनुहुन्छ ।

उहाँको कुन कुन छोराछोरी र नातीनातिनीहरु कहाँ-कहाँ छन् अनि के के गर्छन गाउँका अन्यले समेत मेलो पाउँदैनन् । ठूली छोरी अम्बीका राई यूके, कान्छा छोरा शैलेन्द्र कतारमा र अन्य छोराहरु उदयचन्द्र राई दुवहि, हरिवोल राई पनि दुवहिमा रहनुभएको स्थानीय निलम राईले जानकारी दिनुभयो । त्यस्तै छोरा नविन राई यूकेमा र नातिनी अरुणा राई हङकङ्गमा रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । प्रधानपञ्च राईको परिवार एक सम्पन्न परिवार हो । उहााको जग्गा जमिनमात्रै २५० रोपनी रहेको छ । एउटा ठूलो पााच कोठे घर रहेको छ प्रधानपञ्च भूपजीत राईको ।

अचम्मको कुरा त यो छ कि दुईवटा श्रीमती भएको व्यक्तिको घरमा दिनहुँ झै-झगडा हुने गर्छ तर यति ठूलो परिवार अनि झण्डै तीन दर्जन श्रीमती भएको भूपजीतको परिवारमा कहिल्यै झगड हुदैन । व्यवस्थापन राम्रो गरि सबै श्रीमतीको चित्त बुझाएको छु भन्नुहुन्छ राई । उहाँ भन्नुहुन्छ -'''धेरैवटी श्रीमती हुँदा पनि सुखै हुदो रहेछ ।'' उहाँको लुगा सबै श्रीमतीहरुले पालैपालो धोईदिने, हप्तामा एकपटक सबैले पालो गरेर नुहाईदिने गर्नुहुन्छ । यतिमात्र हैन खाना पनि सबै श्रीमतीले पालैले खुवाउने गर्नुभएको छ । विहान बेलुका खाना खाने बेलामा सबै भेला नहुने र खाना खान बाँकी कति जनाहो भनेर थाहा नभएपछि प्रत्येक श्रीमतीलाई छुट्याएर राख्नुभएको छ भुपजीत राईले ।

अनि आफू एउटा सानो कोठामा एक्लै बस्नेगर्नुभएको छ राई । उहााको कोठामा एउटा चारकोठे खोपी छ जुन खोपीमा प्रत्येक श्रीमतीले खाना ल्याएर राखिदिने गरेका छन् । आनन्द छ वावु सबैले माया गरेका छन् -उहाँले थप्नुभयो । यतिबेला भने उहाँको समग्र परिवारको संख्यामा पनि कमी आएको छ । छोराछोरी बाहिर रोजगारीमा गएपछि अहिले जम्मा जम्मी ४२ जनाको सिङ्गो एकै रगतका परिवार हुनुहुन्छ । उहाँले विहे गर्नुभएको श्रीमतीहरुमध्ये एक जना नेवार समुदायकी हुनुहुन्छ । अन्य छोरीहरु सुभद्रा, शान्ता, उषा र सविता रोजगारी गर्नेगरेको जानकारी दिनुभयो ।

उहााको स्वाभाव ज्यादै राम्रो छ कुरागर्न अझै तन्नेरीहरुजस्तै हुनुहुन्छ । अतितका रमाईला कुराहरु, सुख, दुःखका कुराहरु छाँट्न धेरै आउँछ उहाँलाई । सदरमुकाम दिक्तेल देखि दुईदिनको पैदल हिडेपछि उहाँको गाउँ फक्टाङ पुगिन्छ । उत्पादनको हिसावले मकै र कोदो अनि जुनेलो प्रमुख रुपमा उत्पादन हुन्छ । सुख दुःख गरेरै भएपनि अहिले सम्म अरुको मुख ताक्नुपरेको छैन उहाँको परिवारमा । पहिला धेरै मेहनती हुनुहुन्थ्यो भूपजीत राई 'प्रधानपञ्च' ।

'त्यहि पहिलाको मेहनतले त होनी अहिले म बाँचिरहेको छु' -उहाँ भन्नुहुन्छ । अहिले उहाँको जम्मा ९ जना जीवीतै श्रीमतीहरुले सेवा गरिरहेका छन् । अन्य सात जना श्रीमतीहरुको मृत्युभईसकेको छ । सबै छोरावुहारी, नातिनातीनी, छोरीहरु र श्रीमती भेलाहुँनेहो भने त ठूलै कार्य जस्तै देखिन्छ मेरो परिवारमा उहाँले भन्नुभयो । वावु चुनावमा उठ्नुभयो भने मेरो परिवारबाट मात्रै ६०/७० भोट त आउँछ -ठट्यौली पारामा भन्नुभयो । तर के गर्नु र अन्त्यमा 'बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँध माथी' हुन बेर छैन -राईले गुनासो गर्नुभयो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ