स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

जमिम हत्यामा छोटा राजनको हात

हत्यारा बाहिरकै हुनुपर्छ : मुकिम शाह (जमिमका दाइ)

कान्तिपुर

प्रहरीले स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्यामा कुख्यात अन्डरवल्र्ड डन छोटा राजन समूहको संलग्नता रहेको र हत्यामा प्रत्यक्ष संलग्न आक्रमणकारी तथा योजनाकार नजिक पुगेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख गणेश केसीले हत्यामा अन्तर्राष्ट्रिय संलग्नताको आशंका पुष्टि हुँदै गएको र हत्याराहरू छिट्टै पक्राउ पर्ने बताए । लाजिम्पाटको मुख्य सडकमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले आइतबार अपराह्न २ः२० बजे ४७ वषर्ीय शाहको गोली हानी हत्या गरेका थिए ।

'अनुसन्धानबाट छोटा राजन समूहले नै हत्या गराएको बुझिन आएको छ । हत्यारा र योजनाकारको निकै नजिक पुगेका छौं,' सोमबार साँझ कान्तिपुरसित उनले भने । केबुल टेलिभिजन एसोसिएसन र एभिन्युज टेलिभिजनमा राजन समूहका भरत नेपालीको नामबाट आएको टेलिफोन तथा दर्जनौं व्यक्तिसँगको सोधपुछमा 'मिसन' बोकेर आएको समूहले हत्या गरेको उनले जानकारी दिए ।

केसीका अनुसार भरतले सोमबार दिउँसो फोन गरी 'भारतविरुद्ध लाग्नेको हालत यस्तै हुन्छ' भन्दै हत्याको जिम्मेवारी लिएका थिए । लगत्तै टेलिकमबाट लिएको कल विवरण, जमिमनिकट व्यक्ति र केहीअघि भारतीय जाली नोट कारोबारमा संलग्न नेसनल टेलिभिजनका सञ्चालक युनुस अन्सारीसँगको कुराकानीबाट हत्यामा राजन समूहको हात रहेको बुझिएको एसपी केसीले बताए ।

पहिले एसोसिएसनको नम्बरमा ११ः४४ बजे आएको फोन त्यहाँ कार्यरत एक कर्मचारीले उठाउनासाथ भरतले हत्याको जिम्मेवारी लिँदै धम्क्याएका थिए । ४६ सेकेन्डमै फोन काटिएपछि उनले पटकपटक फोन गरेका थिए । एसोसिएसनमा तीनवटा 'मिस कल' देखिए पनि टेलिफोन नम्बर टेलिकमबाट पत्ता नलागेको प्रहरीको भनाइ छ । त्यसपछि भरतले १२ः१५ टेलिभिजन कार्यालयमा फोन गरी उही कुरा दोहोर्‍याएका थिए ।

टेलिभिजन कार्यालयमा भरतले १८७७४२७३३६८ नम्बरबाट करिब ६० सेकेन्ड कुरा गरेको प्रहरीले जनायो । टेलिकम स्रोतका अनुसार विश्वका धेरै मुलुकमा बसेर फोन गर्न सकिने यो नम्बर क्यानाडाको कलिङ कार्डको हो । भरतले १२ः३५ मा पनि नम्बर नदेखिने टेलिफोनबाट एसोसिएसनमा फोनगरी ५४ सेकेन्ड कुरा गरेको टेलिकमको हवाला दिँदै प्रहरीले जनाएको छ ।

एसपी केसीका अनुसार नेपालकै अछाम र पाल्पा घर भएको चर्चा हुने भरत महाकालीपारी पिथौरागढतिरका सैनिक पृष्ठभूमिका व्यक्ति हुन् । सन् १९९७ मा सैनिक सेवा त्यागी राजन समूहमा संलग्न उनको अनुहार नेपालीजस्तै भएकाले नेपाली बताउने गरेको प्रहरीले बतायो । हत्या योजना भने भारत सीमावर्ती क्षेत्रमा क्रियाशील बब्लु नामका व्यक्तिले बनाएको स्रोतले बतायो । करिब दुई महिनाअघि डिल्लीबजार कारागार समेत पुगी थुनामा रहेका विभिन्न अपराधीसँग शाह र अन्सारीबारे बुझेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 'पहिलो निशानामा अन्सारी रहेको बुझिएको छ, उनी जेल गएपछि जमिमलाई टार्जेट बनाएको हुनसक्छ,' स्रोतले भन्यो, 'हत्यामा संलग्न दुई जनालाई बब्लुले हायर गरेको बुझिन्छ ।'

बब्लुले बोक्ने मोबाइल ट्रेस गर्दा लाजिम्पाट क्षेत्रमै रहेको र दुई आक्रमणकारीसमेत सँगै रहेको अनुमान

छ । योजनाकारको विवरण सोमबार अबेर खुलेको र लोडसेडिङले गर्दा राति राम्ररी मोबाइल ट्रेस गर्न समस्या परेकाले अपराधीसम्म पुग्न नसकिएको प्रहरीले जनाएको छ । 'भीआईपी निवास क्षेत्र भएकाले पनि खोजतलास गर्न अप्ठेरो छ,' एक प्रहरी अधिकृतले भने । यसबीच सुरक्षामा लापरबाही गरेको भन्दै लाजिम्पाट प्रहरी वृत्तका हवल्दारसहित ४लाई निलम्बन र एक असईलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।

छानबिन समिति

हत्याबारे छानबिन गर्न छुट्टाछुट्टै तीन समिति गठन भएका छन् । मन्त्रिपरिषदले पुनरावेदन अदालतका पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा ५ सदस्यीय समिति, प्रहरी प्रधान कार्यालयले राजेन्द्रमान सिंह भण्डारी संयोजकत्वमा ४ सदस्यीय र महानगर आयुक्तको कार्यालयले एसएसपी माधव जोशीको संयोजकत्वमा समिति गठन गरेको हो ।

हत्यारा बाहिरकै हुनुपर्छ : मुकिम शाह (जमिमका दाइ)
जमिमजीको हत्याको जिम्मा छोटा राजन समूहले लिएको कुरा आएको छ, के भन्नुहुन्छ ?

सरकार र जनताको ध्यान अन्त मोडेर अनुसन्धान प्रभावित पार्न खोजिएको पनि हुनसक्छ ।

हत्याबारे तपाईंको केही आशंका छ ?

उसले सुरक्षा चिन्ता छ भनेर कहिल्यै भनेन । भनेको भए त हामी एक्लै छाड्दैन थियांै ।

हत्यारा देशभित्रकै होलान् कि बाहिरका ?

च्यानल नेपाल टेलिभिजन यहाँबाट खोल्न दिइएको थिएन, -जमिमले) बैंकक लगेर खोल्यो । बडो मुस्किलले नेपालको पहिलो स्याटेलाइट टेलिभिजन खोलिएको हो । पछि यहाँबाट अरूलाई खोल्न दिइयो । हामीले पनि सर्वोच्चबाट मुद्दा जितेर आएपछि मात्र खोल्न पाएको हो । कहाँको दबाबले रोकेको थियो, तपाईंहरू नै अन्दाज लगाउनुस् । जुन किसिमले हत्या भएको छ, पोष्टमार्टम गर्दा म गएको थिएँ, प्रहरीले मलाई सार्प सुटर वा कम्तीमा दुई, चार महिना तालिम लिएको व्यक्तिले गरेको बताएको छ । त्यस्तो व्यावसायिक मान्छे नेपालमा छजस्तो मलाई लाग्दैन । कि प्रहरी वा आर्मीको व्यक्ति हुनुपर्‍यो, नत्र बाहिरकै हुनुपर्छ ।

उहाँमाथि धेरै आरोप लगाइयो है ?

त्यो त अब के भन्ने ? जुन सरकारको पालामा पनि हामीलाई दुःख दिइयो । मिर्जालाई मारेको घटना होस् वा प्लेन अपहरणको ।

इराकमा नेपाली मारिँदा पनि जमिम र हामीसँग प्रहरीले सोधपुछ गथ्र्यो । कताबाट निर्देशन आएर हो, पहिलेदेखि नै प्रहरी आएर यस्तो, उस्तो

भनेर दुःख दिइरहन्थे ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ