स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

पाल्पाको तानसेन बिवाहमय

धार्मिक स्थल तथा मठमन्दिरमा धेरैका सिन्दुर रंगिए

यज्ञमूर्ति तिमिल्सिना/२४ माघ, पाल्पा

प्रायः सुनसान जस्तै रहने तानसेनका सडकमा आइतवार पञ्चेबाजाका धुनहरू धेरै सुनिए, मठमन्दिरमा त खुट्टै राख्न नसकिने गरी भीडभाड भएको छ । गाउँगाउँमा पनि जन्ती जाने र बेहुली लैजाने क्रम निकै बढ्यो माघको एकमात्र र वर्षको अन्तिम लगनमा । विवाहको लगनले सर्वसाधाराण देखि विभिन्न पेशामा सम्वद्ध व्यक्तिलाई समेत प्रभाव पार्‍यो । जसका कारण शैक्षिक संस्थादेखि स्वास्थ्यसंस्था सम्म प्रभावित भए । लगनकै समय पारेर राहत शिक्षकहरूले आन्दोलनका कार्यक्रम घोषणा नगर्दै जिल्लाका कतिपय सरकारी तथा नीजि विद्यालयहरुले समेत विवाहलाई मध्यनजर गर्दै स्थानीय विदाको घोषणा गरेका थिए ।
सदरमुकाम तानसेनका नारायण स्थान, शिवालय, रणउजेश्वरी भगवती मन्दिर लगायत आधा दर्जन बढी मन्दिरमा भएका अधिकांश विवाह भने मागी विवाह थिए । कहिकतायक प्रेम विवाह भएको भएपनि अधिकांशले भने मागी विवाह नै उत्कृष्ट भएकोले मागी बिवाह नै छानेको जवाफ दिए ।
तानसेन नारायणस्थान मन्दिरमा आइतवार मात्रै ६ जोडी बैवाहिक सम्वन्धमा गाँसिए । सिवालय मन्दिरमा ३ जोडी, भगवती मन्दिरमा दुई जोडीले बैवाहिक सम्वन्ध मार्फत नयाँ जिन्दगीको सुरूवात गरे । जिल्लाका राम्दी, रिडी लगायतका धार्मिक स्थलमा समेत बिवाह का जन्तीहरुको भीडभाड नै थियो ।
अमरनारायण मन्दिरका पुजारी निमनारायण अधिकारीका अनुसार यस यो महिनाको लगन २४ गते मात्रै भएको भएपनि २६ गते समेत बिवाह गर्न उत्तम दिन मानिएको छ ।बिवाहको लगनसागै तानसेनका होटलहरुमा खाना पकाउने र खुवाउनमा निकै व्यस्तता थियो । जन्ती र घरवेटी पक्षलाई खाना खुवाउन ब्यस्त नारायण स्थानका धारासिद्ध भोक हरण रेस्टुरेन्टका सञ्चालकले कामले बोल्ने फुर्सद समेत नभएको जानकारी दिए । उता बिवाहकै कारण सदा जस्तै आयोजना हुदै आएका कतिपय कार्यक्रमहरू समेत प्रभावित भए । असल शासन क्लवले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बिवाहकै कारण कतिपय आउनैपर्ने मान्छेहरु समेत नआएको असल शासन क्लवका संयोजक टेकनारायण भट्टराईले जानकारी दिए । देशव्यापी रुपमा दाइजो बिनाको बिवाहका प्रस· वर्षौदेखि चल्दै आएको भएपनि दाइजो रहित बिवाह भने हुन सकेनन् । बिवाह मण्डपमा दाइजो नल्याइएको भएपनि पसलमै किनेर छाडिएको र पछि बर पक्षलाई सो दाइजो बुझाइने अभिभावकहरूले बताए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


जीवन - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ