स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

महाधिवेशन फेरि सर्ने

काठमाडौं, २७ माघ (दैनिकी)

नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । बैठकमा पार्टीको १२ औँ महाधिबेशनको मिति सार्ने बिषयमा छलफल हुने बताइएको छ ।
दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले महाधिवेशनको क्यालेन्डर तयार गर्नेछ । पदाधिकारीको बैठकले तयार गरेको महाधिवेशनको मिति बिहीबार बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्ताव गर्ने तयारी गरिएको हो ।
क्रियाशील सदस्यता वितरणको विवाद नसुल्झिए पछि नेपाली कांग्रेसको १२ औ महाधिवेसन अनिश्चित भएको छ । सदस्यता वितरणको विवाद कायमै भएपछि आगमी फागुन २६ गतेदेखि चैत्र १ गते सम्म हुने भनिएको महाधिवेसन सर्ने निश्चित भएको हो ।
मंगलबारबाट राजधानीमा शुरु भएको केन्द्रीय समितिको बैठकमा पनि केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यता वितरणको वारेमा कुरा उठाएकोले महाधिवेसन बैसाखसम्म सर्ने सम्भावना वढेको प्रवक्ता अर्जुननरिसंह केसीले बताउनु भयो । उहाले पार्टी प्राविधिक रुपले एकीकरण भए पनि भावनात्मक रुपमा एक हुन नसकेकोले अझैपनि केहि जिल्लामा विवाद कायमै रहेको बताउनु भयो ।
यसअघि पार्टीले माघ मसान्तभित्र सवै जिल्लामा कि्रयाशील सदस्यता वितरण गर्ने निर्णय गरेको थियो । कांग्रेसले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान गर्न उपसभापति प्रकाशमान िसंहको संयोजकत्वमा कार्यदल गठन गरे पनि विवाद समाधान हुन सकिरहेको छैन । बुधबार बस्ने पार्टी पदाधिकारी बैठकले केन्द्रीय समितिमा महाधिवेशनको नयाँ मिति प्रस्ताव गर्ने केन्द्रीय सदस्य भीष्मराज आड्देम्बेले जानकारी दिनुभयो । बैठकको पहिलो दिन बोल्ने अधिकाँश सदस्यहरुले निर्धारित मितिमै महाविधेशन गर्नु पर्ने बताएका थिए ।
आजको बैठकमा संविधान निर्माणमा पार्टीको भूमिका नयाँ संविधानमा साशकीय स्वरुपको व्यबस्था राज्यपुर्नसंरचना लगायतका बिषयमा छलफल भएको केन्द्रीय सदस्य आड्देम्बेले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरुले संविधानसभाको राज्यपुर्नसंरचना समितिमा आएको प्रस्ताव अबैज्ञानिक भएको भन्दै राज्यपुर्नसंरचना आयोगवाट यसको टुङ्गो लगाऊनु पर्ने बताएका छन । यसैगरी केन्द्रीय सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुको कामप्रति तीव्र असन्तुष्टि पोखेका थिए । बैठकमा उच्चस्तरिय राजनीतिक संयन्त्रमा सहभागि हुने सदस्यहरुको टुङ्गो लगाऊनु पर्ने माग समेत गरेको बताइएको छ । केन्द्रीय समिति बैठक विहिबार पुनः बस्नेछ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ