स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

बाँसको पुल जोखिमपूर्ण

डिएम चाम्लिङ र्राई खोटाङ, २५ माघ

यो पुल ओखलढुङ्गाको टोक्सेल गाविस र उदयपुरको घुर्मी बीच रहेको सुनकोशी नदिको झोलुङ्गे पुल हो । यसको डिजाईन र निर्माण बाँसको छ । यसपुलबाट कोशी तर्दा कुनै समयको भेरी नदिको पुल सम्झन्छन् र्सवसाधारणहरुले । बाँसबाट बनाईएको पुल भरपर्दो नभएको हुँदा र्सवसाधारणहरुले जोखिम मोलेर कोशी वारपार गर्ने गरेका छन् ।

दुइ जिल्लाको जिल्ला विकास समितिको सहकार्यमा स्थानीय ओखलढुङ्गा टोक्सेल र उदयपुर घुर्मीका समुदायको दुइलाख ५० हजारको लगानीयमा समुदायलेनै उक्त बाँसको पुल लगाएको पुल निर्माण समितिका रमेश थापामगरले जानकारी दिनुभयो । पुलबाट कोशी वारपार गर्दा प्रतिव्यक्ति दश रुपैया शुल्क उठाउने गरिएको छ भने समानको प्रति क्वीन्टल १५ रुपीया शुल्क लिने गरिएको व्यापारी तथा र्सवसाधारणहरुले गुनासो गरेका छन् ।

अर्ढाई महिना अघि निर्माण गरिएको पुलबाट दैनिक हजारौ यात्रु तथा र्सवसाधारणहरु वारपार गर्ने गर्छन् । खोटाङको हलेशी, दिक्तेल ओखलढुङ्गा, सोलुखुम्वु जान र यताबाट उदयपुर हुँदै तर्राईका जिल्लाका साथै अन्यत्र जानका लागि सोही पुललाई प्रयोग गर्छन् र्सवसाधारणहरु । वारीपारी ढुङ्गा थुपारेर लट्ठा टाँगेको भएकाले पुलले धेरै लोड थेग्न सक्दैन । तर ओखलढुङ्गा र खोटाङ आउने समानहरुपनि सोही पुलबाट पारी तार्ने गरिन्छ ।

झण्डै डेढसय मिटर लामो लम्वाईभएको पुल बढि हल्लीने हुनाले कतिबेला भत्किने हो ज्यान जोखिममा राखेर नदि तर्नुपर्ने हुन्छ । तर र्सवसाधारणहरुको ज्यानको वास्ता नगरि पुलबाट केही स्थानीयहरुले रकम उर्ठाईरहेका छन् । यसरी उर्ठाईएको रकम कहाँ खर्च हुन्छ कसैलाईपनि थाहा छैन । स्थानीय रमेश थापामगर, भिमबहादुर थापामगर लगायत केही व्यक्तिहरुले यसरी पुलमा बसेर कर उठाउने गरेका हुन् । जिल्ला विकास समिति उदयपुरलाई पुलबाट उठेको रकम बुझाउने गरेको उनिहरुले बताए ।



सम्बन्धित तस्वीरहरु

  • तस्बिरः डिएम चाम्लिङ र्राई/खोटाङ
    तस्वीर: तस्बिरः डिएम चाम्लिङ र्राई/खोटाङ
    -जोखिमपूर्ण यात्रा- ओखलढुङ्गाको टाक्सेल र उदयपुरको घुर्मी बीच सुनकोशी नदिमा लगाईएको बाँसको पुल । तीन महिना अघि लगाईएको यस पुल जोखिमपूर्ण रहेको छ । यहाँबाट हजारौ कामदार र यात्रुहरु कोशी वारपार गर्ने गर्छन् । यस पुल तरेको प्रतिव्यक्ति १० रुपैया तिर्नुपर्छ ।




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाजमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu